Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

२३ वर्षे दुःखद् इतिहासलाई यसरी मेट्यो नेपालले

\"nepal-5-660x330\"काठमाडौं । नेपालले २३ वर्षमा सातपटक विश्वकप छनोटमा सहभागिता जनायो । र, एकपटक मात्रै सन् २०१० मा दोस्रो चरणसम्म पुग्यो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–उत्तरी मारियानालाई दुवै लेगमा हराउँदै दोस्रो चरण पक्का गरेको नेपाल जोर्डनसँग भने १०–१ ले पराजित भयो । त्यसयता पहिलो चरणबाटै बाहिरिँदै आएको छ । एएफसी च्यालेन्ज कपमा एकपटक सेमिफाइनलमा एसियन फुटबल महासंघ ९एएफसी०ले फुटबलमा तेस्रो राष्ट्रको स्तर उकास्न सन् २००६ एएफसी च्यालेन्ज कपको अवधारणा ल्याएको थियो । बंगलादेशमा आयोजित पहिलो संस्करणमा नेपाल सेमिफाइनलमा पुग्यो । श्रीलंकासँग टाइब्रेकरमा ५–३ ले पराजित भएयता लगातार चारपटक पहिलो चरणमै सीमित भयो । साफमा नौपटक खेल्दा एकपटक पनि फाइनलमा पुगेन नेपाल दक्षिण एसियाली फुटबल च्यम्पियनसिप (साफ)मा नौपटक सहभागी भयो । तर, एकपटक पनि फाइनलमा पुग्न सकेन । सन् १९९३, २०१० र ०१२ मा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । साग गेममा एकपटक उपाधि, एकपटक फाइनलमा सन् १९९३ को छैटौँ सागमा नेपालले एक मात्र स्वर्ण फुटबलबाटै भित्र्याएको थियो । त्यसयता २३ वर्षमा नेपालले एकपटक मात्र फाइनल खेलेको थियो । सन् १९९९ मा काठमाडौंमा भएको नवौँ साग (तत्कालीन साफ)मा नेपाल फाइनलमा बंगलादेशसँग १–० ले पराजित भयो । अरू सागमा नेपाल पहिलो चरणबाटै बाहिरिएको छ । वरीयतामा दुईपटक सार्क क्षेत्रमा नम्बर १ फिफा वरीयतामा अहिले नेपाल १९६औँ स्थान छ । यो नेपाली फुटबलकै अहिलेसम्मकै नराम्रो वरीयता हो । २३ वर्षको अवधिमा नेपाल दुईपटक मात्र दक्षिण एसियाकै नम्बर १ टोली बन्यो । सन् १९९३ मा नेपालले वरीयतामा छलाङ मारेको थियो । त्यसवेला नेपाल १२४औँ स्थानमा रहँदा सार्क क्षेत्रकै नम्बर एक टोली बन्यो । सन् २०१२ मा प्रशिक्षक ग्राहम रोबर्टस्ले नेपाललाई १३२औँ स्थानसम्म पुर्‍याएका थिए । नेपाललाई ४ अंक, श्रीलंका र बंगलादेशसँग मात्र गणना प्रतियोगितामा अपराजित नेपालले श्रीलंका र बंगलादेशविरुद्धको खेलबाट मात्र अन्तर्राष्ट्रिय स्तरको अंक पाउनेछ । नेपालले श्रीलंकालाई १–० ले हराएको थियो भने बंगलादेशलाई बराबरीमा रोकेको थियो । नेपालसाग खेलेका ती दुई देशले मात्र राष्ट्रिय स्तरका टोली पठाएका थिए । सेमिफाइनलमा माल्दिभ्सको यू–२३ माथि ४–१ र फाइनलमा बहराइन यू–२३ विरुद्ध ३–० को नतिजाका बाबजुद नेपालले वरीयताका लागि अंक पाउनेछैन । फिफाले राष्ट्रिय टोलीविरुद्ध खेलेको खेललाई मात्र मान्यता प्रदान गर्छ । फिफाका अनुसार ९० मिनेटमा जित निकाल्दा ३ अंक र बराबरीमा एक अंक प्राप्त हुन्छ । नेपालले बंगबन्धु गोल्डकपबाट चार अंक मात्र प्राप्त गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE