Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

अब २४ सै घण्टा विद्युत्

मकवानपुर । हावाबाट बिजुली निस्कन्छ भनेको सुन्दा मकवानपुर फापरबारी गाविस–२ भोर्लेनीका चतुरबहादुर घलानलाई पटक्कै विश्वास थिएन । पानी र घामबाट त बिजुली निस्कन्छ भन्ने देखेका उनले साँझ परेपछि र बिहान ९÷१० बजेसम्म घर नै उडाउला जस्तो गरी वहने हावाबाट बिजुली निस्केर गाउँ नै झलमल भएको देख्दा अहिले सपनाजस्तै लाग्दछ । यो सबै सम्भव बनाएको छ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय निकाय र समुदायको सामूहिक प्रयासमा भोर्लेनीमा निर्माण गरिएको वायु र सौर्यशक्तिबाट सन्चालित २५ किलोवाट क्षमताको सो वायु–सौर्य ऊर्जा मिश्रित परियोजनाले । \"2-600\" चतुरबहादुर मात्र होइन, हेटौँडाबाट पूर्वमा सवारीसाधनमा करिब चार घण्टाको यात्रापछि मात्र पुगिने दुर्गम भोर्लेनीका १३१ तामाङ्, बाहुन, क्षेत्री, दलितलगायतका घरपरिवार हावा र सौर्य शक्तिबाट उत्पादन भएको बिजुली उपयोग गरेर उज्यालोमा बस्न पाउँदा खुसी भएका छन् , “सहरमा बरु दिनमा १५ घण्टा बिजुली आउँदैन, अन्धकारमा बस्नु पर्छ रे भन्ने सुनेको छु, तर हामी गाउँलेले भने २४ सै घण्टा विद्युत् उपयोग गर्न पाएका छौँ”–स्थानीयवासी प्रेमबहादुर लोप्चन बताउछन् । काभे्रपलाञ्चोक र सिन्धुलीको सीमामा पर्ने मकवानपुर जिल्लाको यस विकट ठाउँमा पहिले पहिले मानिसहरु बस्न रुचाउँदैनथे । बागमती नदीको किनारमा रहेको यो ठाउँ बालुवा र ढुङ्गाको गेग्रानले ढाकिएकाले उब्जनी नहुने र औलोको भयले गर्दा मिल्किएको यो ठाउँ अहिले सिँचाइ सुविधा, सडक यातायातको पहुँच र विद्युतीकरणले स्थानीयवासीको जीवनशैली फेरिएको मात्र होइन, यस ठाउँको परिचय नै बदलिएको छ । अहिले यहाँ चार बाली खेती हुन थालेको, विद्युत् सुविधाले सूचना, सञ्चारको पहुँचको विस्तारले गाउँलेको आर्थिक–सामाजिक तथा चेतनास्तरमा अभिवृद्धि भएको छ । पहिले वनमारा र दाउराका झिँजा बालेर गुजारा गरेको स्मरण गर्दै ९७ वर्षीय दलवीर आले भने, “बाँचिरहनुपर्ने रहेछ, आँखाले अनेक देख्न पाइने रहेछ ।” जीवनमा कहिल्यै बिजुली नदेखेका उहाँँ अहिले घरमै बिजुली प्रयोग गर्न पाउँदा अचम्भित भएको र यसले आफूलाई बाँच्ने रहर बढाएको बताउछन् । स्थानीय गीता निमाविका शिक्षक जगतबहादुर थोकर पनि गाउँमा विद्युत् सुविधा भएपछि गाउँका केटाकेटी विद्यालय आउने क्रम बढेको र उनीहरुको शैक्षिकस्तरमा सुधार आएको बताए । आफूले २०३६ सालमा हेटौँडा जाँदा सडकमा बत्ती बलेको देख्दा त्यो उज्यालोमा बसेर पढ्न पाए हुन्थ्यो भन्ने चाहना भएको बताउँदै भन्नुहुन्छ, “उतिबेला गाउँमा बिजुली थिएन, आगो बालेर र जुनको उज्यालोमा बढ्नुपर्ने बाध्यता थियो ।” वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय निकाय र समुदायको सामूहिक प्रयासमा भोर्लेनीमा वायु र सौर्य शक्तिबाट २५ किलोवाट क्षमताको सो वायु–सौर्य ऊर्जा मिश्रित परियोजना निर्माण गरिएको हो । केन्द्रले रु ८९ लाख, जिविसले रु पाँच लाख र गाविसले रु दुई लाख तथा समुदायबाट रु ३० लाख बराबरको नगद र श्रमदान गरी कूल रु एक करोड २५ लाखको लागतमा सो परियोजना सम्पन्न भएको छ । \"Solar-panels..-600\" गत जेठ १५ गतेदेखि विद्युत् उत्पादन सुरु भए पनि मङ्गलबार जनसङ्ख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले औपचारिक रुपमा उद्घाटन गरेका थिए । सो अवसरमा मन्त्री पासवानले मुलुकले ऊर्जा सङ्कटको समस्या झेलिरहेको बेला स्थानीयस्तरमा उपलब्ध ऊर्जाका स्रोतको उपयोग गरी जनतालाई ऊर्जामा आत्मनिर्भर गराउन यस्ता वैकल्पिक ऊर्जा प्रविधिको विकास र विस्तारमा लाग्नुपर्ने खाँचो औँल्याउदै अँध्यारोबाट उज्यालोतर्फ लैजान सकिए मात्रै नयाँ र समृद्ध नेपाल निर्माण गर्न सकिने भएकाले वर्तमान सरकारले थोपाथोपा इन्धनको बचत र वैकल्पिक ऊर्जाको प्रवद्र्धनलाई उच्च प्राथमिकता दिएको उल्लेख गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies