Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

राष्ट्रपतिको एक महिनाको तलव पशुपतिलाई भेटी

\"presidentकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो एक महिनाको तलब पशुपतिनाथको मन्दिरमा भेटी चढाएकी छन् । राष्ट्रको संकटमोचनका लागि भन्दै सोमवार पशुपतिमा विशेष पूजाअर्चना गरेकी राष्ट्रपति भण्डारीले मन्दिरमा एक महिनाको आफ्नो तलब भेटी चढाएकी हुन् । उनले आफ्नो पहिलो महिनाको एक लाख २१ हजार ३ सय ६० रुपैयाँ तलब पशुपति विकास कोषका सदस्यसचिव डा.गोविन्द टण्डनलाई प्रदान गरिन् । पशुपति विकास कोषका अनुसार राष्ट्रपति भण्डारी पूजाका लागि सोमबार बिहान सवा १० बजे पशुपति परिसर पुगेकी थिइन् । मन्दिरमा पूजा गरेपछि उनले मुख्य मन्दिरमा लाख बत्तिसहित विशेष पुजा गरिन् । राष्ट्रपतिको विशेष पूजाको लागि स्वागत गर्न एकीकृत माओवादीका नेता तथा गृहमन्त्री शक्ति बस्नेत समेत पुगेका थिए । कम्युनिष्ट पृष्ठभूमीकी राष्ट्रपतिको संकटमोचन पूजा समारोहमा गृहमन्त्री बस्नेतसहित गृहसचिव नारायणगोपाल मलेगो, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका कार्यवाहक महानिरीक्षक दुर्जकुमार राई लगायत सरिक थिए । राष्ट्रपतिको स्वागतका लागि कांग्रेस सांसद रामेश्वर फुयाँल, स्कुले विद्यार्थी, महिलाहरु, पशुपतिका कर्मचारीहरु तथा एमाले कार्यकर्ताको लाम लागेको थियो । राष्ट्रपति भण्डारीलाई नेवार समुदायको धिमे बाजा बजाएर स्वागत गरिएको थियो । पशुपतिकोनाथको मन्दिरमा यसअघि भारतीय प्रधानमन्त्रीले पनि विशेष पूजाअर्चना गर्दै मोटो रकम भेटि चढाएका थिए । मठ मन्दिर तथा धार्मिक समारोहमा यसअघिका राजाहरुले पनि यसैगरी पूजा अर्चना गर्ने चलन थियो । राष्ट्रपतिले  के के गरिन् पशुपतिमा ? राष्ट्रपति भण्डारीले मन्दिरमा पंचामृत तथा लाखबत्तीसहितको रुद्राभिषेक पूजा गरिन् । झण्डै आधा घण्टा लगाएर उनले २७ हजार रुपैयाँको विशेष पूजा गरिन् । उनले पशुपति भित्रको वासुकी मन्दिरमा पनि पूजाअर्चना गरिन् । उनले मन्दिरमा रहेका सबै देवीदेवताको पनि दर्शन गरेकी थिइन् । राष्ट्रपति भण्डारीले यसअघि राष्ट्रप्रमुखका हैसियतमा यहि पुस १ गते जनकपुरस्थित जानकी मन्दिरको विवाह महोत्सवमा पनि सहभागी भएकी थिइन् । जनकपुरमा उनी सहभागी हुँदा मोर्चाले विरोध प्रदर्शन गर्दा झडप समेत भएको थियो । पशुपतिनाथ मन्दिरमा ११ सयदेखि २७ लाख रुपैयाँसम्मको विशेष पूजा हुने व्यवस्था गरिएको पशुपति विकास कोषले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies