Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

प्रचण्ड र वैद्यले यसरी एउटै मञ्चबाट गरे पार्टी एकताको उद्घोष

\"Prachanda-and-Kiran\"काठमाडौं । चार वर्षअघि छुट्टिएका प्रमुख दुई माओवादी पार्टीका शीर्ष नेताहरूले पुनः पार्टी एकतामा जोड दिएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–माओवादी पार्टीमा आएको फुट र विभाजनले कम्युनिस्ट आन्दोलनलाई नै कमजोर बनाएको भन्दै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा क्रन्तिकारी माओवादी अध्यक्ष मोहन वैद्य (किरण) दुवैले पार्टी एकतामा जोड दिएका हुन् । बिहीबार एउटै मञ्चमा देखिएका प्रचण्ड–वैद्य दुवैले भोलिको नेपाललाई माओवादी आन्दोलनले नेतृत्व गर्नका लागि पनि पार्टी एकता अनिवार्य सर्त बन्न आइपुगेको बताएका हुन् । ‘माओवादी आन्दोलनलाई एकताको माध्यमवाट उठाउनुपर्छ,’ प्रचण्डले भने, ‘त्यसका लागि सामूहिक पहल गरौँ ।’ उनले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि पनि माओवादी आन्दोलनलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए । ‘नयाँ धरातलमा टेकेर कम्युनिस्टहरूलाई एकताबद्ध गर्नुपर्ने आवश्यकता छ, हामी एउटै धाराबाट विकसित भएका एउटै स्कुलिङ भएकाहरूले नै दायाँ र बायाँतिर हेर्ने कमजोरी गर्‍यौँ, अब त्यस्तो गल्ती नगरौँ,’ प्रचण्डले भने । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) अध्यक्ष मोहन वैद्यले नयाँ आधारमा धुव्रीकरणको आवश्यकता रहेको वताए । ‘विचार र निष्ठाका आधारमा एकता गरौँ, प्रचण्डजीले राखेको एकताको प्रस्तावमा हामी सकारात्मक छौँ, छलफल गरौँ,’ वैद्यले भने । उनले जनयुद्धका सहिद र बेपत्ता परिवारको सपना पूरा गर्नका लागि पनि माओवादीहरूको ध्रुवीकरण आवश्यक रहेकोमा जोड दिए । एकताका लागि दुवैको साझा धारणा एमाओवादी र नेकपा क्रान्तिकारी माओवादी दुवै पार्टीका अध्यक्ष बिहीबार एउटै मञ्चमा देखिए । दुवै नेतालाई एउटै मञ्चमा देखिने अवसर जुराइदिएका थिए, वामपन्थी नेता कृष्णदास श्रेष्ठले । श्रेष्ठका दुईवटा कृतिको प्रचण्ड र वैद्यले संयुक्त रूपमा विमोचन गर्दै साझा धारणा राखे, ‘माओवादी आन्दोलनलाई एकताको माध्यमवाट उठाउनुपर्छ, त्यसका लागि सामूहिक पहल गरौँ ।’ एक–अर्काको प्रशंसा प्रचण्डले माओवादी आन्दोलनको एउटा ‘गुरु’का रूपमा वैद्यलाई हौस्याएपछि वैद्यले पनि प्रचण्डको खुलेरै प्रशंसा गरे । ‘आफूलाई नेपालका माओ र चाओ भन्नेहरूका विरुद्ध प्रचण्डजी र मैले संयुक्त रूपमा संघर्ष गर्‍यौँ । प्रचण्डमा क्षमता र प्रतिभा छ, त्यसलाई अझ प्रयोग गर्ने वातावरण बनाउनुपर्छ ।’ बाबुरामको आलोचना प्रचण्ड–वैद्य दुवैले नयाँ शक्ति निर्माण अभियानमा लागेका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको एक भएर आलोचना गरे । वर्गीय पक्षधरता र माक्र्सवादी सिद्धान्त छोडेर भट्टराईले वर्गसमन्वयकारी नीति अनुसरण गरेको उनीहरूको आरोप छ । नयाँ शक्ति भने पनि भट्टराईसँग कुनै नयाँ विचार र भिजन नभएको दुवै नेताले दाबी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending