Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

भारत गएका एघार युवती बेपत्ता

इलाम । दलालको प्रलोभनमा परी एक वर्षको अवधिमा पूर्वी नाकाबाट रोजगारीका सिलसिलामा भारत गएका १७ युवतीमध्ये ११ जना अझै फेला परेका छैनन् । माइती नेपाल पशुपतिनगर आवधिक गृहले दिएको जानकारीअनुसार सन् २०१५ मा भारतमा हराएका भनी १७ जनाको निवेदन परेपछि खोजी गरी छजनालाई आफन्तको जिम्मा लगाइएको र ११ जना अझै सम्पर्क्विहीन बनेको आवधिक गृहले जनाएको छ ।\"Map_of_india_TB\" उनीहरूलाई भारतको दार्जि्लिङ, सिक्किम, सिलिगुढीलगायतका घर तथा होटलबाट उद्धार गरी परिवार तथा अभिभावकको जिम्मा लगाइएको हो । हराएकाहरूको माइती नेपाल र माइती नेपाल सञ्जाल समूहले व्यापक खोजी गरिरहेको आवधिक गृह पशुपतिनगरका संयोजक होम ढकालले जानकारी दिए । इलामको पूर्वी क्षेत्रका दर्जनौँ अवैध नाका हुँदै रोजगारीका लागि भारत हिँडेका १९७ जनालाई सीमा क्षेत्रबाटै परामर्श गरी घर फर्काइएको माइती नेपालले जनाएको छ । रोजगारीका लागि भारत पुगेका १२१ जनालाई माइती नेपाल, विभिन्न सङ्घसंस्था, प्रहरीको सहयोगमा उद्धार गरी पुनःस्थापना केन्द्रमा राखिएको छ । माइती नेपालले सन् २०१५ मा एक हजार ३४३ युवतीलाई परामर्श सेवा प्रदान गरेको छ । माइती नेपालमा एक वर्षमा १७ वटा घरेलु हिंसाका उजुरी परेका थिए जुन गत वर्षको तुलनामा ४० प्रतिशतले कम हो । जिल्लाका सीमावर्ती अवैध नाकाको प्रयोग गरी दलालले किशोरीलाई भारततर्फ लैजाने गरेको माइती नेपालले जनाएको छ । इलामको जिर्मले, श्रीअन्तु, पशुपतिनगर, समालबुङ, गोर्खे, जोगमाई, माइमझुवा र मावु गाविसका चोरबाटोबाट दलालले चेलीबेटीलाई रोजगारीको प्रलोभन देखाएर भारतका विभिन्न सहर पु¥याउने गरेका हुन् । भारतको दार्जि्लिङस्थित पिएसडी कम्पनीमा रोजगारी दिने सपना देखाएर जिल्लाका विभिन्न गाउँबाट नेटवर्किङ व्यवसाय सञ्चालन गरी सीमापार लैजाने गरेको समेत पाइएको छ । दलालले १६ देखि ३० वर्ष उमेर समूहका युवतीलाई जागिरको प्रलोभन देखाएर भारत पु¥याउने गरेका छन् । प्रायः भूकम्पप्रभावित सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, काभ्रेलगायतका जिल्लाबाट युवतीलाई दलालले भारत पु¥याउने गरेको माइती नेपालको तथ्याङ्कमा उल्लेख गरिएको छ । सीमावर्ती क्षेत्रबाट अवैध बाटोको प्रयोग गरी दलालले चेलीबेटी भारत पु¥याउन थालेपछि माइती नेपाल र प्रहरीले संयुक्तरूपमा सञ्जाल समूह गठन गर्ने र शङ्कास्पद व्यक्ति भेटिएमा प्रहरीमा खबर गर्न भनेका प्रहरी नायब उपरीक्षक प्रकाश रानाभाटले भने । प्रहरीले सीमावर्ती गाविसमा समेत इलाका प्रहरी कार्यालयअन्तर्गतका प्रहरी चौकीमार्फत नियमित पैदल गस्ती सुरु गरेको समेत प्रनाउ रानाभाटको भनाइ छ । सीमा क्षेत्रमा गठन भएका त्यस्ता समूहका सदस्यले भारत जान लागेका महिलालाई नजान सुझाव दिने, गाउँमा चेलीबेटी बेचबिखनबारे जनचेतना फैलाउनेलगायतका काम गर्दै आएको माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकाल बताए । “अवैध मार्गबाट चेलीबेटी भारततर्फ लागेको थाहा पाउनेबित्तिकै हामीलाई खबर गर्छन, हामी दुवै देशका अधिकारीको सहयोगमा भए पनि उनीहरूलाई फर्काएरै छाड्छौँ” – ढकालले भने । सीमा क्षेत्रमा गठन भएका सञ्जाल समूहको सक्रियतापछि विगतको तुलनामा चेलीबेटी बेचबिखन केही कम भएको उनले बताए । सन् २०१४ मा १६ युवती भारतको विभिन्न कोठी र होटलमा हराएको माइती नेपालले जनाएको छ । सीमा क्षेत्रमा गठन भएका सञ्जाल समूह र पशुपतिनगरमा प्रहरीको सहयोगमा युवतीलाई रोकेर परामर्श गर्न थालेपछि दलालले चोरबाटोको प्रयोग गर्न थालेका छन् । रोजगारीको प्रलोभनमा परेर भारत जाने भन्दै गएका धेरै युवती कोठी र होटलबाट फर्कन थालेको आवधिक गृह पशुपतिनगरले जनाएको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending