Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

मानव संसाधन मन्त्री स्मृति ईरानी मोदीकी दोस्री पत्नी भएकाे कांग्रेस नेताकाे अाराेप

\"modi-irani\"असम । भारतको केन्द्रीय मानव संसाधन मन्त्री स्मृति ईरानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो पत्नी रहेको भारतका एक कांग्रेस विधायकले आरोप लगाएका छन् । कांग्रेस विधयक नीलमणि सेना डेकाले इरानी मोदीको दोस्रो श्रीमती भएको आरोप लगाएका हुन् । उनले आइतबार नलबाडीमा भएको कार्यक्रममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीमाथि गम्भीर आरोप लगाएका हुन् । नीलमणिले आफ्नो भाषणमा अधिकांश नागरिकले केन्द्रीय मानव संसाधन मंत्री स्मृति ईरानी मोदीको दोस्रो श्रीमती भन्ने गरेको उल्लेख गरे । मन्त्री इरानी मोदीको दोस्रो श्रीमती भएको आरोप लगाएको विरोधमा असम नलबाडीका भारतीय जनता पार्टीका कार्यकर्ताहरुले डेकाको पुत्ला समेत जलाएका थिए । धर्मपुरका विधयक डेका प्रदेश कांग्रेसको चुनाव कमिटीको उपाध्यक्ष तथा पूर्वमन्त्रीसमेत हुन् ।  नीलमणिले आक्षेप लगाएको ठाउँमा नै मन्त्री स्मृति ईरानी पनि सोमवार एक सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको राजस्थान पत्रिकाले जनाएको छ । विरोध बढ्दै गएपछि नीलमणिले आफ्नो बयानप्रति सफाइ दिँदै आफूले दिएको दिएको अभिब्यक्ति फिर्ता लिने बताएका छन् । यस्तै, जोरहाटमा एक सभामा सम्बोधन गर्दै मुख्यमन्त्री तरुण गोगाइले  मोदी आजकल विदेशै बढी रहने गरेको उल्लेख गर्दै उनको विदेशीहरुसँग प्रेम बढेको भन्दै कटाक्ष गरे । सोही राज्यको संसदीय सचिव रुपज्योति कुर्मीले पनि मोदीलाई महिलाप्रति लिप्त हुने नेताको रुपमा ब्याख्या गरेका छन् । उनले असममा आएर महिलाहरुलाई नमस्कार गर्ने मोदी विदेशमा महिलाहरुसँग हात मिलाउनुका साथै अंकमाल गर्ने गरेको आरोप लगाए । नीलमणि र रुपज्योतिले आपत्तिजनक  अभिब्यक्ति दिएको भन्दै भाजपाका कार्यकर्ताहरुले पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।   प्रदेश भाजपा अध्यक्ष सर्वानन्द सोनोवालले डेका तथा कुर्मीको गिरफ्तार गर्नुका साथै पार्टीबाट बर्खास्त गर्न कांग्रेससँग माग गरेका छन् । प्रदेश कांग्रेसका नेताहरुले भने डेकाको निजी धारणा भएकाले यसमा पार्टीको कुनै सरोकार नभएको स्पष्ट गरेका छन् । असममा अर्को वर्ष विधानसभाको चुनाव हुँदैछ ।   भारतीय पत्रिकाको यो समाचार हेर्नुहोस्   

असम के कांग्रेस नेता ने दिया मोदी-ईरानी पर विवादित बयान

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE