Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

बीपीकै पालामा कांग्रेसमा गुटबन्दी

\"BPकाठमाडौं । नेपाली कांग्रेसमा ०४८ सालपछिको विभाजनले गर्दा अहिलेसम्म गुटबन्दी मौलाएको भन्ने गरिए पनि विश्वेश्वरप्रसाद कोइरालाकै पालामा पनि गुटबन्दी रहेको थियो । गुटबन्दीकै कारण भारतको डिजाइनमा मात्रिकाप्रसाद कोइराला नेपालको प्रधानमन्त्री बनेको नेपाली कांग्रेसका संस्थापक मध्येका एक कांग्रेस पूर्वमहामन्त्री विश्वबन्धु थापाले नयाँ पत्रिकासँगको कुराकानीमा बताएका छन् । राणा शासन अन्त्यका लागि आन्दोलन सुरु गर्ने बीपी नै हो प्रजातन्त्रविरोधी आन्दोलनको सुरुवातमा दाजु भए पनि बीपीसँग मात्रिकाबाबु नभएको थापा बताउँछन् । कांग्रेस स्थापनादेखिकै गुटबन्दी थापाले यसरी सम्झिए ः ००७ सालको वैरगनिया सम्मेलनबाट कांग्रेसले सशस्त्र आन्दोलन गर्ने निर्णय गरेको थियो, जसको कमाण्डर अर्थात क्रान्तिको नायक मात्रिकालाई तोकिएको थियो । त्यहीँबाटै मात्रिकाबाट दुई पार्टी मिलेर बनेको कांग्रेसको सभापति भएका थिए । सम्मेलनले पूर्वको इन्चार्ज बीपीलार्य र पश्चिमको इन्चार्ज सुवर्णसमशेरलाई बनाएको थियो । ००७ सालकै पुसमा क्रान्ति सफल भएपछि दिल्ली सम्झौता भयो । कांग्रेसका नेताहरु दिल्लीमा नै रहेका सम्झौताका लागि सरकारको तर्फबाट मोहनशमशेर लगायतका दिल्ली गएका थिए । दिल्ली सम्झौतामा मोहन शमशेरको नेतृत्वमा सरकार बनाउने तथा बीपीलाई गृहमन्त्री हँुदै नेतृत्व लिएर पाँच मन्त्रीसहित सरकारमा सहभागी हुने उल्लेख भयो । मोहन समशेरले पनि आफूबाहेक पाँच मन्त्री बनाउने सहमति भयो । सोही सहमतिअनुरुप सरकार पनि बन्यो । सरकारले काम गरिरहेको बेला केही समयपछि गृहमन्त्री बीपीमाथि आक्रमण गरी हत्या गर्ने प्रयास भयो । त्यसपछि बीपीले मोहनशमशेरसँग बस्न नसक्ने निश्कर्ष निकालदै सरकार फेर्ने प्रस्ताव राखे । बीपीको प्रस्ताव पार्टी सभापति मात्रिकाले स्वीकार गरे । राजा त्रिभुवन त्यो कुरा थाहा पाएर मोहन शमशेरलाई हटाएर सरकारको नेतृत्व कांग्रेस दिन सहमत देखिए । तर कांग्रेसबाट प्रधानमन्त्री बन्नेको नाम सिफारिस गर्ने अधिकार सभापति मात्रिकालाई नै थियो । त्यसबेला नेपालका लागि भारतीय राजदूत सीपीएन सिन्हाले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको चाहना भन्दै बीपीभन्दा मात्रिका प्रधानमन्त्री ठीक हुने सन्देश दिए । त्यसपछि राजाले मात्रिकालाई बोलाएर मात्रिकालाई प्रधानमन्त्री बनाउने नेहरुको चाहना सुनाए । राजदूत सिन्हाले पनि मात्रिकालाई भेटेर आफै प्रधानमन्त्री बन्न सुझाए । कांग्रेसमा पनि मात्रिका प्रधानमन्त्री भए आफूहरुलाई फाइदा हुने भन्दै लबिङ गर्नेहरु सलबलाइरहेका थिए । सभापतिको नाताले राजालाई भेटेका मात्रिकाले आफ्नै प्रधानमन्त्रीमा सिफारिस गरेछन् । मोहन समशेरको नेतृत्वको सरकारबाट दाइ मात्रिकालाई पत्याएर राजिनामा गरेका बीपीलाई धोका दिने काम मात्रिकाले गरे । आफू प्रधानमन्त्री हुन पाउने भन्दै राजिनामा दिएका बीपीलाई लत्याएर भारतकै चाहनाअनुसार मात्रिका प्रधानमन्त्री बनेपछि बीपी आश्चार्यचकित भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending