Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

सिंहरदबारभित्रै फरार अभियुक्त यस्ती छिन्

\"farar\"सिंहदरबारभित्रै फरार अभियुक्त नाम :गौरीमाया घिमिरे ठेगाना : काठमाडौ, मनमैजु–९ बालाजु फैसला : भ्रष्टाचार मुद्दामा ६ महिना कैद र ३ लाख ९७ हजार जरिवाना अवस्था : फैसला कार्यान्वयन हुन बाँकी काठमाडाैं । भ्रष्टाचार अभियोग पुष्टि गर्दै अदालतबाट कैद सजाय सुनाइएका सरकारी कर्मचारी घिमिरेबारे फैसला कार्यान्वयन निर्देशनालयको फाइलमा रहेको यो विवरणले केन्द्रीय अनुसन्धान व्युरोको फरार खोजी टोलीको ध्यान तान्यो। आजको नागरिक दैनिकमा खबर छ–नेपाल कृषि अनुसन्धान परिषदमा प्राविधिक तहमा कार्यरत ३५ वर्षीया गौरीमायालाई विशेष अदालतले जागिर लगाइदिने प्रलोभन दिएर ठगी गरेको अभियोग पुष्टि गर्दै कैद र जरिवाना फैसला गरेको थियो। आर्थिक बर्ष २०६९र७० मा परिषदमा प्राविधिक सहायक टि(४ पदको आवेदन खुलेको थियो। सोही क्रममा दरखास्त दिन गएका नगेन्द्र घिमिरेसमेतका पाँच जनासँग जागिर लगाइदिने प्रलोभन दिएर ३ लाख ९७ हजार उठाएको आरोप लाग्यो गौरीमायालाई। उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वयान लिई उनीविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। अख्तियारको मुद्दामाथि सुनवाइ गर्दै विशेषले असोज २२ गते उनलाई दोस्रो करार गर्दै ६ महिना कैद र ३ लाख ९७ हजार जरिवाना फैसला गरे पनि उनी जेलचलान नहुँदा फैसला कार्यान्वयन हुन सकेको थिएन । सरकारी कर्मचारीविरुद्ध भएको फैसला नै कार्यान्वयन हुन नसकेको सूची देखेपछि अदालतको फैसला कार्यान्वयनका लागि बनेको ब्युरोको टोली उनको खोजीमा सक्रिय भयो । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार फैसलामा उनको स्थायी ठेगाना रामेछाप रहेकोले उनको खोजी रामेछापबाटै सुरु भयो । रामेछापमा उनी फेला परिन् तर, उनी काठमाडौंतिर रहेको सूचना मिल्यो । गौरीमाया बालाजुमा बस्दै आएको सूचना पाएपछि प्रहरी त्यतै खिचियो तर उपलब्धी पाएन । प्रहरी कहिले रामेछाप त कहिले बालाजु पुगे पनि घिमिरे भने प्रशासनिक केन्द्र सिंहदरवारमा नियमित आवतजावत गरिरहेकी थिइन् । उनी परिषदको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म बस्थिन्, पूर्व कर्मचारीका रुपमा होइन, बहालवाला हैसियतमा । अदालतबाट भ्रष्टाचार प्रमाणित भएको सरकारी कर्मचारी साबिकबमोजिम उही कार्यालयमा उही पदमा चार महिनादेखि कार्यरत रहेको र उनको तलबसमेत निकासा भइरहेको सूचना आउँदा प्रहरी टोलीले सुरुमा पत्याएन । सूचनाको सत्यता जाँच्न ब्युरोको एक टोली आइतबार दिउँसो सिंहदरबार जाँदा भने छक्कै प¥यो । प्रहरीले चार महिनादेखि कहिले रामेछाप त कहिले काठमाडौंमा खोजी गरिरहेकी घिमिरे कार्यालयमै थिइन् । अनुसन्धान अधिकारीका अनुसार अख्तियारले उनलाई कार्यालयमै बोलाएर सो घटनाबारे बयान लिएको खुलेको छ । अदालतले उनको घरमा म्याद तामेलसमेत गरेको थियो । अदालतमा मुद्दा दर्ता भएर भ्रष्ट घोषित हुँदासमेत उनी सरकारी कार्यालयमा साबिक पदमै कार्यरत थिइन् । सिंहदरबार परिसरभित्रै सरकारी कर्मचारीलाई पक्राउ गर्दा लफडा होला भनेर एक टोली उनी कार्यरत कार्यालयमा निगरानीमा बस्यो भने अर्को टोली सिंहदरबारको मूल गेटमा । आइतबार अपराह्न ४ बजे कार्यालयको काम सकेर घर जान उनी सिंहदरबारबाट बाहिरिएलगत्तै ब्युरोको टोलीले नियन्त्रणमा लिएर महाराजगन्जमा रहेको कार्यालय पु¥यायो । सिआइबीको सोधपुछमा घिमिरेले आफूलाई अदालतको फैसलाबारे जानकारी नभएको दाबी गरेको ब्युरोका एक अधिकारीले जानकारी दिए । उनले अख्तियारले बयानका लागि बोलाएपछि आफ्नाबारे बयान दिएको तर पछि केही जानकारी नभएको दाबी गरे पनि प्रहरीले कानुन कार्यान्वनयका लागि उनलाई सोमबार काठमाडौं जिल्ला अदालतमा बुझाएको थियो । ब्युरोका डिएसपी भोगेन्द्र पुरुष ढकालका अनुसार अदालतले बेरुजु फैसला कार्यान्वयनका लागि कारागार पठाउने आदेश दिएअनुसार सोमबार उनलाई केन्द्रीय कारागार पठाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE