Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

ओली र कोइरालाबीच चकाचर्की

\"SushilKoirala-KPOli_20141109050641\"काठमाडौं । संविधान संशोधन विधेयक परिमार्जनको विषयमा प्रमुख दलबीच मत बाझिएपछि संविधान जारी गर्ने प्रमुख पाँच दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताको बैठक भाँडिएको छ। आजको नागरिक दैनिकमा खबर छ–प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार भएको बैठकमा विधेयकका विषयमा विवाद चर्किंदै गाएपछि प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति सुशील कोइराला र एकीकृत नेकपा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भनाभन भएको थियो। \'बैठकको सुरुआत राम्रोसँग भएको थियो तर उत्तरार्द्धमा वार्ता तनाबपूर्ण भयो, कुनै सहमति नभई स्थगित भयो\'राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले भने। बैठकमा प्रधानमन्त्री ओलीले मधेसी मार्चाले सरकारसँग सम्झौता पनि नगर्ने र आन्दोलन पनि फिर्ता नलिने हो भने संशोधन विधेयकमा परिमार्जन किन गर्ने भनी प्रश्न गरेका थिए। त्यसपछि प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति कोइराला र एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भनाभन भएको बैठकमा सहभागी एक नेताले बताए। \'दस मिनेटजति बाहिरिएर बैठकमा फिरेका प्रधानमन्त्रीले मधेसी मोर्चाको माग पूरा नहुने हो भने सत्तागठबन्धनका दल तथा विपक्षीसमेतको सहमतिमा ल्याएको विधेयक किन पारित गर्ने भन्दै प्रश्न गर्नुभएको थियो\' बैठकमा सहभागी नेताले भने, \'त्यसपछि कांग्रेस सभापति सुशील कोइरालाले ओलीको भनाइप्रति आपत्ति जनाउनुभएको थियो।\' कोइरालाले \'सहमति भइसकेको विषयमा समेत पछि फर्केर प्रधानमन्त्री किन बर्बराउनुहुन्छ\' भन्दै आपत्ति जनाएका थिए। कोइराला प्रधानमन्त्री हुँदा संसदमा दर्ता गराएको दुईबुँदे संविधान संशोधन विधेयक अहिले विचाराधीन छ जसमा समानुपातिक समावेशी प्रतिनिधित्व तथा जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने उल्लेख छ। बैठक सुरुवात गर्दै ओलीले आन्दोलनका कारण देशले ठूलो दुःख पाएको भन्दै त्यसलाई तत्काल समाधान गरेर अघि नबढे अर्थतन्त्र धरापमा पर्ने र जनताले धेरै दुःख पाउने बताएका थिए। उनले वार्ताकै माध्यमबाट सहमति खोज्नुपर्नेमा जोड दिएका थिए। बुधबार मात्रै दलहरूले संविधान संशोधन विधेयकमा आन्दोलनरत मधेसी र आदिवासीरजनजाति मागको भावनाअनुसार परिमार्जन गर्ने सहमति बनेको थियो। संंशोधन विधेयकमाथि कांग्रेससहितका विभिन्न दलका सांसदले दुई दर्जन संशोधन प्रस्ताव राखेका छन्। बैठकमा ओलीले आफ्नै नेतृत्वको सरकारले ल्याएको विधेयकमाथि कांग्रेस सांसदले परिमार्जन विधेयक ल्याएकोमा आपत्ति जनाएका थिए। समानुपातिक समावेशीसम्बन्धी माग मधेसी मोर्चाको मात्रै नभएको प्रधानमन्त्रीले बताएका थिए। \'त्यसमा नारायणकाजीले सत्तामा भए पनि म प्रतिपक्षी हुँ, यो एकीकृत माओवादीको पनि माग हो भनेर ओलीको प्रतिवाद गर्नुभएको थियो\' एक नेताले भने। बैठकमा प्रधानमन्त्री ओलीले संशोधन विधेयक परिमार्जन गर्ने हो भने मधेसी मोर्चासँग सम्झौता हुनुपर्ने वा आन्दोलन फिर्ता लिनुपर्ने बताएका थिए। \'संशोधन विधेयकमाथि परिमार्जन गर्ने हो भने मधेसी मोर्चाले आन्दोलन फिर्ता लिनुपर्ने वा सम्झौता हुनुपर्ने बताउनुभयो\' तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले भने, \'दुईवटा संशोधनले मात्रै हाम्रो माग पूरा हुँदैन। प्याकेजमै सहमति हुनेगरी संशोधन हुनुपर्छ।\' मधेसी मोर्चाका नेताले भने आफूलाई बैठकमा बोलाएर तीन दलका नेता बाझ्न थालेको भन्दै आपत्ति जनाएका थिए। नेपाली कांग्रेसका सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू महेश आचार्य, मीनेन्द्र रिजाल, नेकपा एमालेका उपाध्यक्ष भीम रावल र प्रमुख सचेतक भानुभक्त ढकाल, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, मधेसी मोर्चाका उपेन्द्र यादव, हृदेयश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला, रामनरेशन रायलगायत नेताको उपस्थिति थियो। त्यसैगरी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी बैठकमा थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending