Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

बालकृष्ण र पुष्करलाई जेल हाल्दा अरु परिवारमाथि अन्याय

ओखलढुंगा पोकलीका उज्जनकुमार श्रेष्ठ र भुवनकुमार श्रेष्ठको तत्कालिन युद्धका बेला हत्या भयो । उज्जन र भुवनको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने भन्दै बारंबार कुरा उठ्ने गरेको छ । दश वर्षे द्वन्द्वका क्रममा उज्जन र भुवनमात्रै होइन, धेरै मानिसको ज्यान गयो । देशभर झण्डै १७ हजार नागरिकले ज्यान गुमाए । देशभरको कुरा मात्र होइन, उज्जन र भुवनकै गाउका मात्रै आठ नौ जनाले ज्यान गुमाएका छन् ।
त्यतिबेला उज्जन र भुवन मात्र नभइ पोकली–२ की कमला कार्की, सोही ठाउँकै दिनेशकुमार गौतम, प्रल्हाद गौतम, वालन नेपाल, पोकली–१ की मन्जु गौतम मारिए । कसैको लाश भेटियो कसैको ऐलेसम्म न लाश न सास भेटिएको छ ।
उज्जन र भुवनको हत्यामा बालकृष्ण ढुंगेल र पुष्पर गौतमलाई दोषी ठहर गरिएको छ । अदालतले ढुंगेललाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको छ । तर अदालतको फैसला कार्यान्वयन नभएको भन्दै दायर गरिएको रिटमा सर्वोच्चले पुन आममाफी नहुने फैसला सुनाएको छ । [caption id=\"attachment_54724\" align=\"alignleft\" width=\"235\"]\"निर्मल निर्मल घिमिरे[/caption]   द्वन्द्वकालिन समयमा ओखलढुङ्गाको पोकली–१ र २ मा राज्यका तर्फबाट र तत्कालिन बिद्रोही पार्टी माओेवादीको तर्फबाट उज्जनकुमार श्रेष्ठ, भुवनकुमार श्रेष्ठ मात्र नभएर अरु पनि मारिएका छन् । त्यतिबेला उज्जन र भुवन मात्र नभइ पोकली–२ की कमला कार्की, सोही ठाउँकै दिनेशकुमार गौतम, प्रल्हाद गौतम, वालन नेपाल, पोकली–१ की मन्जु गौतम मारिए । कसैको लाश भेटियो कसैको ऐलेसम्म न लाश न सास भेटिएको छ । पोकलीको यति सानो गाउँ दुई वडामा गरी जम्मा १३५ घर धुरी छन् । यति सानो गाउँमा ८/९ जनाले जीवन आहुती दिएका छन् । जो सुकै भए पनि दोषीलाई कारबाही हुनुपर्छ भन्नेमा हाम्रो पनि मत छ । तर ती घटनाहरु सोच्दा पनि आँसु आउँछ । मृत्युवरण गर्ने कोही काखा र कोही पाखा भन्ने हुँदैन । सबैका सन्तान समान हुन्छन् । हो, न्याय सबैले पाउनु पर्दछ तर जुन एउटै गाउँका जनतामा राज्यले कसैलाई त्यहीँ ज्यान गुमाएवापत द्वन्दपीडित परिवारको बिल्ला भिराएर ज्यानको मूल्य तोकेर केही रकम बाड्ने काम ग¥यो । त्यही रकम पनि जो पीडित परिवारले सबै रकम पाएनन् गाउँका टाठा बाठा भनाउँदाहरुले गाउँमै पैसा ल्याइदिने बाहना गरेर आधा रकम ल्याउनेले नै खाइदिए । आज त्यही गाउँका बालकृष्ण ढुंगेल र पुस्कर गौतमलाई सर्बश्वसहित जन्मकैद गर्दा कमला कार्की, दिनेश गौतम, मञ्जु गौतम लगायतका परिवारलाई अन्याय भएन र ? यो कुराको चित्तबुज्दो जवाफ सरकारले त्यो परिवारलाई दिन सक्नुपर्छ । आज पुस्कर गौतम र बालकृष्ण ढुंगेललाई जेल हाल्ने भयो भनेर मैले यो कुरा लेखेको होइन । किनकी म कसैको कार्यकर्ता होइन तर एउटै गाउँका एकै प्रकृतिका घटनामा जो बोल्न सक्दैन, जो आर्थिक रुपले कमजोर छ, उनीहरुमाथि अन्याय भएको छ । सरकारले कुनै परिवारलाई १÷२ लाख दिएर फकाउने, कसैलाई सर्बश्वसहित जन्मकैद गरेर पीडितलाई न्याय दिलाउने गर्दा भोलिका दिनमा उज्जनकुमार श्रेष्ठको परिवारको नजरमा कमला कार्की, दिनेश गौतम, मन्जु गौतम जस्ताको परिवार सधैं झुक्नुपर्ने अवस्था आउन सक्दछ । त्यसैले सरकारले सबै पीडित परिवारलाई न्याय हुने काम गरोस् । सरकारले कसैमाथ अपमानित र गिरेको महसुस नहुने गरी पीडित परिवारलाई न्याय प्रदान गरोस् । आम द्वन्द्वपीडित परिवार यही चाहन्छ । (घिमिरे ओखलढुंगा पोकली–२ का बासिन्दा हुन् ।)  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies