Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

ऊर्जा सङ्कट समाधान गरिने अठोटलाई पूर्णता दिन प्रम ओलीको निर्देशन

\"kpoli\"काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र विद्युत्भार कटौती गर्ने सरकारको पूर्ण अठोटलाई कार्यान्वयन गर्न कुनै पनि कसर बाँकी नराखिने बताएका छन् । व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिको आजको बैठकमा उनले जिम्मा दिइएका निकायले काम नगर्ने, नीति नियम मात्रै देखाएर बस्ने, समस्या समाधानमा ध्यान नदिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । विगतमा गरिएको गल्तीको परिणाम नेपाली जनताले भोग्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने , ‘एउटा निकायले अर्को निकायलाई देखाउने, कागजी प्रक्रिया देखाएर समस्या खडा गर्ने, काम गर्न खोज्नेलाई उल्झन खडा गर्ने कोही कसैलाई पनि छुट दिन सकिँदैन, अब कार्यतालिकाअनुसार काम हुनुपर्छ ।’ सरकारको प्रमुख ध्यान जलविद्युत् क्षेत्रको विकास गर्नेमा नै रहेको भन्दै प्रधानमन्त्रीले जनताले अनुभव गर्ने गरी एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्न सौर्य र वायु ऊर्जाको विविधीकरणमा जोड दिइएको उल्लेख गरे । वायु ऊर्जाको सम्भाव्यता अध्ययन गर्न सरकारले लगानी बोर्डमार्फत प्रक्रिया अगाडि बढाइसकेको जानकारी प्रधानमन्त्रीले दिए । सरकारले प्रत्येक घर घरमा सौर्य ऊर्जा प्रणाली जडान गर्ने कार्ययोजना ल्याएको र केही समयभित्रै पूर्ण रुपमा कार्यान्वयन गरिने विश्वास दिलाउँदै उनले काठमाडौँ उपत्यकामा विद्युतीय सवारी चलाउने र प्रसारण लाइन निर्माणमा देखिएको सबै समस्या समाधान गरिने प्रतिबद्धता जनाए । प्रधानमन्त्रीले विगतका सबै खालका समस्या हल हुने गरी ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र सम्बद्ध सरोकार भएका निकायलाई निर्देशनसमेत दिए । प्रधानमन्त्री ओलीले सिंहदरबार परिसरमा सौर्य ऊर्जा जडानको कार्य निकट भविष्यमा सुरु हुने जानकारी दिँदै त्यसबारे स्पष्ट कार्ययोजना ल्याइने बताए । ऊर्जाको स्रोतका विविधीकरणमा सरकार लागिपरेको भन्दै प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यालय तथा अन्य सार्वजनिक निकायमा सौर्य ऊर्जा प्रणाली जडान गरिने योजनामा सरकार लागिपरेको स्पष्ट पारे। आयोजना रोकेर राख्ने प्रवृत्ति कायम रहेसम्म ऊर्जा क्षेत्रको विकास हुन नसक्ने भन्दै प्रधानमन्त्री ओलीले सरकार जलाशययुक्त आयोजनाको विकास र विस्तारमा समेत लागेको र सबै क्षेत्र तथा निकायले एकले अर्कालाई दोष लगाएर उम्कन नपाइने र छुट नदिइने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE