Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

केपी ओली र राजेन्द्र महतो दुष्मनी यस्तो छ

\"KP_Oli_Rajendra_Mahato\"काठमाडौं । २३ पुस ०७१ : ओलीले भने, ‘समथर जमिनजति मेरो भन्छन् मान्छेहरू । समथर त उता पनि छ । अब बिहार, युपीलाई पनि मधेस प्रदेशमा ल्याउने ?’ सोही दिन महतोले ओलीले आफूहरूलाई अपमान गरेको भन्दै भने, ‘हामीले भारतको भू–भागलाई पुनर्संरचना गर्न लागेको त होइन रु यस्तो आपत्तिजनक कुरा किन उठाउनुभयो ? यो हामीलाई ह्युमिलेसन गर्ने काम भयो ।’ ६ असोज ०७२ : अंगीकृत नागरिकताको विषयमा ओलीले भने, ‘नेपालमा आएर बस्न पाएकै छ, अंगीकृत नागरिकता पनि दिएकै छ, घरजग्गा किन पैसा कमाऊ भनेकै छ । सांसद, मन्त्री पनि बन्न दिएकै छ । अब त्यसले नागरिकता लिएको भोलिपल्टै नेपालको राष्ट्रपति नै बन्न पाउनुपर्ने, प्रधानमन्त्री र मुख्यमन्त्री नै बन्न पाउनुपर्ने किन ?’ ६ पुस ०७२ स् एमालेको सुनसरी परिषद् उद्घाटनपछि ६ पुसमा ओलीले भने, ‘जोसुकै कराउँदै गरुन्, प्रदेश नम्बर १ बाट कुनै पनि ठाउँ तल–माथि हुने छैन । जनकपुरदेखि परतिरका मान्छेले सुनसरी, मोरङ र झापा मेरो भन्दै छन्, के भन्न खोजेका हुन् रु म बुझ्दिनँ ।’ दिल्लीमा महतोलाई ओलीको फोन २५ पुस ०७१ स् एक वर्षअघि चार दलको बैठकमा आफूमाथि आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै ओलीले माफी माग्नुपर्ने महतोको भनाइ थियो । ‘मलाई अपमान गरेको भए केही फरक पर्ने थिएन, उहाँले बिहार र युपीसाग मधेसमा राख्ने भनेर मधेसी जनताको अपमान गर्नुभयो, त्यसैले मधेसी जनतासँग ओलीले माफी नमागेसम्म एमालेसँग पनि सम्बन्ध सुध्रिँदैन,’ महतोले भनेका थिए । त्यसपछि ओली र महतो एउटै बैठकमा भेट भएनन् । महतो मधेस झरे, ओली प्रधानमन्त्री भए । विराटनगर–जोगबनीमा प्रहरीले कुटपिट गर्दा घाइते भएका राजेन्द्र महतो उच्च रक्तचापको समेत उपचार गर्न दिल्ली गएको वेला प्रधानमन्त्री ओलीले मधेसका मागप्रति आफूहरू अनुदार नरहेको भन्दै फोन गरेका थिए । महतोले ११ बँुदे माग सम्बोधन गरे मधेसी र ओलीको सम्बन्ध सुध्रिने जवाफ दिएका थिए । माग पूरा नभएसम्म काठमाडौंसमेत नआउने घोषणा गरेका महतो ओलीसाग सहमति भएपछि बालुवाटारसमेत पुगे । र, वार्तामा सहभागी भए । एक वर्ष १० दिनपछि ३ माघमा बालुवाटार पुगेका महतोलाई ओलीले सुरुमै ‘आपका सेहत अब कैसा हे ?’ भनेर सोधेका थिए । ओली र महतोको पछिल्लो सम्बन्ध ओलीसँग एक वर्षपछि बालुवाटारमा भएको भेटबारे विभिन्न सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै महतोले भने, ‘उहाँले धेरैबेर मेरै स्वास्थ्यबारे जानकारी लिनुभयो । त्यसपछि हामीबीच राजनीतिक विषयमा कुराकानी भयो । हिन्दी, मैथिली र नेपाली भाषामा कुरा भयो । हामीबीच धेरैपछि भेट भएको, खुलेरै कुरा भयो ।’ महतोले भने, ‘उहाँले धेरै समय डिक्सनरी नै देखाएर मैले बोलेको अर्थ यो हो भनेर खर्चिनुभयो । प्रस्टीकरण दिन खोज्नुभयो ।’ अाजकाे नयाँ पत्रिकाबाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending