Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

मुस्ताङमा राजस्व सङ्कलन उत्साहजनक

\"paisa\"मुस्ताङ । करदाताको सङ्ख्या बढेपछि जिल्लामा  राजस्व सङ्कलन उत्साहजनक रुपले बढेको छ । गत साउनमा जिल्ला उद्योग वाणिज्य सङ्घको अगुवाइमा आन्तरिक राजस्व कार्यालय पोखरा, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिविस र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त टोलीले जिल्लाका विभिन्न क्षेत्रमा करसम्बन्धी चेतनामूलक अभियान सञ्चालन गरेपछि २१७ नयाँ व्यावसायिक फर्म करको दायरामा आएका थिए । यसअघि जिल्लामा ३६२ करदाता थिए । अभियानसँगै जिल्लामा कर तिर्ने परम्परा बढेपछि राजस्व सङ्कलन बढेको कोलेनिकाले जनाएको छ । गत आवमा जिल्लामा रु आठ लाख १५ हजार ३०० राजस्व सङ्कलन भएकोमा चालु आवको पहिलो चौमासिकमा रु १० लाख २१ हजार ६५० राजस्व सङ्कलन भएको कोलनिकाका प्रमुख गोकर्णराज सूयलले जानकारी दिए। ‘अभियानपछि नयाँ करदाता थपिए, यसले जिल्लामा राजस्व सङ्कलन हुने क्रमलाई सहयोग पुगेको छ’ उनले भने । जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले व्यवसायी कर तिर्न तयार भए पनि प्रक्रिया नबुझ्दा विगतमा समस्या आएको बताए । ‘साना तथा ठूला व्यवसाय गर्ने जो कोही कर तिर्न इच्छुक छन्, विगतमा सरकारले अभिमुखीकरणको अभ्यास गरेन्, उनले भने – हामीले सरकार र व्यवसायीबीच समन्वयको काम गरिरहेका छौँ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending