Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

सलमानसँग क्याट्रिनाको के कुरा भयो अबेर रातसम्म ?

\"Salman-and-Katrina\" एजेन्सी । शनिबार दिनभर भारतीय मिडियालाई बलिउडको एउटा सम्बन्ध ‘हटकेक’ भयो । जब अभिनेता रणवीर कपुर र अभिनेत्री क्याट्रिना कैफको ‘ब्रेकअप’बारे समाचार आयो, तब बलिउडको ध्यान नै यी दुईतिर तानियो । तर, आइतबारसम्म यी दुवैले कुनै स्पष्टोक्ति दिएका छैनन् । बरु, क्याट्रिना शनिबार राति नै अर्का अभिनेता सलमान खानलाई भेट्न पुगिन् । रणवीर कपुर र क्याट्रिना ६ वर्षयता एक–दुईसँग ‘डेट’ गरिरहेका थिए । यी दुईको ‘लभस्टोरी’ फिल्म ‘अजब प्रेमकी गजब कहानी’को सुटिङबाट सुरु भएको थियो । सम्बन्ध सुरु भएपछि यसअघि यी दुईबारे यस्ता हल्ला कमै आएका थिए । तर, यो सम्बन्ध छुटेको समाचार भाइरल हुँदा पनि दुवैले कुनै प्रतिक्रिया दिएका छैनन् । त्यसो त, आफूहरू सम्बन्धमा भएको विषयमा पनि यी दुईले यसअघि औपचारिक रूपमा स्वीकारेका थिएनन् । केही समय अघिदेखि यी दुई ‘लिभ इन रिलेसन’मा थिए । तर, शनिबार यो समाचार आएलगत्तै रणवीर बाबुआमा भएको घरमा पुगेका थिए । शनिबार नै सलमानको आगामी फिल्म ‘सुल्तान’का निर्देशक अली अब्बासले पार्टी दिएका थिए । त्यसमा सुल्तानको टिम बोलाइएको थियो । त्यही पार्टीमा थिए, सलमान खान पनि । सूत्रहरूको हवाला दिँदै भारतीय मिडियाले लेखेका छन्, ‘क्याट्रिनालाई सलमान त्यो पार्टीमा हुने थाहा भएपछि उनी गएकी हुन् । उनलाई पार्टीको औपचारिक निम्तोसमेत थिएन ।’ पार्टीमा पुगेकी क्याट्रिना राति दुई बजेसम्म त्यहाँ नै बसिन्, सलमानसँग गफ गरेर । उता, रणवीरसँग सम्बन्धमा हुँदा क्याट्रिनाले सलमानसँग एउटा दूरी ‘मेन्टेन’ गरेकी थिइन् । सलमानले पनि यसबीचमा क्याट्रिनाबारे खासै केही बोलेनन् । तर, आफूलाई दुःख पर्दा सधैँ सलमानले सहयोग गर्ने विश्वास लिएर क्याट्रिना सलमान कहाँ पुगेको क्याट्रिना निकट स्रोतको दाबी छ । स्रोतः नयाँ पत्रिका
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies