Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

अन्ततः यसरी बन्यो नेपाल च्याम्पियन

\"nepal-5-660x330\"काठमाडौं । नेपालले २३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार ढाकामा भएको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा नेपालले बहराइनको यू–२३ टोलीलाई ३–० ले हराउँदै उपाधि हात पारेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–सन् १९९३ मा नेपालले ढाकामै छैटौँ दक्षिण एसियाली साफ खेलकुदअन्तर्गत फुटबलमा स्वर्णपदक जितेको थियो । नेपालका लागि विमल घर्तीमगर, नवयुग श्रेष्ठ र विशाल राईले एक–एक गोल गरेका थिए । खेलको चौथो मिनेटमै यू–१९ टोलीका कप्तान विमलले नेपाललाई १–० को अग्रता दिलाए । खेलको ८७औँ मिनेटमा विशालले २–० का लागि गोल गरे । अन्तिम इन्जुरी समयमा नवयुगले एक गोल गरी नेपालको ३–० को जित पक्का पारे । तेस्रोपटक नेपाल च्याम्पियन नेपालले आफ्नो फुटबल इतिहासमा उपाधि भित्र्याएको यो तेस्रोपटक हो । सन् १९८७ मा नेपालले पहिलोपटक दक्षिण एसियाली गेमअन्तर्गत फुटबलमा स्वर्णपदक जितेको थियो । त्यसवेला रूपकराज शर्माको कप्तानीमा नेपालले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको थियो । सन् १९९३ मा आयोजित छैटौँ साफमा नेपालले दोस्रो उपाधि हात पारेको थियो । कप्तान राजुकाजी शाक्यको कप्तानीमा रहेको नेपाली टोलीले भारतलाई फाइनलमा ४–३ ले स्तब्ध पारेको थियो । सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौँ साफको फुटबल इभेन्टमा नेपाल फाइनलमा बंगलादेशसँग १–० ले पराजित भएको थियो । यसपटक कप्तान विराज महर्जनले नेपाललाई तेस्रो महत्त्वपूर्ण अन्तर्राष्ट्रिय उपाधि दिलाए । संयोगले नेपाली प्रशिक्षक बालगोपाल महर्जन र गोलरक्षक प्रशिक्षक उपेन्द्रमान सिंहले २३ वर्षपछि नै बंगलादेशको भूमिमा उपाधिको खडेरी समाप्त पारेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending