Ntc summer Offer
Khabar Dabali ३० फाल्गुन २०८१ शुक्रबार | 14th March, 2025 Fri
Investment bank

“सबै ठूला दल नमिली सुखै छैन” : अध्यक्ष प्रचण्ड

काठमाडौ । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको सहज कार्यान्वयन र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सरकारमा सहभागी हुन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई आग्रह गदै सबै ठूला दल नमिली सुखै नभएको बताए ।\"Prachanda_shirsha\" एमाओवादीले आज यहाँ आयोजना गरेको प्रदेश नं ३ का अगुवा कार्यकर्ताको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा परिणत गर्नुपर्नेमा जोड दिए । “मुलुकमा सङ्कट परेका बेला सत्तापक्ष र प्रतिपक्ष हुँदैन भन्ने विषयमा आत्मसात् गरेर काँग्रेस पनि वर्तमान सरकारमा सहभागी हुनुपर्छ, काँग्रेस सरकारमा आउने अवस्था आए आफ्नो पार्टीले लिएका मन्त्रालय छाड्न तयार छ”।  दाहालले भने– “आग्रह पूर्वाग्रह राखेर मुलुक चल्न सक्दैन, सङ्कटको समाधान गर्न सबै ठूला दल नमिली सुखै छैन ।” दाहालले भूकम्प र अघोषित नाकाबन्दीबाट मुलुकलाई परेको सङ्कटबाट पार लगाउन पनि सबै पक्षको मतैक्य हुनुपर्ने बताए । “हामी जस्तोसुकै दुःख पनि सहन तयार छौँ तर राष्ट्रको शिर झुक्न दिन्नौँ”– उनले भने– “राजनीतिक नेतृत्वको सानो गल्तीले पनि मुलुक समस्यामा पर्ने, पार्टी बिग्रने हुँदोरहेछ, त्यो गल्ती सच्चाउँदा मुलुक अगाडि बढ्ने र पार्टी बन्ने रहेछ ।” अध्यक्ष प्रचण्डले पार्टीको पछिल्लो केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको आधार तयार पारेको र सोही आधारमा विचारको विकास गर्न जरुरी रहेको स्पष्ट पारे । प्रचण्डले पार्टीको सङ्गठन निर्माणमा ध्यान केन्द्रित गर्न र जनताका दैनिक जनजीवनसँग जोडिन र सहभागी बन्न कार्यकर्तामा निर्देशन दिए । प्रचण्डले भने “अब सबै माओवादी क्रान्तिकारीलाई एक जुट बनाउनु पर्छ । विचार र राजनीतिमा एक मत भएर नै पार्टी एकता हुन्छ ।” कार्यक्रममा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, स्थायी समिति सदस्य लोकेन्द्र विष्ट मगर, सल्लाहकार समितिका संयोजक नन्दकुमार प्रसाईं, पोलिटब्युरो सदस्य लीलामणि पोखरेल, शशि श्रेष्ठ, झक्कु सुवेदीलगायतले प्रशिक्षण दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy