Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

राष्ट्रसंघका प्रतिनिधि भेट्न मोर्चाको बैठक स्थगित

\"morcha-leaders-400\"काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले संयुक्त राष्ट्र संघका प्रतिनिधि भेट्नका लागि भेट्ने कार्यक्रम भएको भन्दै बैठक छोटो समयमै स्थगित गरेका छन् । राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्रे फेल्टम्यानसँग भेट्ने कार्यक्रम रहेकोले बैठक स्थगित गरिएको मोर्चाका नेताहरुले बताए । मोर्चाका शीर्ष नेताहरुले फेल्टम्यानसँग द्वारिका होटलमा भेट गर्ने कार्यक्रम छ । मोर्चाको बैठक छोट्याएर उनीहरु द्वारिका होटलतर्फ लागेका छन् । स्वास्थ्य उपचार समितिको प्रतिवेदन पेश मोर्चाको छोटो समय बसेको बैठकमा स्वास्थ्य उपचार समितिको प्रतिवेदन पेश गरिएको छ । आन्दोलनका क्रममा भएका घाइतेहरुको बारेमा प्रतिवेदन तयार गर्न समिति गठन गरिएको थियो । समितिले तयार गरेको उक्त प्रतिवेदनमाथि छलफल गर्दै घाइतेहरुको थप उपचारका लागि आर्थिक सहयोग जुटाउने निर्णय गरेका छन् । तमलोपाको कार्यालय विजुलीबजारमा बसेको बैठकमा मधेस आन्दोलनका घाइतेहरुको स्वास्थ्य उपचारको अवस्थाबारे छलफल भएको मोर्चाका नेताहरुले बताए । मोर्चाको पछिल्लो आन्दोलनको कार्यक्रम पुस १९ गते नै सकिएकाले थप आन्दोलनको कार्यक्रमबारे पनि छलफल हुने भनिए पनि आज थप आन्दोनलको कार्यक्रमबारे छलफल नभएको मोर्चाका नेताहरुले बताए । कार्यदलको बैठक बेलुकी मोर्चाको मागसहित समग्र विषयमा छलफल गर्न बनेको कार्यदलको बैठक शुक्रबार बेलुका बस्ने भएको छ । मोर्चाको बैठक सकाएर राष्ट्र संघ प्रतिनिधि भेट्न गएका मोर्चाका नेताहरु फर्किएपछि बेलुका कार्यदलका बैठक बस्ने बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending