Ntc summer Offer
Khabar Dabali ५ पुष २०८१ शुक्रबार | 20th December, 2024 Fri
Investment bank

जुम्लामा आगामी वर्षका लागि रु तीन अर्ब ४० करोड बजेट प्रस्ताव

 

जुम्ला, आर्थिक वर्ष २०७१/७२ का लागि रु तीन अर्ब ४० करोड बजेट प्रस्ताव गर्दै जुम्लाको २२औँ जिल्ला परिषद् विधिवत् रुपबाट सम्पन्न भएको छ ।

‘प्राङ्गारिक कृषि, वातावरण, ऊर्जा र रोजगारीमा अभिवृद्धि, शिक्षा, स्वास्थ्य, संस्कृति र समतासहितको जुम्लाको सम्बृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त परिषद्मा स्थानीय विकास अधिकारी ईश्वरकुमार गिरीले आव २०७२/७३ को वार्षिक नीति, बजेट तथा कार्यक्रमअन्तर्गत जिविस, विषयगत कार्यालयहरु र गैसससहित गरेर रु तीन अर्ब ४० करोड ८१ लाख ३८ हजार कुल बजेट प्रस्ताव गरिएको वक्तव्य राखे।

उक्त परिषदमा जुम्लाका सभासद् क्रमशः ललितजङ्ग शाही, बलबहादुर महत, गोमा कुँवर र डिल्लीप्रसाद काफ्लेले कर्णाली तथा जुम्ला जिल्लाको समग्र विकास लागि हालसम्मै चारजना सभासद्ले सैद्धान्तिक विचारलाई थाती राख्दै ऐक्यबद्ध भएर अघि बढेको र पारित भएका योजनाहरुमा केन्द्रमा गर्नुपर्ने पहलकदमीका लागि आफूहरु लागि पर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसैगरी उक्त परिषद्बाट जिल्लामा रहेको ऊर्जा सङ्कटलाई समाधान गर्न ठूला विद्युत् आयोजनाका लागि सम्भाव्यता अध्ययन कार्यक्रमलाई आवश्यक पहल गरिनुका साथै राष्ट्रिय विद्युत् प्रसारणलाई जुम्लासम्म विस्तार गर्न सम्बन्धित निकायमा आवश्यक पहल गर्ने, जुम्लालाई हिमाली नमुना सहरमा विकास गर्दै लैजाने, सञ्चार क्षेत्रको सुदृढीकरण गर्ने, स्वाथ्य, शिक्षा, यातायातका साथै प्राङ्गारिक जुम्लाको संस्थागत विकास गर्नेलगायतका ५६ नीतिहरु लिइएको छ ।

कार्यक्रममा स्थानीय राजनीतिक दलदेखि, गाविस सचिव, पत्रकारहरुले पारित भएका योजनाहरुको प्रभावकारी अनुगमन तथा कार्यान्वयनका साथै सन्तुलित एवम् समुचित विकास हुने गरी योजना अगाडि बढाइनुपर्ने सुझाव दिएका थिए ।

यस आर्थिक वर्षमा वडा, गाविस, इलाका, विषयगत तथा योजना तर्जुमा गोष्ठी हुँदै परिषद्मा आइपुग्दा करिब दुई हजार २०० योजनाको माग भएको परिषदमा बताइएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy