Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

अन्ततः नाका र राजमार्गको अवरोध हटाउन मधेसी मोर्चा तयार

\"Madhesi-morcha-ka-4-neta\"काठमाडौं । संयुक्त मधेसी मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गर्ने भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–शुक्रबार घोषित आन्दोलनका कार्यक्रममा नाकामा धर्ना दिने र राजमार्ग अवरुद्ध गर्ने उल्लेख छैन । मोर्चाको बिहीबार र शुक्रबार बसेको मोर्चा बैठकले ५ देखि १५ पुससम्म ११ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । ती कार्यक्रममा नाका र राजमार्ग अवरोध गर्नेबारे कुनै उल्लेख छैन । मोर्चाका नेताले पनि नाका र राजमार्गको आन्दोलन कम हुने र नाका सहज हुने बताएका छन् । मोर्चाको एक घटक संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले नाका सहज हुने जानकारी दिए । ‘अब नाका सहज हुन्छ,’ राईले भने । मोर्चाले जारी गरेको आन्दोलनका कार्यक्रममा जिल्ला सदरमुकाममा भेला गर्ने, सरकारी कार्यक्रमको प्रतिरोध गर्ने, संविधान संशोधनको प्रस्ताव जलाउनेलगायत छन् । मोर्चाका शीर्ष नेताहरूको चारदिने भारत भ्रमणपछि आन्दोलनका स्वरूप परिवर्तन गर्न तयार भएका हुन् । भारतीय राजदूत रणजित रायले पनि मोर्चाका नेताहरूलाई सरकारले प्रस्ताव गरेका तीनबुँदे प्रस्तावबारे छलफल गरी वार्ताबाट टुंगो लगाउन दबाब दिँदै आएका छन् । ‘भारतीय राजदूतले तपाईंहरू सरकारसँग कुन हदसम्म सहमति गर्न सक्नुहुन्छ गर्नुहोस् भनेर सुझाब दिनुभएको हो,’ मोर्चाका वार्ताटोली सदस्य रामनरेश रायले भने । सीमानाकाको अवरोध सहज हुने संयुक्त मधेसी मोर्चाले शुक्रबार पाँच चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । संविधान संशोधनको प्रस्ताव जलाउने, जिल्ला सदरमुकाममा विरोधसभा गर्ने, विभिन्न दल तथा संगठनसँग कार्यगत एकता गर्नेलगायतका आन्दोलनका कार्यक्रम छन् । तर, नाकामा धर्ना बस्ने तथा राजमार्ग बन्द गर्ने कार्यक्रम उल्लेख छैनन् । ‘अब नाका सहज हुन्छ,’ संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले नयाँ पत्रिकासँग भने । सरकारी कार्यक्रममा प्रतिरोध गरिने आन्दोलनका कार्यक्रम मत्थर बनाए पनि मधेसी मोर्चा सरकारप्रति नरम छैन । मधेस आन्दोलनका विपक्षमा हुने गतिविधि र कार्यक्रमको प्रतिरोध गर्ने मोर्चाका नेताहरूको चेतावनी छ । उनीहरूले स्थानीय विकास मन्त्रालयले सञ्चालन गरेको संविधानको जानकारी दिन जारी कार्यक्रम बिथोल्ने घोषणा गरेका छन् । ‘मन्त्री, सांसद र सरकारी प्रतिनिधि सहभागी हुने सरकारी कार्यक्रम बिथोलिनेछ,’ मोर्चाले भनेको छ । मोर्चाको नयाँ माग स् ७५ जिल्ला खारेज ७५ जिल्लालाई कायम राखेर गरिने निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी व्यवस्था मान्न नसकिने मोर्चाको निष्कर्ष छ । सरकारले जनसंख्या र भौगोलिक अनुकूलता र विशिष्टताका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने गरी संविधानमा संशोधन प्रस्ताव गरेको छ । यसो गर्दा अहिले कायम भएका ७५ मध्ये हरेक जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र हुनेछ । सरकारसँग अब मधेसमा मात्रै वार्ता सरकार वार्ताबाट समस्या समाधान गर्ने पक्षमा नदेखिएकाले वार्ताको औचित्य समाप्त भएको मोर्चाको निष्कर्ष छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending