नायिका सुभेच्छा थापाले ‘खादा’ले गोप्य अंग छोपेपछि चौतर्फी बिरोध
पौष २४ गते, २०७२ शुक्रवार 8th January, 2016 Fri११:४८:५२ मा प्रकाशित
काठमाडौं । प्रदर्शनीको तयारीमा रहेको चलचित्र ‘बिन्दास ३’को लागि भनि कलाकार शुभेच्छा थापाले उत्तेजक फोटो सार्वजनिक गरेपछि उनी विवादमा तानिएकी छिन् । उनले आफ्नो गुप्ताङ्गलाई बौद्ध धर्मावलम्बीले प्रयोग गर्ने पवित्र ‘खादा’ले छोपेपछि उनको चौतर्फी विरोध भएको हो ।
मिस नेपाल अडिसनको बेलामा पनि उनले माछाले आफ्नो बक्षस्थल छोपेको तस्वीर सार्वजनिक गरेकी थिइन् । त्यसबेला पनि बिरोध भएपछि उनले माफी मागेकी थिइन् ।
पुनः उनले बौद्ध धर्मालम्बीहरूले भगवानलाई चढाउन र मान्यजनलाई स्वागत गर्न प्रयोग गर्ने खादालाई मिनीस्कर्ट र ब्रा बनाएकी छिन् । धर्म निरपेक्ष राष्ट्र भएपनि अरु कसैको धार्मिक आस्था माथि आँच आउन सक्ने र कसैको भावनामा चोट पर्न सक्ने प्रति कलाकार थापा सचेत नभएको बौद्ध धर्मावलम्बीहरुले बताएका छन् ।
सञ्चारकर्मी तथा कवि सन्चु ब्लोन बौद्धधर्मावलम्बीको आस्थामा चोट पु¥याउने काम उनले गरको र उनी विरुद्ध सांस्कृतिक मानहानीको मुद्धा हाल्नुपर्ने बताउँछिन् । उनी भन्छिन् “ नेपाली चलचित्रलाई दुषित बनाइराखेका र मुठिभर मानिसलाई आनन्द दिन नाङगै हुन सक्नेलाई खादाले इज्जत छोप्नु आवश्यक छैन । केही दिन अघि टोपी दिवसको दिन ढाका टोपी लगाइ टोपलेका यीनले खादाको यत्रो अपमान गर्ने ?
कवि मुक्तान थेबा अरुको आस्था माथि चोट पु¥याउने दुस्शाहस कसरी ग¥यौ भनि प्रश्न गर्छन् । उनी भन्छन्, “केही दिन अघि मात्रै ढाका टोपी ढल्काएर अरुलाई संस्कार र देशभक्ती सिकाउन खोज्ने सुभेच्छा थापाको के नाटक हो यो ? सकिन्छ अरुको आस्थाको सम्मान गर्न सिक सकिन्न कम्तिमा अपमान नगर ।”
कवि चन्द्रबीर तुम्बापो अरुको आस्थामाथि गरिएको भयानक मजाक हो भन्छन् ।
कवि बिना तामाङले पनि सुभेच्छा थापा मुर्दाबाद भन्दै उनको विरोध गरेकी छिन् ।
सांस्कृतिक अन्वेषक भोगीराज चाम्लिङ यसमा शुभेच्छाको मात्र एकलौटी दोष नरहेको बताउँछन् । उनी भन्छन् “यो व्यवस्था नै यस्तो छ जहाँ सबथोकको बजारमूल्य छ । त्यसमा पनि यौनको धेरै ठूलो बजारमूल्य छ । बजारमा जे बिक्री हुन्छ त्यही मान्छेले बिक्री गर्ने हो । यसमा बजार थापेर बसेका व्यापारीहरुलाई पनि प्रश्न सोध्ने कि ?
उनले शुभेच्छाको मात्र विरोध गर्ने भन्दा यसको पहिलो दोषी व्यापारीलाई पनि उन्मुक्ति दिन नमिल्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: