Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

ओलीजी गर्नुस्, ‘अल्टिमेट’ ठट्टा गर्नुस्

सेन्स अफ ह्यूमर एउटा गजबको तत्व हो । यसले ब्यक्तिलाई ऊर्जावान बनाउँछ, फ्रेस बनाउँछ । तर जब यो आफ्नो सीमा नाघेर एउटा भद्दा ठट्टामा बदलिन्छ त्यसले भने नराम्रो साइट इफेक्ट गरिदिन्छ र ब्यक्तिलाई रोगी बनाइदिन्छ । नेपाली राजनीतिका यस्ता धेरै ठट्टाहरुलाई हामीले नियति नमानेर पनि पचाएकै छौं । यतिबेला हामी ठट्टाको चक्रवत वर्षामा वा भनौ दुष्चक्रमा फसिरहेका छौं । किनकी जब देशको कार्यकारिणी प्रमुख नै सबै शक्ति लगाएर ठट्टा गर्छ, त्यतिबेला हाँस्न सकिदैन, रुन झन नसकिने रहेछ । ठट्टाको सामाजिक मनोविज्ञान कस्तो हुन्छ ? यसको दीर्घकालिन प्रभाव कस्तो हुन्छ ? यसबारेमा लामै छलफल र बहसको आवश्यक पर्छ । तर राजनीतिक ठट्टाको मार खप्न नसकेर घाइते बनेको हाम्रो आजको समयलाई हामीले कस्तो चित्रमा देखिरहेका छौं भन्नेबारेमा केही विचार गर्नैपर्ने भएको छ । नेपाली राजनीतिको यो गाइजात्रालाई नियाल्दा के देखिन्छ भने अहिले हाम्रा प्रधानमन्त्रीले गरेको सस्तो मजाक भन्दा पहिलो पहिले हाम्रो समाज केही गम्भीर ठट्टाहरुबाट गुज्रदै आएको छ । [caption id=\"attachment_36918\" align=\"alignleft\" width=\"150\"]\"मणि मणि काफ्ले[/caption] इतिहासलाई आधार मानेर हेर्ने हो भने हाम्रो समाजको नेतृत्व गर्ने वर्गले जहिल्यै मजाकमात्र गरेको देखिन्छ । तत्कालिन अवस्थामा राजदरबारबाट गरिएको मजाकलाई जनताले रैती वा प्रजा बनेर टुलुटुलु हेरिरहे । महाराजाहरुका यौन, प्रेम, हत्या, बलात्कारका घटनाहरु यसैका उदाहरणहरु हुन् । रैतिबाट प्रजा हुँदै जनता बने पनि ठट्टाको भूँमरीबाट हामी अझै निस्कन सकेनौं । युवराज सुरेन्द्रको ठट्टालाई हेर्दा त उनी मानसिक रुपमा नै पागल थिए भनेर भनिन्छ । तर स्वस्थ मान्छेहरुले गर्ने गरेका ठट्टाहरु पनि कम चाखलाग्दा छैनन् । युवराज पारस त गायक मारेर ठट्टा गर्थे । उनका पिता ज्ञानेन्द्र शाहले पनि राजनीतिक ठट्टा गरेकै हुन्, प्रजातन्त्र बचाउँन पञ्चहरुको टिम जम्मा पारेर । त्यसपछि नेपालका नेताहरुको ठट्टाको मात्रा ह्वात्तै बढ्यो । जब ठट्टालाई पचाउने सामाजिक इम्यूनो पावर बढ्दै जान्छ अनि झन् झन् ठट्टा अशोभनीय र भद्दा मजाक बन्दै जाँदो रहेछ । अहिले भएको पनि त्यहि हो । खड्गप्रसाद ओली यसको पछिल्लो नमूना पात्र मात्र हुन् । उनीभन्दा पहिले पनि हामीेले धेरै ठट्टा भोगिसकेका छौंं । पचाइसकेका छौं । प्रजातन्त्रको नाममा लुट, कमिशन, छलकपट, तस्करीको संस्थागत विकास भएपछि त्यस्ता ठट्टाहरुको विरुद्धमा जनताले संघर्ष गरेपछि हजारौं शहीद, बेपत्ता, घाइते अपाङ्गहरुको रगतको भेलबाट जब गणतन्त्र स्थापित भयो । त्यो पनि ठट्टामात्र सावित भइदिएपछि ओलीजीको मजाक अनौठो होइन । गणतन्त्रका हिमायतीहरुले नै देशलाई सिंगापुर बनाइदिने जादुगरी गफ दिएर गणतान्त्रिक ठट्टाको सुरुवात गरेपछि अरुले ठट्टा किन नगर्नु ?
ठिक यतिबेला नै अमानवीय रुपमा नाकाबन्दी गरेर छिमेकी झन् ठूलो ठट्टा गर्छ । यसबाट देशलाई निकास दिन पहल गर्नुको साटो साइकल कुदाएर फोटोसेसनको ठट्टा गर्छन् नेताहरु ।
जनमतलाई लत्याउँदै एउटा प्रधानसेनापतिले प्रधानमन्त्रीको जागिर खाइदिन्छ र किताबै लेखेर गणतन्त्र मैले ल्याएको भनेर ठट्टा गर्छ । चुनावमा भएको सर्मानक हारको पीडा नसेलाउँदै त्यहि ब्यक्ति फेरि सभासदमा मनोनित हुन्छ र प्रधानमन्त्री पदमा विराजमान हुन्छ, जनताको संविधान बनाउने संविधानसभालाई गफाडीको अखडामा परिणत गरिन्छ र विघटन गरिन्छ । राजनीतिको घेराभन्दा बाहिरको एउटा कानूनको ब्याख्याता प्रधानमन्त्री हुन्छ र उसले राजनीतिको सिष्टम बसालिदिन चुनावको नाटक गर्छ । अनि जनआन्दोलनका दोषी करार गरिएका ब्यक्तिहरुलाई रातारात संवैधानिक निकायमा नियुक्त गरिन्छ र गणतन्त्रको नौलो विहानलाई विकृत बनाइन्छ । यो भन्दा क्रुर ठट्टा अरु के हुन सक्छ ? देश रातारात कालोबजारी, दलाल र तस्करहरुको हातमा जान्छ र कर्मठ युवालाई खाडीमा पसिना बेच्न पठाइन्छ भने यो गणतन्त्र आफैमा एउटा ठट्टा सिवाय अरु के हुन सक्छ ? सबैतिरबाट देशलाई दोहन गरिसकेपछि ठट्टै ठट्टामा संविधान निर्माण गरिन्छ र देशलाई मनोवैज्ञानिक रुपमा ठूलो खाडल निर्माण गर्ने गरी पहाड र मधेसको ब्याख्या गरेपछि ठट्टाको नयाँ नयाँ श्रृंखला सुरु भएकै हो । अझ अचम्मलाग्दो कुरा त के भने देश भूकम्पको बिनासपछि एउटा अति संवेदनशील अवस्थामा छ । तराई आन्दोलनको चपेटामा अर्थतन्त्र चौपट छ । जनताको दैनिकी कहालीलाग्दो गरी कष्टकर बनेको छ । ठिक यतिबेला नै अमानवीय रुपमा नाकाबन्दी गरेर छिमेकी झन् ठूलो ठट्टा गर्छ । यसबाट देशलाई निकास दिन पहल गर्नुको साटो साइकल कुदाएर फोटोसेसनको ठट्टा गर्छन् नेताहरु । भूकम्पपीडितको ब्यवस्थापनको कामलाई विधेयकको घोडा दौडाएर किचमिच बनाउँदै छ सरकार ! अनि ठीक यतिबेला दश वर्षको जनयुद्धको नेतृत्वकर्ता, विचारक विद्यावारिधिहरु नयाँ शक्तिको जामा पहिरिएर संमृद्धिको संगीत बजाएर चोक चौराहमा माक्र्सवादलाई मिलाएर उत्तरआधुनिक नाँच देखाउँदैछन्, यो ठट्टा कुन कोटीको होला ?
प्रधानमन्त्री ज्यू, आखिर मरिजाने जिन्दगीमा रमाइलो गर्न नपाउनु के छ र ? गर्नुस्, अझै कति छन् तपाईँसँग दुनियाँ हसाउने योजनाहरुका गफ । किनभने साग उमार्न नसक्नेले सुन फलाउँछु भन्न नपाउने भन्ने तपाईँकै संविधानमा कहाँ छ र ?
सवल सक्षम चुस्त नेतृत्वको आवश्यकता भएको बेला (हुनत नेतृत्व सधैं सवल, सक्षम चुस्त नै चाहिन्छ ।) कसैलाई मात्र पु¥याएर तृप्त गर्न प्रधानमन्त्री बनाइन्छ, अनि धर्म निरपेक्ष देशकी राष्ट्रपति पशुपतिको मन्दिरमा पूजा र दानमा तल्लिन भएको दृष्य देखिनु आफैमा कत्ति ठूलो ठट्टा होइन । हिमपातमा पुरिएर भूकम्पपीडितहरु मरिरहेको बेला १०÷१५ हजार जनालाई स्थानान्तरण गरेर ब्यवस्थापन गर्न नसक्ने राय मन्त्रालयको विभाजनको खेती गरी बस्छ । यो कस्तो खाले गणतन्त्र हो, उल्टै तस्करले राज्यलाई सहयोग गरे भनेर कार्यकारिणी प्रमुख भाषण गरी हिँड्छन्, यो कस्तो ठट्टाको शुरुवात हो ? प्रधानमन्त्री ज्यू तपाईँका ठट्टाहरुबाट वाक्कदिक्क भइसके पनि भन्नै पर्छ ती हिउँमा पुरिएका कलिला नानीहरु बचाइदिनुस् । हामीसँग त दिल छ, उता मान्छे मरिरहेछन् । यता तपाईँको ठट्टामा कसरी रमाइलो मानेर हाँसौं । तस्कर र दलालहरुले समानान्तर अर्थतन्त्र निर्माण गरेका छन् । हाम्रा लाखौं कर्मठ पाखुराहरु खाडीमा छन् । हजारौं क्रियटिभ मस्तिष्कहरु पलायन हुँदैछन् । त्यसैले केही नसके कलिला नानीहरु बचाइदिनुस् राज्यको स्रोतको मालिक तपाईँ जो हुनुहुन्छ, कम्तीमा यो आन्दोलनको नाकाबन्दीको हल गर्नुस् । हामीले थाहा पायौ, तपाईँलाई मजाक गर्न औधि मनपर्दो रहेछ । कृपया अहिलेको बेला मजाक गर्ने होइन, २/४ दिन काम गर्नुस्, त्यसपछि जति ठट्टा गर्नुछ गर्नुस, आखिर तपाईँको सोख जो छ । हो, प्रधानमन्त्री ज्यू, आखिर मरिजाने जिन्दगीमा रमाइलो गर्न नपाउनु के छ र ? गर्नुस्, अझै कति छन् तपाईँसँग दुनियाँ हसाउने योजनाहरुका गफ । किनभने साग उमार्न नसक्नेले सुन फलाउँछु भन्न नपाउने भन्ने तपाईँकै संविधानमा कहाँ छ र ? पाइन्छ भन्नुस्, अझै एकबारको जुनीमा लोक हँसाएरै मर्नु राम्रो । हावाबाट होइन बोलीबाटै विजुली निकाल्छु भन्नुस् । घरघरमा ग्यास पाइप होइन, खाना नै डेलिभरी गरिदिन्छु भन्नुस् । बालुवाटारमा मेस चलाउँछु भन्नुस् । मरेको मान्छे बचाउने जडिबुटी खेती गर्छु भन्नुस् । मान्छे अघाउने जोक बनाउँछु भन्नुस् । सबै नेपालीलाई जन्मिँदै डा. उपाधि लिएर जन्मिने गर्भवती शिक्षा दिन्छु भन्नुस् । नेपाल पृथ्वीमा भएर दुःख भो अन्तरीक्षतिर सार्छु भन्नुस् । अझ उता अर्को ग्रहबाट एलियन ल्याएर काम लगाउँछु, सवै नेपालीलाई फुर्सद दिलाउँछु भन्नुस् । जति सक्नुहुन्छ ठट्टा गर्नुस, लोक हसाउँनुस् । ठट्टाको क्रियाकर्म नै गरिदिनुस् ताकि फेरि कसैले ठट्टा गर्ने सोंच्नसम्म नसकोस् । कृपया तपाईँको ठट्टा अल्टिमेटम ठट्टा बनोस् । त्यसपछि पनि बाँचिएछ भने सेन्स अफ ह्यूमर त हामी खोजौंला, त्यो त छँदैछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies