Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

जनयुद्धको दृष्य राखिएको गीत एनटिभीले प्रतिबन्ध लगायो (भिडियो)

\"maoist-army-training-02-750\" काठमाडौं । कवि तथा गीतकार केवल बिनाबीको ‘रगतका आँशु’ म्युजिक भिडियोमा जनयुद्धको दृष्य राखिएको भन्दै एनटिभीले प्रतिवन्ध लगाएको छ । सरु परियारको स्वर रहेको गीतमा बरिष्ठ अभिनेत्री बसुन्धरा भूसालको अभिनय रहेको छ । उनले यो गीत २०६० सालतिर लेखेका हुन् । जतिबेला देशमा जनयुद्ध चर्किएको थियो । युद्धकै अवस्थामा गीत रेकर्ड गरी उनले वरिष्ठ संगीतकार लक्ष्मण शेषलाई सुनाए । शेषले निकै मन पराएपछि उनले छायांकन गरेर नेपाल टेलिभिजनमा प्रशारण गर्न सु्झाब दिए । लक्ष्मण शेषको सुझाब अनुसार उनी एनटिभी पुगे । एनटिभीले गीत मन परायो र छायांकन समेत गरिदिने बचन दिए । तर लामो समयसम्म एनटिभीले कुनै चासो नदिएपछि बिनावी आफैले म्यूजिक भिडियो बनाए । म्यूजिक भिडियो बनाएर एनटिभीमा प्रशारण गर्न दिए । तर प्रसारण भएन । बिनाबी भन्छन् “गीतमा जनयुद्धका दृष्य राखेको भनेर कार्यक्रम निर्देशक प्रकाशजंग कार्कीले प्रसारणमा रोक लगाएका रहेछन् ।” बिनाबीले उक्त गीतका दृष्यहरु एनटिभीको लाइब्रेरीबाट लिएको बताउँछन् । गीतको भाव अनुसार उक्त दृष्यहरु हुनैपर्ने उनी बनाउँछन् । उनी भन्छन्, “एनटिभीले अरु राष्ट्रिय गीतमा युद्धकै दृष्य देखाइरहको छ । मेरै गीतमा चाँही किन हटाउँनुपर्ने ? गणतन्त्रको उदय भइसकेको देशमा जनयुद्धको दृष्यलाई लिएर सर्जकहरुका गीतमा प्रतिवन्ध लगाउनु उचित नभएको वरिष्ठ संगीतकर्मीहरु बताउँछन् । राज्यको आधिकारिक संचार माध्यमबाट आफ्नो गीत प्रतिबन्धित भए पनि निरन्तर गीत संगीत सिर्जना गरिरहने कवि तथा गीतकार केवल बिनाबी बताउँछन् । उनी भन्छन्, “हामी तीन हजार वर्षदेखि सिमान्तकृत अवस्थामा छौं । आज गणतन्त्र आउँदासमेत हाम्रा आवाज सुनिदैन र हामीले सिर्जना गरेको कलाको सम्मानपूर्ण स्थान हुदैन भने हामी चुप लागेर बस्दैनौं ।” हेर्नुहोस् भिडियो https://www.youtube.com/watch?v=4H5dAwvO-88
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: