Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

यूएइबाट महतलाई खुल्ला पत्र – ‘द बैंकर, एकपटक जरुर पछुताउने छ’

आदरणीय भु पु अर्थ मन्त्री ज्यु, परदेश बाट नमस्कार स्विकार्नु होस, तपाइँकै अर्थतन्त्रका अवशिष्टहरु हामी आज करिब ४० लाख जतिको संख्यामा भारतमा कुल्ली र पहरेदार, अरबमा निर्माण मजदुर, मलेसियामा काठ फ्याक्ट्री, कोरियामा हली र बाउसे, अमेरिकामा पेट्रोल पम्पको घन्टा हान्ने, जापानमा तन्दुरी कुक र अन्य अरु देशहरुमा बिभिन्न जिम्मेवारी सम्हाल्दै घर फर्कने दिन गनेर बसिरहेका छौं । यो सबैको तर्फबाट एकमुष्ट खुल्ला पत्र हो, हुन त यिनिहरु जस्तो दिमाग खुस्केकाले मलाई के खुल्ला पत्र लेख्न सक्लान भन्दै ब्ल्याक लेवलको चुस्की लिनुहोला, तर पनि हामी पराइ हैनौ, तपाइले नेपालमा प्रतिपादन गरेको अर्थनीतिको ुबाइ(प्रोडक्टु हौं । गाँउले भाषामा भन्दा नातामा हामी सौताको छोरा छोरी जस्तै हौं ।   थोरै इतिहास तर्फ मोडियौं भने पन्चायतकाल ताका बिदेश बसेर आकर्षक नोकरी खानु भएको तपाइँ गिरिजा बाबुले फोन गरेर अर्थमन्त्री बनाइदिन्छु भन्दा तलब सोध्नु भएको थियो रे । बि पी कोइराला को राष्ट्रियता, प्रजातन्त्र र समाजवाद को तीनखम्बे नीतिमा अर्थमन्त्रीको तलब सोधेर काङ्ग्रेसमा समाजबाद त तपाइँ आउदै खेरी ढालेर आउनुभएको थियो । त्यसपछी काङ्ग्रेसले अर्थमन्त्री नपाएर छट्पटिइरहेको अवस्था र तपाईलाई जागिर चाहिएको अवस्थामा राष्ट्रिय योजना आयोगको अध्यक्ष बन्ने ढोका तपाइँलाई खुलेको थियो । अनि तपाईले द्वैध अर्थतन्त्रलाई एकल अर्थतन्त्रको पगरी गुथाँउदै उत्पादनका सम्पूर्ण साधनहरुलाइ नवधनाड्य बर्गको चरणकमलमा बुझाएर गरिब मास्ने परम्परा सुरु गर्नु भएको थियो ।   \"Ishowar_mahat\"पन्चायतकालमा फस्टाएका उद्योगहरु कौडिको भाउमा बेचिन सुरु गरेको त्यतिबेलै देखी हो । अहिले इतिहासको पानामा मात्र यदाकदा पढ्न पाइने कलकारखानाहरु तपाई राष्ट्रिय योजना आयोगको अध्यक्षको पद सम्हाल्दै खेरी डगमगाएका थिए । ठेक्का पट्टा सुरु गर्नु भो, काङ्ग्रेसी ठेकेदारहरु जन्मे । आज शुशीलले प्रधानमन्त्रीको उम्मेदवारी दिइरँहदा पैसाको चलखेल भयो भनेर काङ्ग्रेसलाई लागेका अप्रमाणित आरोपहरुको जन्मदाता तपाईं हो किनभने काङ्ग्रेस ठेकेदारहरुको अघोषित पार्टी भनेर तपाईले उत्तिखेरै भन्नुभएको थियो । चिरञ्जीवी वाग्ले, खुम बहादुर खड्का, जय प्रकाश गुप्ताहरु तपाँइले जन्माउनु भएको हो । यिनिहरुलाइ रातारात करोडपती बनाएर देशलाई रातारात लुट्ने खेलोमा जति यिनिहरुको हात छ, त्यो भन्दा धेरै मात्र आफ्नो पार्टीलाई पैसाले नुहाउन मिल्ने खालको अर्थतन्त्र निर्माण गर्नु तपाइँको ब्लन्डर मिस्टेक थियो । कृषिप्रधान देशलाई तपाईंले अरब प्रधान देशमा रुपान्तरण गरिदिनु भयो ।   बिपिको समाजबाद बाट कोशौं दुर रहेर यस्तो अर्थनीतिको जन्मदाता बन्नु भयो, त्यसमा सामाजिक न्याय भन्ने कुरा दुरबिन लगाएर खोज्दा पनि भेटिएन । धनी र गरिबको बिचमा कोरिएको रेखालाइ खाल्डो खनेर मेटाउने प्रयास गर्नु भयो, जसको प्रतिकात्मकता अस्ति भर्खरको महाभुकम्प पछाडि तपाईको छबीमा देखिएको थियो । भुकम्प पिडितहरुले एक सुका पनि नपाउने बिषयलाई उनिहरुले त के सोचे तर लण्डनको फाइनान्सियल टाइम्स को ुद बैंकरुले तपाईलाई आज मात्र उत्कृष्ट अर्थमन्त्री छानिदिएको छ । बिचारा लण्डनलाई के थाहा तपाईं भुकम्प पिडितलाइ एक सुको दिइन्न भनेर यता उफ्रनु भएको थियो, जुन देशको अर्थमन्त्री हुनुन्थ्यो, त्यही देशका जनताहरुसंग यति सम्म असहिष्णु बनिकन पनि तपाईंलाई बिदेशबाट उत्कृष्ट अर्थमन्त्रीको अवार्ड आएकोमा तपाईंलाई बधाइ आउनु पर्नेमा चिसोमा लुगलुग कामिरहेका भुकम्प पिडितहरुको नाङ्गो आङ र भोको पेटले तपाईलाई कुरीकुरी गरिरहेको छ ।   बिचारा बेलायतलाई के थाहा तपाईकै पार्टिले आज सम्म पुनर्निर्माण प्राधिकरणको बिषयमा मुसो बिरालो खेलिरहेको छ । बिदेशमा बसेर हामी जसरी अनुराधा या पुष्पा ले सिएनएन हिरो अवार्ड जित्दा खुशीले बिभोर थियौं, तपाइँले बेस्ट फाइनान्सियल मिनिस्टर को अवार्ड लगाउँदा उत्तिकै लज्जित पनि छौं, सक्नुहुन्छ भने हामिलाइ माफ गर्नुहोस ।   तपाइँको अर्थनीति भनेको भ्रष्टाचार मात्र हो । चार चार पटक अर्थमन्त्री भैसक्दा पनि नेपालको आर्थिक वृद्धिदर जनसंख्या वृद्धिदरकै हाराहारीमा कायम राख्नु तपाईको सफलता हो या असफलता हो, आजको यो दिन देखेर म दंग परेको छु । अझ चर्चित जस्तापाता मन्त्रीको पगरी गुथ्नु भएको तपाईको मूल्यांकन त हामिले गरिरहेका नै छौं । दाताहरुको सम्मेलन एउटा भ्रष्टाचार गर्ने बहाना मात्र थियो भन्ने आज प्रमाणित भएको छ । मलाई बिश्वास छ, ुद बैंकरु एकपटक जरुर पछुताउने छ ।   पश्चिमी शिक्षा पाएर नेपालमा दलाल बर्गको हितमा मात्र राजनीति गर्ने तपाईंले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा पनि निजीकरणको हावा लगाइदिनु भयो, फलस्वरुप गरिब र बिरामी जनता लुट्न भनेर अहिले सयौं मेडिकल कलेज र लाखौं डोनेसन लिएर मात्र बिद्यार्थी भर्ना गर्ने स्कुलहरु खोलिएका छन । लोक कल्याणकारी योजना तपाईले घाममा सुकाइदिनु भयो । बिपिले भन्ने गरेको, टुप्पी टोपि बाट बाहिर निस्केका जनतालाई हेरेर नीति बनाउनु पर्छ भन्ने कुरालाई सोझै नकारेर तपाईंले न त टुप्पी न त दिमाग भएका मान्छेहरुलाई हेर्नुभो ।   मलाई बिश्वास छ, तपाइँ जस्ता मान्छेहरु जति एवार्ड र फुली लगाएर दौडे पनि अबका पुस्ताका युवाहरुलाई जित्न सक्नुहुन्न । किनभने अमेरिका, बेलायत जस्ता देशहरुका पुँजीबादको हवाला दिदैँ तपाईंले हामी माथी आर्थिक आतंक मचाउनुभएको थियो, आजका युवाहरुले ति देशका पुँजीबाद अध्ययन गरेर बसिरहेका छन र तपाईले भन्ने र लेख्ने गरेका किताबहरुमा यताको अनुभव कसै गरेर पनि मिल्दैन । खुला र छाडा अर्थतन्त्रको प्रतिपादक बनेर एउटै नेपाललाई तपाँइले धनीको नेपाल र गरिबको नेपाल बनाएर दुइटा बनाइदिनु भयो । सिके राउतहरुले हाल जुन भौगोलिक बिखण्डनको अभ्यास गरिरहेका छन, त्यो भन्दा १० गुणा अगाडी बढेर २० बर्ष भन्दा अगाडि तपाईंले आर्थिक बिखण्डनको प्रारुप तयार गरिसक्नु भएको थियो । तर बिडम्बना तपाइँलाई लण्डनबाट फुली लगाउन भनेर पत्र आएको छ ।   केहि दिन तपाइँको चुरीफुरी देखिएला र भन्नुहोला मलाई बेलायतले बिश्वको उत्कृष्ट मन्त्री भनेर भनिदियो, तर यथार्थ के हो भने तपाइँ संसारकै उत्कृष्ट भए पनि तपाइँलाई राज्यमन्त्री बनाएर देखाउने हिम्मत बेलायतले गर्न सक्दैन ।   तपाइँको कुरा गर्दा महेश आचार्यलाई पनि सम्झिन मन लाग्छ । कृपया पत्र पढ्नु भयो भने वहाँलाई पनि मेरो नमस्कार भन्दिनु होला ।   ईश्वर अर्याल यूएइ यो पनि पढ्नुस् ः महत ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’ !
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies