Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

नेपाली रुपैयाँ इतिहासमै कमजोर

\"Nepali-Paisa-Curancy\"काठमाडौं । अमेरिकी डलरको तुलनामा बिहीबार नेपाली रुपैयाँ इतिहासमै सबैभन्दा कमजोर बनेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–विगत केही समययता डलरको मूल्य बढेपछि नेपाली मूद्राको मूल्यमा उच्च कमी आएको हो । बिहीबार एक अमेरिकी डलरबराबर १ सय ९ रुपैयाँ २४ पैसा नेपाली रुपैयाँ खर्चिनुपरेको छ । यो हालसम्मकै उच्च हो । पछिल्ला दिनमा भारतीय मुद्राको तुलनामा अमेरिकी डलरको मूल्य बढेकाले यो अवस्था आएको हो । नेपाली मुद्राको विनियमदर भारतीय मुद्रासँग स्थिर (पेग्ड) रहेकाले अमेरिकी डलरसँग भारुको मूल्य घटबढ हुँदा नेपाली मुद्रामा पनि उतारचढाव आउने गरेको छ । अहिले डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएकाले त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पनि परेको हो । ‘डलरको मूल्यसँग नेपाली मुद्राको कुनै सम्बन्ध छैन,’ अर्थशास्त्री पृथ्वीराज लिगलले भने । अहिले पनि भारतीय अर्थतन्त्रमा आएको उतारचढावले डलरको तुलनामा त्यहाँको मुद्राको मूल्यमा कमी आएको र त्यसको असर नेपाली मुद्रामा पनि परेको लिगलको तर्क छ । ‘अहिले हामी केही गर्न सक्ने अवस्थामै छैनौँ,’ उनले भने, ‘भारतीय मुद्रा जता–जता जान्छ, हामी पनि त्यतै पछि लाग्नुपर्छ ।’ भारतीय अर्थतन्त्रमा आएको उतारचढावले त्यहाँको मुद्राको मूल्यमा कमी आएको र त्यसको असर नेपाली मुद्राको मूल्यमा पनि परेको छ । अर्थशास्त्री डा. पोषराज पाण्डेका अनुसार अहिले भारतीय अर्थतन्त्रमा प्रमुख दुईवटा शक्ति अघि आएका छन् । एकातिर विश्व वस्तु बजारमा कच्चा तेलको मूल्यमा आएको कमीका कारण भारतमा पनि डलरको मागमा कमी आएको छ, अर्कातिर प्रत्यक्ष वैदेशिक लगानी ९एफडिआई० बाहिरिने क्रम तीव्र छ । यसले डलरको माग बढाएको छ । तर, एफडिआई बाहिरिने क्रम तीव्र बनेकाले डलरको माग उच्च बनी भारु कमजोर भएको पाण्डेले बताए । उनले भने, ‘भारतीय मुद्राको मूल्य नबढेसम्म नेपाली रुपैयाँ पनि कमजोर नै रहन्छ ।’ अमेरिकी डलर र नेपाली मुद्राको प्रत्यक्ष सम्बन्ध रहेको भए अहिलेको अवस्था नआउने पूर्वडेपुटी गभर्नर महाप्रसाद अधिकारीले बताए । उनले भने, ‘अहिले स्वदेशी अर्थतन्त्रका प्रमुख आर्थिक सूचक सकारात्मक रहेकाले डलरको तुलनामा नेपाली मुद्रा यति धेरै कमजोर हुनुपर्ने अवस्था आउँदैनथ्यो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE