Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

प्रधानमन्त्री ओलीको एक सय दिनको यस्तो उपहार (खुल्लापत्र)

सम्माननीय प्रधानमन्त्री ज्यू , नमस्कार । तपाईँ प्रधानमन्त्री हुनु भएको पनि एक सय दिन पुगेछ । तपाई प्रधानमन्त्री भएका एक सय दिनको उपहार केही दिन नसकेपछि केही शब्दहरु उपहार ट्क्राउँदैछु । पछिल्लो समय देशले पाएको दुःख जनताले भोगिरहेको कष्टकर जीवनप्रति तपाई सायद बेखबर हुनुहुन्न । दुई महिनाकी सुत्केरी चेली कलिलो नानी काखमा च्यापेर हप्तौं ग्यासको लाइनमा बस्दासम्म ग्यास नपाएर रित्तै घर फर्केका समाचार पनि तपाईले पढ्नु भएकै होला । लाइनमा बसेर दाउराको मुढा (जनताको भाषामा ओली ग्यास) समेत नपाई फर्कने जनताको संख्या ज्यादै ठूलो छ । निश्चय नै यो अभावको विकराल र भयावह अवस्था तपाईले मात्र ल्याउनु भएको छैन । तर यो भयावह अवस्थाबाट जनतालाई मुक्त गर्ने ठाउँमा भने निश्चय नै तपाई हुुनुहुन्छ । तर तपाईको यो चार महिने कार्यकालको काम गराई र तपाईको भाषणमा बाँडिएका सपनाहरुबीच जनताले गोरु बेचेको साइनो पनि देखेका छैनन् । सायद त्यही भएर होला मैले जस्तै यो देशका लाखौं  जनताले तपाईले बाँडेका सपनालाई हावादारी गफ र व्यङ्का रुपमा लिएका छन् । तपाई सफल नेता हुनपर्ने हो तर तपाईलाई नियतिले सफल नेता हैन सफल हाँस्यकलाकारका रुपमा प्रस्तुत गरिरहेको छ । थाहा छैन, तपाई आफ्नै विवेकले ती सपनाको हत्या गरिरहनु भएको छ वा तपाईको वरीपरी बगरेहरुको ताँती छ र त्यसले तपाईलाई उस्काईहरको छ । [caption id=\"attachment_32520\" align=\"alignleft\" width=\"150\"]\"डी.पी. डी.पी. ढकाल[/caption] प्रम ओली ज्यू, तपाईलाई राम्रोसँग हेक्का हुनुपर्छ लासहरुले न त सपना देख्छन् त काम नै गर्छन् । ऊर्जामा काम गर्ने एकाधिकार संस्था नेपाल विद्युत प्राधिकरणको अहिले उपलब्ध गराएको विद्युत जम्मा ८१८ मेघावाट छ । जुन अहिलेको माग १७०० मेघावाटको तुलनामा झन्डै ५१ प्रतिशत कम हो । मागको झन्डै आधाभन्दा कम हिस्सा विद्युत आपूर्ति भएको देशमा एक वर्षमा लोडसेडिङमुक्त गर्ने घोषणा आफैमा एउटा मिठो प्रहसन हैन र प्रधानमन्त्री ज्यू ? अझ त्यो प्रहसनको मूख्य पात्र तपाई स्वयम् नै हुनु झन दुर्भाग्यपूर्ण हैन र ? एक मेघावाट विजुली उत्पादन गर्ने सरकारले सबै पूर्वाधार पु¥याइसकेको ठाउँमा समेत न्यूनतम् १८ करोडको लागत लाग्ने विज्ञहरुको प्रक्षेपण छ । यसरी हिसाव गर्दा एक वर्ष भित्र अपूग करिव आठसय मेघावाट विद्युत निकाल्न न्यूनतम १४ खर्व लगानी लाग्ने देखिन्छ । उक्त रकम कहाँबाट आउँछ ? जबकी हालसम्मको आन्तरिक स्रोतको अवस्था हेर्दा ४७५ अर्वको राजस्व लक्ष्यमा ५० अर्व कम राजस्व उठेको छ । राजस्वको यही गति कायम भयो भने हावाबाट बिजुली निकाल्ने हैन आफ्नै कर्मचारीको तलब खुवाउन नसकेर तपाईले चाँही हावाकावा खाने दिन आउन सक्छ । आर्थिक वर्ष आधा सकिँदा तपाईले नेतृत्व गरेको सरकारले बिकासका लागि छुट्टाएको रकम (पुँजीगत खर्च)  रु. दुई अर्व २० करोड ८९ लाख ३८ हजार मात्र खर्च गरेको छ । जुन रकम बिनियोजित रकमको जम्मा ६.८ प्रतिशत मात्र हो । एकातिर विकास गरेको खर्च गर्न नसकेको यो धारासायी अवस्था छ अर्कोतिर तपाई एक वर्षमा नै १४ खर्व लगानीको स्रोत खोजेर ल्याउने मात्र हैन, खर्च गरी विद्युत निकालेर लोडसेडिङ हटाउने सपना बाँडिरहनु भएको छ ? तसर्थ यो तपाईको घोषणा आफैमा एउटा रमाईलो कमेडीबाहेक केही नहुने निश्चित छ ।
एकातिर विकास गरेको खर्च गर्न नसकेको यो धारासायी अवस्था छ अर्कोतिर तपाई एक वर्षमा नै १४ खर्व लगानीको स्रोत खोजेर ल्याउने मात्र हैन, खर्च गरी विद्युत निकालेर लोडसेडिङ हटाउने सपना बाँडिरहनु भएको छ ?
सम्माननीय प्रधानमन्त्री ज्यू, तपाईलाई अवगत नै होला नेपाल राष्ट्र बैंकले केही अगाडि निकालेको अथ्यांकअनुसार एकै दिनको बन्दले मात्र ८० करोड बराबरको क्षति हुन्छ । तपाई प्रधानमन्त्री भएको दिनदेखि कुनै दिन देश सुचारु भएको छैन । बन्द तपाईले नगरेको भएपनि बन्द खुलाउने दायित्व तपाइकै हो । मधेसका आन्दोलनप्रति तपाईको टिप्पणी सुन्दा र तपाईको व्यवहार हेर्दा लाग्छ, तपाईको अनुहारमा सामन्ती पिचासले कालो वायु गढगढाएर चढिरहेको छ । भूकम्पले ६ अर्व बराबरको भौतिक क्षति भयो । मानसिक सामाजिक क्षतिको त कुनै लेखाजोखा नै भएको छैन। ८ लाख मानिसहरु दिनको २ डलर पनि खर्च गर्न नसक्ने अवस्थामा झरेर निरपेक्ष गरीव भइसके । गरीवी दिनप्रतिदिन बढ्दो छ । आर्थिक बृद्धिदर पहिलोपल्ट ऋणात्मक  हुँदैछ । राजस्वले साधारण खर्च धान्छ कि धान्दैन यकिनसँग भन्न सक्ने ठाउँमा तपाईकै अर्थमन्त्री हुनुहुन्न । यस्तो विषम परिस्थितिमा तपाई सपना बाँडिरहनु भएको छ । बेतुकका र तत्कालका लागि असम्भव । यतिखेर जनतालाई तपाईले बादलबाट हिरा बर्साउने, टोलटोलमा एयरपोर्ट बनाउने घर छतमा हेलिप्याड बनाइदिने, आँगनमा स्वर्ग जाने रकेट राखिदिने जस्ता सपना बाँड्न जरुरी छैन । प्रमज्यू, यतिखेर सक्नुहुन्छ भने भात पकाउने बेला करेन्ट पठाईदिनुस् । करेन्ट सक्नुहुन्न भने एक सिलिन्डर ग्यास किन्ने व्यवस्था  मिलाईदिनुस् । त्योपनि सक्नुहुन्न  भने नेपालकै बनमा रहेका दाउरा टोलटोलमा सुपथ मूल्यमा किन्ने व्यवस्था मिलाइदिनुस् । मूल्यबृद्धि १० देखि २१० प्रतिशतसम्म कालोबजारीकै कारण बढेको छ । केही गर्नु पर्दैन, बजार अनुगमन गरिदिनुस् । प्रधानमन्त्री ज्यू, उखान टुक्काको हेक्का तपाईलाई जति सायद अरु कसैलाई छैन होला । तैपनि एउटा उखान स्मरण गराउँ ‘ज्यू रहे पो घ्यू खान्छ ।’ यतिखेर जनताको ज्यू अर्थात जीवन नै नरहने अवस्था छ । जनताको चुल्हो  बल्न छाडेको छ  । तसर्थ प्रधानमन्त्री ज्यू, जनताको चुल्हो बल्ने व्यवस्था मिलाईदिनुस् । जनता नै रहेनन् भने तपाईले बादलबाट बर्षाइदिएका हिरामोती कसले टिप्ला, टोलटोलमा बनाइएका एयरपोर्टमा प्लेन को चढ्ला ? ज्यूँदै स्वर्ग जान आँगनमै तपाईले खडा गरिदिनु भएको रकेट को चढ्दा ? घरघरमा तपाईले जोडिदिएका ग्यासमा खाना कसले पकाउला ? टोलटोलमा तपाईले गुडाएका विद्युत रेलमा एक वर्षपछि को चढ्ला ? एक वर्षमै तपाईले झिलिमिली पारेको नेपालमा को रमाउला ??
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies