Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

अचम्म लाग्ने चोरीका नयाँ तरिका यस्ता छन्

\"chori-660x330\"काठमाडौं । प्रहरीले सुरक्षा व्यवस्था जति नै सुदृढ बनाए पनि उपत्यकामा चोरीका घटना नियन्त्रण हुन सकेको छैन । अनेक दाउ र जुक्ति लगाएर सुरक्षाकर्मीलाई छक्याउँदै चोरले चोरी गरिरहेकै छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–चोर्न मात्र होइन चोरिएका सामान थन्क्याउन पनि अनेक जुक्ति लगाउने गरिएको खुलेको छ । कसैले पत्याउनै नसक्ने गरी राजधानीको एक सुकुम्बासी बस्तीनजिकै रहेको टहरामा लाखौँ रुपैयाँ नगदसहित लाखौँ पर्ने बहुमूल्य धनमाल लुकाएको अवस्थामा प्रहरीले फेला पारेको छ । महानगरीय अपराध महाशाखाको एक टोलीले सीनामंगलको एक सुकुम्बासीटोलस्थित पचासबस्तीमा रहेको टहरामा छापा मार्दा प्रहरीले नगद, सुनका गहनालगायत ठूलो परिमाणमा बहुमूल्य धनमाल बरामद गरेको हो । चोरीका सामान टहरामा स्टोर काठमाडौंका विभिन्न स्थानमा चोरी गर्ने समूहले चोरीका सामान भने टहरामा लगेर लुकाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । सिनामंगलको सुकुम्बासीटोलस्थित नुरपाती एरलैयाको टहराबाट धनमाल बरामद भएपछि त्यस्तो खुलेको हो । कसैले अन्दाजै गर्न नसक्ने गरी चलाखी गरेर चोरीका सामान टहरामा राख्ने गरेको पाइएको प्रहरीको भनाइ छ । चोरीमा भारतीय नागरिकको संलग्नता काठमाडौंमा पछिल्ला समय भएका चोरीमा भारतीय नागरिकको संलग्नता रहेको पनि खुलेको छ । केही दिनअघि महाराजगन्जमा पक्राउ परेका दुईजनामाथि अनुसन्धान गर्ने क्रममा भारतीयले नै टहरामा पुर्‍याएर धनमाल राख्ने गरेको खुलेको हो । चोरीको आरोपमा भारतीय नागरिक सुरेश मटन र डी राजुलाई पक्राउ गरी अनुसन्धान गर्दा धनमाल लुकाएको स्थान खुलेको प्रहरीले जनाएको छ । अरू धेरै भारतीयले काठमाडौंमा चोरी गर्ने गरेको र चोरेपछि सामान त्यहाँ लगेर राख्ने गरेको खुलेको छ । पैसादेखि सुनसम्म टहरामै स्टोर चोरीका क्रममा हात लागेका नगददेखि सुनका गरगहना, अन्य बहुमूल्य धातुका सरसामान पनि टहरामै लुकाउने गरेको पाइएको छ । पुराना सिक्कादेखि सुनका गहना र नगदसमेत टहराबाट बरामद भएको अपराध महाशाखाका डिएसपी मुकुन्द मरासनीले जानकारी दिए । टहराबाट भारु नगद २ लाख २९ हजार पाँच सय ५० हजार, नेपाली एक लाख ४० हजार रुपैयाँ बरामद भएको छ । त्यस्तै, ठूलो मात्रामा सुनका गहना, चाँदीका करुवा, चाँदीका पूजाका थाली, चाँदीका विभिन्न मूर्ति भेटिएको छ । धनमालका धनीको अत्तोपत्तो छैन ठूलो परिमाणमा चोरीका धनमाल फेला परे पनि ती धनमाल कसका हुन् भन्ने खुल्न सकेको छैन । धनमाल फेला परेपछि अब प्रहरी त्यसका मालिकको पत्तो लगाउनतिर लागेको छ । ‘बरामद सामानका वास्तविक धनी भेटिएका छैनन्,’ डिएसपी मरासनीले भने, ‘प्रमाणसहित आफ्नो सामान दाबी गर्नेहरूलाई हामी बुझाउँछौँ ।’ ठगीको नयाँ ट्रिक डिआइजी बनेर ३४ लाख ठगी गृह मन्त्रालयको लेटरप्याडमा निकालिएको इन्स्पेक्टरको नतिजासम्बन्धी सूचनामा आफ्नो नाम देखेपछि नियुक्तिपत्र लिन भनेर गोरखाका वीरबहादुर गुरुङ बिहीबार सिंहदरबारस्थित राष्ट्रिय अनुसन्धान विभाग पुगे । उनले इन्स्पेक्टर ९अनुसन्धान अधिकृत० मा आफ्नो नाम निस्किएकाले नियुक्तिपत्र लिन आएको बताएपछि विभागका कर्मचारी आश्चर्यमा परे । किनभने विभागले त्यस्तो कुनै भर्ना खोलेकै थिएन । तर, गुरुङले गृह मन्त्रालयले निकालेको नजिताको सूचनामा आफ्नो नाम समावेश रहेको भन्दै जिद्धी गरिरहे । तर, त्यतिवेला उनी छाँगाबाट खसेजस्तो भए, जब उनले त्यो सूचना नै नक्कली थियो भन्ने थाहा पाए । एकैपटक ११ जना ठगिए गुरुङ मात्र होइन, उनीजस्तै इन्स्पेक्टरमा नाम निस्किएको भनेर दंग पर्दै नियुक्तिपत्र लिन विभाग पुगेका अरू ११ जनाले पनि आफूहरू ठगिएको थाहा पाए । ठगहरूको एक समूहले गुरुङसहित ११ जनालाई नक्कली सूचना निकाली ठगी गरेको थियो । आफूहरूलाई प्रहरीका माथिल्ला अधिकारीका रूपमा प्रस्तुत गरेर उनीहरूले गुरुङसहितका ११ जनालाई ठगी गरेका थिए । साढे ३४ लाख डुब्यो राष्ट्रिय अनुसन्धान विभाग ९गुप्तचर०मा अनुसन्धान अधिकृतको जागिर लगाइदिने भन्दै ठग समूहले गुरुङसहित ११ जनासँग ३४ लाख ४० हजार रुपैयाँ लिएको थियो । गुरुङ स्वयंले सात लाख रुपैयाँ बुझाएका थिए । तर, अपराधी जतिसुकै चलाख भए पनि उम्कन सक्दैन भनेझैँ शुक्रबार ठग समूहका सदस्य प्रहरीको फन्दामा परे । प्रहरी फन्दामा परे ठग प्रहरीले कालिकोट घर भएका सतल महतरा, नेत्रबहादुर शाही र विकास गुरुङलाई पक्राउ गरिसकेको छ । उनीहरूमध्ये शाहीले आफू नेपाल प्रहरीको डिआइजी कमलसिंह बम भएको भन्दै गलत परिचय दिएर झुक्याएका थिए । उनीहरूमध्ये महतरा गिरोहका नाइके हुन् । शाहीले उनलाई ठगीमा सहयोग गरेका थिए । विकास गुरुङले भने बेरोजगार युवाहरूलाई जागिरका लागि भनेर जम्मा गर्दै आएका थिए । ठगिने धेरै गोरखाका युवा छन् । दुईजना डिआइजीको नाममा ठगी ठगीका लागि प्रहरीका दुईजना डिआइजीको नाम बेचिएको थियो । शाहीले आफूलाई डिआइजी बम बताएका थिए भने परीक्षाको नजितासम्बन्धी सूचनामा नेपाल प्रहरीकै अर्का डिआइजी जयबहादुर चन्दको नाम राखेर हस्ताक्षर गरिएको थियो । विश्वासमा लिएर ठग्न नेपाल प्रहरीका दुई डिआइजीको नाम उनीहरूले दुरुपयोग गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । सबै नक्कली, बैंक खाता सक्कली गृह मन्त्रालयको नक्कली लेटरप्याड बनाएर त्यसमा नक्कली सूचना निकाली परीक्षामा पास भएको देखाइएको थियो । त्यसपछि गंगा न्यौपाने नामका व्यक्तिको बैंक खातामा पैसा जम्मा गर्न लगाइएको थियो । इन्स्पेक्टरका लागि सात लाख र असइका लागि पाँच लाख रुपैयाँका दरले उनीहरूले पैसा लिएका थिए । पैसा बुझाएको धेरै दिनसम्म पनि नियुक्तिको खबर नआएपछि विभागमा बुझ्न जाँदा उनीहरूले ठगिएको थाहा पाएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending