Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

दसगजामा भारतीय निर्माणप्रति नेपालको आपत्ति

\"India_Build_Dam_\"काठमाडौं । भारतले नेपाली भूभाग डुबानमा पर्ने गरी दसगजामा निर्माण गरिरहेको संरचनाप्रति नेपाल सरकारले आपत्ति जनाएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–नेपालले सीमा क्षेत्रमा पूर्व(पश्चिम तटबन्ध निर्माणकार्य तत्काल रोकी नेपाली भूभागलाई डुबानमुक्त राख्न भारतलाई आग्रह गरेको हो।नेपाल र भारतबीच बिहीबार काठमाडौंमा सम्पन्न बाढी व्यवस्था संयुक्त समितिको दसौं बैठकमा नेपाली पक्षले भारतले सीमा क्षेत्रमा पूर्व(पश्चिम लगातार तटबन्धलगायतका संरचना निर्माण गरेर नेपालको उत्तर(दक्षिण बग्ने सयौं नदी र नालाहरूको निकास रोकेका कारण डुबान भएको तथ्य भारतीय पक्षसामु पेस गरेको थियो।   ‘भारतले सीमा क्षेत्रमा बनाइरहेको संरचनाप्रति हामीले आपत्ति जनायौं’ बैठकमा नेपाली पक्षको नेतृत्व गरेका जलउत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक निरञ्जनदेव पाण्डेले सोमबार अन्नपूर्णसँग भने। पाण्डेले सीमा क्षेत्रमा यस्ता संरचना निर्माणकार्य रोक्न नेपाली पक्षले अडान राखेको बताए।   ‘बैठकमा हामीले उहाँहरू (भारतीय पक्ष) लाई स्थलगत रूपमै भारतीय संरचनाका कारण नेपाली भूभाग डुबानमा परेको देखाएका थियौं,ु पाण्डेले भने, \'भारतले निर्बाध निकास खोलेर नेपाली भूभाग डुबानमुक्त हुनुपर्नेमा हाम्रो अडान दोहोर्‍यायौं\' गंगा बाढी आयोगका सदस्य गोरख ठाकुरले नेतृत्व गरेको भारतीय प्रतिनिधिमण्डलले गत साता भारतले करिब दुई दशकअघि बनाएको बहुचर्चित तथा विवादास्पद लक्ष्मणपुर बाँध (एफलक्स बन्ड) र त्यसले नेपालमा पारेको डुबान समस्याको स्थलगत अवलोकन गरेको थियो। नेपाली पक्षले लक्ष्मणपुर बाँधका कारण नेपाली भूमि बर्सेनि कसरी डुबानमा परिरहेका छन् भन्ने स्थलगत बोध गराउन भ्रमण गराएको थियो।लक्ष्मणपुर बाँध बनाएको एक दशकपछि भारतले नेपालबाट बग्ने गन्धेली र सोण्तिया नालाबाट उत्पन्न हुने ४० हजार लिटर प्रतिसेकेन्ड पानीको निकास निर्बाध खोलिदिन सहमति जनाए पनि व्यवहारमा लागू गरेको छैन।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE