Ntc summer Offer
Khabar Dabali १४ पुष २०८१ आईतवार | 29th December, 2024 Sun
Investment bank

क्षेत्रीय प्रशासक र सिडिओलाई कर्मचारी परिचालनको अधिकार

काठमाडौं । भूकम्प प्रभावित जिल्लाहरुमा कर्मचारीहरुको व्यवस्थापन र परिचालनको अधिकार सरकारले क्षेत्रीय प्रशासक र प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले क्षेत्रीय प्रशासक र प्रमुख जिल्ला अधिकारीलाई कर्मचारी खटाउने अधिकार प्रत्यायोजन गरेको हो ।

\"Pm-Office\"यसअघि भूकम्प प्रभावित जिल्लामा गाविस सचिवलगायतका कर्मचारीहरु अभाव भएकाले सरकारको कामकारवाही प्रभावकारी नभएको गुनासो आएपछि अधिकार प्रत्योजनको प्रस्ताव सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद बैठकमा पेश गरेको थियो । सामान्य प्रशासनको प्रस्तावलाई मन्त्रिपरिषद बैठकले पारित गरेको हो ।

मन्त्रिपरिषदको निर्णयअनुसार राजपत्र अनंकित अर्थात् अधिकृतभन्दा तल्लो तहका कर्मचारीहरुलाई एउटै जिल्ला भित्र खटाउनु परेमा प्रमुख जिल्ला अधिकारीलाई र अधिकृत वा सोभन्दा माथिका कर्मचारीहरुलाई क्षेत्रगत रुपमा खटाउनु परेमा क्षेत्रीय प्रशासकलाई अधिकार हुनेछ । यो अधिकार प्रत्यायोजन अस्थायी प्रकृतिको हो ।

सामान्य प्रशासन मन्त्री रेखा शर्माले शुक्रबार सार्बजनिक गरेको प्रतिबद्धता पत्रको पाँचौ नम्बर बुदामा पनि नागरिकले प्राप्त गर्ने आधारभूत सेवाहरु नियमित तथा प्रभावकारी रुपमा प्रवाह गर्न स्थानीय निकाय मा कार्यवोझ कम भएका अन्य निकायबाट तत्कालै पदपूर्तिको व्यवस्था मिलाइने उल्लेख छ । साथै स्थानीय प्रशासनलाई स्थानीयस्तरमा कार्यरत कर्मचारीहरुको समन्वयात्मक व्यवस्थापन गर्ने गरी तत्कालै अधिकार प्रत्यायोजनमार्फत सहज हुने वातावरणको निर्माण गर्ने लेखिएको छ ।

शुक्रबारको मन्त्रिपरिषद बैठकले भूकम्प पीडितहरुलाई न्यानो कपडा किन्नका लागि प्रतिपरिवार १० हजार रुपैयाँ १० दिनभित्र उपलब्ध गराउन अर्थमन्त्रालय र गृहमन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले चीनका लागि नेपाली राजदूत महेश मास्केको कार्यकाल चार महिना थप्ने निर्णय पनि गरेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy