Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

अनुदानको प्याजको बीउ बिक्री प्रभावित

जनकपुर । लामो समयदेखिको बन्द हडतालको कारण सरकारी अनुदानको प्याजको बीउ बिक्री प्रभावित भएको छ । सरकारले जिल्ला कृषि विकास कार्यालय धनुषामार्फत किसानलाई ५० प्रतिशत अनुदानमा प्याजको बीउ उपलब्ध गराउँदै आएतपनि बन्द हडतालका कारण बीउ बिक्री ९० प्रतिशतले प्रभावित भएको हो । मङ्सिरदेखि पुस महिनाभरी प्याजको बीउ राख्ने समय भए पनि सरकारले तोकिएको समयमा उपलब्ध नगराई अनियमित समयमा बीउ उपलब्ध गराएका कारण बिक्री प्रभावित भएको कार्यालयका प्राविधिक सहायक अमृतलाल कर्णले जानकारी दिए । समयमै बीउ नपाउँदा किसान सीमावर्ती भारतीय बजार तथा स्थानीय एग्रोभेट पसलबाट महंँगोमा खरिद गरिरहेका छन् । कार्यालयले अहिले किसानलाई प्रतिकिलो बीउ रु ६००।– का दरले उपलब्ध गराउँदै आएको छ । नासिक रेड प्याजको बीउ वितरण गर्दै आए पनि किसान आकर्षित हुन सकिरहेका छैनन् । जिल्लामा केही ठाउँमा यसको व्यावासयिक खेती गरिए पनि शीतभण्डारको समस्या रहेको छ । सरकारले उपलब्ध गराएको अनुदानको प्याजको बीउमा समेत कालोबजारी हुने गरेको किसानको आरोप छ । \"images-600\" पौडेश्वर– ९ भराखका किसान कौशलेन्द्र मिश्र कार्यालयबाट दिँदै आएको युवा स्वरोजगार कार्यक्रमको रकममा समेत अनियमितता भएको बताए । “अनुदानको प्याजको बीउ कर्मचारीले नक्कली प्रतिवेदन खडा गरी स्थानीय एग्रोभेट पसलमा बेच्ने गरेका उनले बताए । भारतीय बजारदेखि ल्याएको बीउ कमसल र गुणस्तरीय नहुँदा समेत किसान मारमा परेका छन् । जिल्लामा किसानले गतवर्ष ९२३ हेक्टर क्षेत्रफलमा प्याजखेती गरी ११ हजार २२० मेट्रिक टन उत्पादन गरेका थिए । सरकारले अहिले युवालाई वैदेशिक रोजगारमा जानबाट रोक्नका लागि युवा लक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रम मार्फत एउटा किसानलाई दुई बिघा तरकारीखेती गर्न रु ६० हजार उपलब्ध गराउने गरेको छ । तर सो रकम पनि पहुँचवालाले नै पाउने गरेको किसानको गुनासो छ । हाल बजारमा प्याज प्रतिकिलो रु ४० देखि रु ६० सम्ममा बिक्री भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies