Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

बिरामी पर्न थाले भूकम्पपीडित, विद्यालयको पढाई प्रभावित

\"victims-winter-in-nepal-400\"भक्तपुर । भूकम्पले विद्यालय भवन भत्काएर मान्द्रोले बेरेको अस्थायी टहरामा पढ्दै आएका भूकम्पपीडित विद्यालयका विद्यार्थी अत्यधिक जाडोका कारण बिरामी पर्न थालेका छन् । मान्द्रोले बेरेर जस्ताको छानो भएको अस्थायी सिकाइ केन्द्रमा बसेर बिहान र दिउँसो अध्ययन गर्ने विद्यार्थी जाडोले कठाङ्ग्रिदै पढ्न बाध्य भएपछि बिरामी पर्न थालेका हुन् । बढ्दो जाडोका कारण विद्यार्थी बिरामी पर्न थालेपछि भूकम्पपीडित विद्यालयमा पढाइ पनि प्रभावित भएको छ । जिल्लाको पहिलो र देशकै चौँथो विद्यालयको रुपमा रहेको भक्तपुरको दरबार क्षेत्र श्री पद्म उच्च माध्यामिक विद्यालयका प्राचार्य राम हाडाले अस्थायी सिकाइ केन्द्र अर्थात ‘टिएलसी’मा विद्यार्थीले निकै सकसपूर्ण रुपमा पढ्न बाध्य भएको बताए । सन् २००४ मा स्थापना भई १९०० विद्यार्थी अध्यनरत यस विद्यालयको राणाकालीन शैलीमा बनेको मुल भवन नै भूकम्पले पूर्णरुपमा भत्काएपछि विद्यार्थी टिएससीमा बसेर अध्ययन गर्न बाध्य छन् । प्राचार्य हाडा भने—‘टिएलसीमा विद्यार्थी कठाङ्ग्रिएर पढ्न बाध्य छन्, विद्यार्थी बिरामी पर्न थालेकाले विद्यार्थी कक्षामा नियमित नहुनाले पढाई प्रभावित हुनथाल्यो, सरकारले भूकम्प प्रभावित विद्यालय छिटो पुनःनिर्माणको व्यवस्था गरिदिनुपर्छ ।’ यता भक्तपुर नगरपालिकाभित्रै रहेको विद्यार्थी निकेतन उच्च माध्यामिक विद्यालयको हालत पनि उस्तै रहेको विद्यालयकी प्राचार्य सिर्जनी जोशीले बताइन् । उनले भनिन् —‘टिएलसीमा अति जाडो भएर पढ्नै नसक्ने अवस्था छ, जाडोले विद्यार्थीको पढाइ निकै प्रभावित बनेको छ ।’ वर्षामा टिएलसीभित्र पानी बसेर हिलाम्मे हुने, गर्मीले बाफिने र अहिले जाडोमा मान्द्रोबाट हावा छिर्ने र जस्ताबाट शीत चुहिने भएपछि विद्यार्थीलाई सकस भएको हो । बस्ने ठाउँ नभएपछि विद्यालयले प्रशासनिक काम भने भूकम्पले क्षति पु¥याएर रातो स्टिकर टाँसेको पुरानै भवनमा गर्दैआएको छ । प्राचार्य जोशी भन्छिन्—‘विद्यार्थीलाई सुरक्षित राख्न टिएलसी मै राखेका छौ, शिक्षक शिक्षिकालाई रातो स्टिकर टाँसेकै भवनको भुइँतलामा राखेका छौ, प्रशासन र प्राचार्यको काम भने त्यही भवनको माथिल्लो तल्ला मै सञ्चालन गर्दै आएका छौ, बस्ने ठाउँ नभएपछि जोखिम लिएरै बसेका हौँ ।’ यता भूकम्पले पूर्णरुपमा भवन क्षति भएको भक्तपुर नगरपालिकाक्षेत्र कै सारदा उमाविको अवस्था पनि उस्तै नै छ । विद्यालयको सिङ्गो भवन भूकम्पले भग्नावशेषमा परिणत गरेपनि यहाँ पढ्ने विद्यार्थीका लागि टिएलसी एक मात्रै विकल्प बनेको हो । सारदा उमाविका प्राचार्य उद्धव सुजखुका अनुसार टिएलसीमा जाडोले पढ्नै नसक्ने भए पनि समस्या आएको बताउँदै नयाँ भवन बनाइदिन दाता आए पनि विश्वसम्पदा क्षेत्रभित्र रहेको भन्दै नयाँ भवन बनाउन नगरपालिकाले स्वीकृति नदिँदा थप समस्या आएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE