Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

साना किसान सहकारीको उदाहरणीय कार्य

भद्रपुर,  झापाको पश्चिम र दक्षिण क्षेत्रमा पर्ने महारानी झोडा गाविसअन्तर्गतका साना किसान सहकारी संस्था लिमिटेडको उदाहरणीय कार्यबाट अन्य सहकारी हौसिएका छन् ।

एक हजार ६०० सदस्य आबद्ध रहेको सो संस्थाले महारानी झोडा–३ को जत्रुचौन खण्डमा ४९ परिवारको ८० बिगाहा खेत बहालमा लिई कृषि उत्पादन बढाउनेतर्फ अग्रसरता देखाएको छ ।

तीन वर्गमा विभाजित यो खेत २५ वर्षका लागि सहकारीले भाडामा लिएको हो । क, ख र ग वर्गमा विभाजित गरी ‘क’ वर्गका लागि ३२ मन, ‘ख’ का लागि २८ मन र ‘ग’ वर्गका लागि २४ मन धान वार्षिक रुपमा बहालस्वरुप बुझाउने यो खेतमा अहिले चैते धान लगाउन खेतलाई तयार गरिरहेको पाइएको छ ।

भूमिगत जलसिँचाइ आयोजनाको सहयोगमा १० स्यालो ट्युबवेल पनि जडान भएको सो खेतमा वैज्ञानिक प्रविधि अपनाएको छ । धान काट्ने मेसिन, दाउनी गर्ने थ्रेसर, रोप्ने मेसिन, बीउ लगाउने प्लास्टिकको प्याडसमेत प्रयोग गरी खेती गरिरहेको सहकारीका व्यवस्थापक चिरञ्जीवी भण्डारीले जानकारी दिए ।

यो खेतमा काम गर्ने मानिसका लागि संस्थाले प्रतिघन्टा ५० रुपैयाँ ज्याला निर्धारण गरेको छ । ८० बिगाहा खेतमा धान लगाउन रु १६ लाख लागत लाग्ने भण्डारीले बताए । धान लगाउन बारा जिल्लाका कृषि वैज्ञानिक रामश्रेय साहले निःशुल्क सहयोग गरिरहेको सहकारीका व्यवस्थापक भण्डारी बताउछन ।

लगभग सात हजार मन धान फलाउने उद्देश्य रहेको यो खेतमा चैते धानपछि वर्षे धान लगाउने उनले बताए । सहकारीको पहलमा बीउ प्रशोधन केन्द्र निर्माण भइरहेको छ । रु दुई करोड ४० हजारको लागतमा निर्माण भइरहेको सो प्रशोधन केन्द्रका लागि सरकारले रु एक करोड ६० लाख व्यहोरेको छ । अन्य रकम सहकारीबाट व्यहोरेको बताइएको छ ।

तीन बिगाहा एक कट्ठा क्षेत्रफलमध्ये केन्द्रको भवन, भण्डार, कार्यालय र धान सुकाउने स्थानले १४ कट्ठा जग्गा ओगटेको छ ।

बीउ प्रशोधन केन्द्रको निर्माण भएपछि पूर्वाञ्चल क्षेत्रमा कृषक धेरै लाभान्वित हुने व्यवस्थापक भण्डारीको भनाइ छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: