Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

संविधान संसोधन गर्न कांग्रेसकाे आलटाल

\"congress काठमाडौं । मधेसकेन्द्रित दलको सहमतिबिनै संविधान संशोधन विधेयक मंगलबार संसद्बाट पारित गर्न सत्तारूढ एमाले र एमाओवादीले राखेको प्रस्ताव प्रमुख विपक्षी कांग्रेसले अस्वीकार गरेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–मधेसकेन्द्रित दलले नयाँनयाँ माग राख्दै सहमति गर्न नचाहेको निष्कर्षमा पुगेको सत्ता पक्षले संविधान संशोधन विधेयक पारित गर्न विपक्षी कांग्रेससँग प्रस्ताव राखेको थियो। तर पार्टी महाधिवेशनका कारण आफ्ना सांसदहरू जिल्ला गएको भन्दै कांग्रेसले केही दिन पर्खिनुपर्ने प्रस्ताव तीन दल बैठकमा गरेपछि संशोधन विधेयक पारित गर्ने बुँदा कार्यसूचीबाट हटाइएको थियो। संसद् भवन बानेश्वरमा बसेको तीन दलका शीर्ष नेतासहितको बैठकको आग्रहमा सभामुख ओनसरी घर्तीमगरले संविधान संशोधन विधेयक कार्यसूचीबाट हटाएकी थिइन् । संविधान संशोधन विधेयक कार्यसूचीबाट हट्ने जानकारी पाएपछि मधेसकेन्द्रित दलले संसद् बैठक बहिष्कार गरेका थिए। \'कांग्रेसका सांसदहरू जिल्लाबाट फर्किऊन् भनेर दुई दिन अरू पर्खिने कुरा भयो\', एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने, \'त्यसबीचमा मधेसकेन्द्रित दलसँग पनि छलफल गरिन्छ।\' मधेसकेन्द्रित दलसँग सहमति नभए माघ ७ बाट संशोधन प्रस्तावमाथि संसद्मा दफाबार छलफल गर्ने र ९ गते पारित गरिने ढकालले बताए। यता मधेसकेन्द्रित दलहरूले पनि वार्ताबाट निकास खोज्न आफूहरू तयार रहेको भन्दै तर सरकार सहमतिमा आउन नचाहेको आरोप लगाएको छ। \'हामी अझै पनि शीर्ष नेताहरूबाटै समाधान होस् भन्ने चाहन्छौु\', संसद् बहिष्कार गर्नुअघि सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मंगलबार संसद्मा भने, ‘तर सरकार र संसद् हाम्रा मागप्रति जिम्मेवार देखिएनन्।\' आफ्नै नेतृत्वको सरकारले पेस गरेको संविधान संशोधन विधेयक पारित गर्न कांग्रेसले भने आलटाल गर्न थालेको सत्तापक्षको आरोप छ। कांग्रेसका सांसदले संशोधन विधेयकमाथि सामूहिक र व्यक्तिगत संशोधन हालेकाले सीधै संसद्बाट विधेयक पारित नगरी सम्बन्धित समितिमा पठाएर आलटाल गर्न खोजेको सत्तापक्षको आरोप छ। ‘कांग्रेसका सांसदहरूले राखेका संशोधनहरू पार्टीका आधिकारिक हुन् भने भन्नुपर्‍यो, हैन भने तीन दलको सहमतिअनुसार अघि बढ्न कांग्रेस तयार हुनुपर्‍योु, एमाले प्रमुख सचेतक ढकालले भने। प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसहित राप्रपा, राप्रपा नेपाललगायत दलका नेताहरूबीच संसद् भवनमा बसेको बैठकमा कांग्रेसले संशोधन विधेयकलाई सीधै संसद्बाट पारित नगरी समिति बनाएर अघि बढाउनुपर्ने प्रस्ताव गरेको थियो। कांग्रेसका महेश आचार्यले समिति बनाएर संशोधन विधेयकमाथि परेका संशोधनको निक्र्योल गरी अघि बढ्नुपर्ने प्रस्तावको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले ठाडै अस्वीकार गरेको स्रोतले बतायो। \'हिजो हामी सरकारमा हुँदा पनि हामीसँग छलफल नै नगरी हतारहतार यो संशोधन विधेयक संसद्मा ल्याइयो। यो विधेयक पारित भयो भने सारा समस्या हल हुन्छ भनेर उफ्रिने काम भयो\', बैठकमा प्रधानमन्त्री ओलीले व्यक्त गरेको धारणा उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब यतिबेला आएर बाहिरी आवरण एउटा, भित्रभित्र अर्को काम नगरौं । तीन दलको सहमतिअनुसार अघि बढौं।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending