Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

पूर्व राष्ट्रपतिको घरभाडामा किचकिच

\"Rambaranकाठमाडौं । पूर्वराष्ट्राध्यक्षको सेवासुविधासम्बन्धी कानुन अभावमा डा। रामवरण यादवको घरभाडा तिर्न सरकारले आनाकानी गरेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–मासिक १ लाख ३० हजार भाडा तय गरी उनी दुई महिनाअघि कात्तिक १२ गते शीतलनिवासबाट ललितपुरको बागडोल सरेका थिए तर घरधनीले उक्त भाडामा करसमेत थपेर बुझाउनुपर्ने भनेपछि अन्योल उत्पन्न भएको छ। अर्कोतिर पूर्वराष्ट्राध्यक्षले पाउने सुविधाबारे कानुन नहुँदा सरकारका सम्बन्धित पदाधिकारीले चेकमा हस्ताक्षर गर्नसमेत अस्वीकार गरेको उच्चस्रोतले बताएको छ। यो द्विविधाका कारण भीभीआईपी किरायादारलाई निरन्तरता दिन घरधनी महेश बिष्टले कठिनाइ महसुस गरेको पनि स्रोतले बताएको छ। शीतलनिवासबाट सर्ने बेला उनलाई ५० हजार रुपैयाँ मासिक भाडाको घर सम्बन्धित पदाधिकारीहरूले तय गरे पनि यादवले असहयोग गरेको र ुमलाई पाटीमा राखे पनि हुन्छु भन्नेजस्ता वाक्य प्रयोग गरेपछि तत्कालका लागि गृह मन्त्रालयले १ लाख ३० हजार रुपैयाँ मासिक भाडा तिर्ने गरी बागडोलमा उनको चाहनाअनुसारको घर बन्दोबस्त गरेको थियो। यादव छोरी अनिता यादवको बागडोलस्थित निवासनजिकै बस्न चाहन्थे।एक महिनापछि नै भाडा तिर्नमा ढिलाइ र १ लाख ३० हजार मासिक करसहित हो वा करबिना हो भन्नेबारे अस्पष्ट भएपछि घरधनी र किरायादारबीच मनमुटावसमेत हुन थालेको छ। दुई रोपनी दुई आनामा फैलिएको साढे दुईतले घरको भाडा एक लाख ३० हजार रुपैयाँ तिर्ने मौखिक सहमति भएको राष्ट्रपति कार्यालयका सचिव टेकप्रसाद ढुंगानाले बताए। \'एक लाख तीस हजार रुपैयाँमा भाडामा लिने मौखिक सहमति भएको हो\', राष्ट्रपति कार्यालयका सचिव टेकप्रसाद ढुंगानाले भने, \'तर कर त्यसमै समावेश हुने वा नहुने निर्णय भएको थिएन।\' पूर्वराष्ट्रपति यादव बस्न थालेको दुई महिना बितिसक्दा पनि अहिलेसम्म घरभाडा तिर्नु त परै जाओस्, कति भाडा तिर्ने भनेर सम्झौतासमेत भएको छैन। घरभाडा कति र कहिले तिर्ने भन्ने टुंगो नलागे पनि पूर्वराष्ट्रपति आफ्नो घरमा बस्न आउँदा घरधनीले आनाकानी गरेनन्। अहिले आएर घरभाडा तिर्न र सम्झौता गर्न विदेशमा रहेका घरधनी बिष्टले आफ्ना एजेन्टमार्फत पूर्वराष्ट्रपति यादवलाई ताकेता गरिरहेका छन्। \'घरधनीले भाडा मागेका छन् तर कति तिर्ने भन्ने टुंगो छैनु, स्रोतले भन्यो, \'झनै लिंगरिङ हुने हो भने घर छाड्न आग्रह पनि आउन सक्छ।\' सरकारले पूर्व अतिविशिष्टहरूलाई दिने सुविधाका विषयमा कुनै कानुन नभएकाले यसबारे समस्या परेको स्वीकार गरेको छ। \'गृहले भीभीआईपीको सुविधाका विषयमा प्रस्ताव ल्याएपछि कानुनअनुसार घरभाडाको सम्झौता गर्ने भनेर अहिलेसम्म केही हुन नसकेको हो\', मुख्यसचिव सोमलाल सुवेदीले भने, ‘कानुनका कारण सम्झौता र रकम निकास गर्न नसकिएको हो।\' पूर्वराष्ट्रपतिको आवासका लागि सरकारले सबै व्यवस्था गर्ने गरी मन्त्रिपरिषद्ले कात्तिक दोस्रो साता निर्णय गरेको थियो। त्यसलाई सरकारको कुन निकायले कार्यान्वयन गर्ने भन्ने स्पष्ट नहुँदा पनि पूर्वराष्ट्रपतिको निवासको भाडा सरकारले तिर्न नसकेको हो। सरकारी आवासबारे सबै सम्झौता सहरी विकास मन्त्रालयअन्तर्गतको मर्मतसम्भार डिभिजन कार्यालय काठमाडौंले गर्छ। तर उक्त कार्यालयले पूर्वराष्ट्रपतिको निवासका विषयमा कुनै जानकारी नआएको बताएको छ।\'पूर्वराष्ट्रपतिको आवासका विषयमा सम्झौता गर्ने\\नगर्ने कुनै जानकारी हामीलाई छैन\', उक्त कार्यालयका प्रमुख कृष्णराज पाण्डेले भने।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE