Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

राष्ट्रपतिको एक महिनाको तलव पशुपतिलाई भेटी

\"presidentकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो एक महिनाको तलब पशुपतिनाथको मन्दिरमा भेटी चढाएकी छन् । राष्ट्रको संकटमोचनका लागि भन्दै सोमवार पशुपतिमा विशेष पूजाअर्चना गरेकी राष्ट्रपति भण्डारीले मन्दिरमा एक महिनाको आफ्नो तलब भेटी चढाएकी हुन् । उनले आफ्नो पहिलो महिनाको एक लाख २१ हजार ३ सय ६० रुपैयाँ तलब पशुपति विकास कोषका सदस्यसचिव डा.गोविन्द टण्डनलाई प्रदान गरिन् । पशुपति विकास कोषका अनुसार राष्ट्रपति भण्डारी पूजाका लागि सोमबार बिहान सवा १० बजे पशुपति परिसर पुगेकी थिइन् । मन्दिरमा पूजा गरेपछि उनले मुख्य मन्दिरमा लाख बत्तिसहित विशेष पुजा गरिन् । राष्ट्रपतिको विशेष पूजाको लागि स्वागत गर्न एकीकृत माओवादीका नेता तथा गृहमन्त्री शक्ति बस्नेत समेत पुगेका थिए । कम्युनिष्ट पृष्ठभूमीकी राष्ट्रपतिको संकटमोचन पूजा समारोहमा गृहमन्त्री बस्नेतसहित गृहसचिव नारायणगोपाल मलेगो, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका कार्यवाहक महानिरीक्षक दुर्जकुमार राई लगायत सरिक थिए । राष्ट्रपतिको स्वागतका लागि कांग्रेस सांसद रामेश्वर फुयाँल, स्कुले विद्यार्थी, महिलाहरु, पशुपतिका कर्मचारीहरु तथा एमाले कार्यकर्ताको लाम लागेको थियो । राष्ट्रपति भण्डारीलाई नेवार समुदायको धिमे बाजा बजाएर स्वागत गरिएको थियो । पशुपतिकोनाथको मन्दिरमा यसअघि भारतीय प्रधानमन्त्रीले पनि विशेष पूजाअर्चना गर्दै मोटो रकम भेटि चढाएका थिए । मठ मन्दिर तथा धार्मिक समारोहमा यसअघिका राजाहरुले पनि यसैगरी पूजा अर्चना गर्ने चलन थियो । राष्ट्रपतिले  के के गरिन् पशुपतिमा ? राष्ट्रपति भण्डारीले मन्दिरमा पंचामृत तथा लाखबत्तीसहितको रुद्राभिषेक पूजा गरिन् । झण्डै आधा घण्टा लगाएर उनले २७ हजार रुपैयाँको विशेष पूजा गरिन् । उनले पशुपति भित्रको वासुकी मन्दिरमा पनि पूजाअर्चना गरिन् । उनले मन्दिरमा रहेका सबै देवीदेवताको पनि दर्शन गरेकी थिइन् । राष्ट्रपति भण्डारीले यसअघि राष्ट्रप्रमुखका हैसियतमा यहि पुस १ गते जनकपुरस्थित जानकी मन्दिरको विवाह महोत्सवमा पनि सहभागी भएकी थिइन् । जनकपुरमा उनी सहभागी हुँदा मोर्चाले विरोध प्रदर्शन गर्दा झडप समेत भएको थियो । पशुपतिनाथ मन्दिरमा ११ सयदेखि २७ लाख रुपैयाँसम्मको विशेष पूजा हुने व्यवस्था गरिएको पशुपति विकास कोषले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE