Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

पर्यटन व्यवसाय चौपट !

ईश्वर थापा धनकुटा ।  सन २०१५ मा पर्यटक आगमनमा उत्साहजनक वृद्धिले फुरुङ्ग पूर्वका पर्यटन व्यवसायी वर्षको अन्त्यमा आइपुग्दा निराश भएका थिए । एउटा बिर्सन लायक वर्ष विदा गर्दा पनि पर्यटन क्षेत्रको लागि नयाँ वर्ष फलदायी बन्ने संकेत छैन ।\"33607_132498930135054_100001248438983_189951_6742204_n-400\" सन २०१५ विनाशकारी भूकम्पको क्षति र पीडा कायमै रहेको, तराईमा मधेसवादी दलको आन्दोलन लम्बिरहेको र भारतको अघोषित नाकाबन्दी जारी रहेर आन्तरिक संकट चुलिएको अवस्थाले सन २०१६ मा पनि पर्यटन उद्योग अनिश्चयको भयमा पर्ने चिन्तामा व्यवसायी रहेका छन् । आज राम्रो होला कि भोलि राम्रो होला कि भन्ने आस पालेको लामो समय भयो ।पर्यटन व्यवसायी निरकुमार कार्की भन्छन्, खै अवस्था सुध्रने छाँटकाँट नै छैन, यसले पूर्वको पर्यटन व्यवसाय चौपट नै भएको छ । केही वर्षअघि दिल्लीको ताज होटल आक्रमण भएलगत्तै भारतले बंगलादेशी नागरिकलाई भ्रमण भिसा उपलब्ध गराउन छोडेपछि पूर्वको पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको थियो । अहिले त्यस्तै अवस्था छ । पूर्वी नाकाबाट पैदलमार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको संख्यामा गिरावट आएको कारण यसको प्रभाव परेको काकडभिट्टा स्थित अद्यागमन कार्यालयले जनाएको छ । यसअघि नेपालमा हुने आमहडताल, सडक अवरोध, यातायात बन्द लगायत विविध कारणले पर्यटकको संख्यामा लगातार गिरावट थियो । कार्यालयका अनुसार सन २०१५ सकिन लाग्दा यो नाकाहुँदै विभिन्न मुलुकका आठ हजार छ सय २० पर्यटक नेपाल घुम्न आएका थिए । कार्यालयका अनुसार भूकम्पपछि नेपाल आउने पर्यटकको संख्या ह्वात्तै घटेको छ । २०१५ मे २५ मा गएको भूकम्पपछि पर्यटकको संख्यामा कमि आएको नायब सुब्बा हीराबहादुर खड्काले बताए । खड्काका अनुसार मेमा चार सय ९८ विदेशी पर्यटक यो नाका भएर नेपाल आएका थिए । अप्रिलमा एक हजार दुई सय एक पर्यटकले नेपालका विभिन्न स्थानको भ्रमण गरेका थिए । भूकम्पपछि नेपाल आउने पर्यटकको संख्यामा ५० प्रतिशत गिरावट आएको कार्यालयको भनाइ रहेको छ । भारतको दार्जिलिङ, सिक्किम लगायत पूर्वोत्तर भारत भ्रमण पछि विदेशी पर्यटक नेपालसम्म आउने गर्थे । राजनीतिक अवस्था सुध्रिँदा दस हजारभन्दा बढी पर्यटक काकडभिट्टा नाकाबाटै नेपाल प्रवेश गरेको उदाहरण पनि छ । तर, पछिल्लो केही वर्षमा दार्जिलिङसम्म आएका पर्यटक पनि नेपाल भित्र्याउन सक्ने अवस्था नभएको व्यवसायी बताउँछन् । यसमा नेपालको आन्तरिक असुरक्षा नै मुख्य कारण रहेको उनीहरूको भनाइ रहेको छ    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies