Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

‘कांग्रेस महाधिवेशन रोक्ने एमालेको षडयन्त्र’

\"congress-and-uml-flag\"काठमाडौं । रकारको नेतृत्व गरिरहेको नेकपा एमालेमाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस आफनो पार्टीको १३ औ महाधिवेशन रोक्ने षडयन्त्र गरेको आरोप लगाएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–सभामुख ओनसरी घर्तीको अगुवाइमा सोमबार सिंहबारमा राखेको प्रमुख पाँच दलका शिर्ष नेता र प्रमुख सचेतकको बैठकमा काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले एमालेले आफनो पार्टीको महाधिवेशन रोक्ने षडयन्त्र गरेको आरोप लगाएको जानकारी स्रोतले दिएको छ । संसदीय नियमावली अनुमोदन गराउन प्रमुख दलका नेताहरुसँग परामर्श लिन सभामुख घर्तीले बोलाएको बैठकपछि श्रेष्ठले भने, ‘कांग्रेसको १३ औं महाधिवशेन माघ १५ गतेदेखि प्रारम्भ हुँदैछ, त्यसलाई प्रभाव पार्नेगरी संसदीय नियमावली पारित गर्न कानून तथा न्यायमन्त्री अग्नी प्रसाद खरेलले खेलेको भूमिका संकास्पद छ ।’ कानूनमन्त्री खरेल प्रति आक्रोशित देखिएका श्रेष्ठले भने, ‘कानुन मन्त्रीले सञ्चारजगतसँग बोल्नै नपर्ने कुरा बोल्नुभयो । त्यो कुरा बोल्न उहाँको दायित्वभित्रै पर्दैन ।’ कांग्रेसको माघ १५ गते गाउ, २२ गते क्षेत्र, २५ गते जिल्ला र फागुन २१ देखि २४ सम्म केन्द्रीय महाधिवेशन हुने भएकाले अधिकांश सांसदहरु जिल्लामा गइसकेको उल्लेख गर्दै श्रेष्ठले अहिले संसदीय नियमावली फेर्ने कसरत हुनु कांग्रेस महाधिवेशन भाँड्ने षड्यन्त्र रहेको बताए । उनले अहिले पनि मुलुक संक्रमणकालमै रहेकोले ७५ सदस्यीय संसदीय सुनुवाई समिति भए पनि फरक नपर्ने बताए । ‘सुनुवाई समिति अहिले नै १५ सदस्यीय बनाउनुपर्छ भने यसै संविधानले किटान गरेअनुसार २५ सदस्यीय मन्त्रीपरिष्द गठन हुनु पथ्र्यो नि,’ श्रेष्ठले भने । अहिले सुनुवाई समितिमा १५ जनाको प्रतिनिधित्वले काम नगर्ने दावी उनले गरे । यो अवस्थामा ७५ जनाकै समिति अपरिहार्य रहेको उनले बताए । कांग्रेसका प्रमुख सचेतक श्रेष्ठले संक्रमणकालीन व्यवस्था अनुसार मन्त्रीपरिष्द गठन भएको अवस्थामा संसदमा रहेका ३१ राजनीतिक दलले प्रतिनिधित्व गरिरहेका र सांसदको संख्या अनुसार पनि १५ सदस्यीय सुनुवाई समिति हुनै नसक्ने दाबी गरे । रातो पिरो अनुहार बनाउदै उनले भने,‘संक्रमणकालका लागि सबै समितिले जस्ताको त्यस्तै रुपमा काम गर्न पाउनु पर्छभन्ने मान्यतमा कांग्रेस छ ।’ कांग्रेस महाधिवशेनमा जुटिकसेकेकोले नियमावली अनुमोदन गर्न धेरै चरण पार गर्दै छलफल गर्नुपर्ने भएकोले त्यस अगाबै यस्तो कार्य संभव नभएको श्रेष्ठले बताए । नयाँ संविधान जारी पछि एक महिनाभित्र संसदको नियमावली मस्यौदा बनाउने जिम्मेवारी पाएको मस्यौदा समितिले चार महिना बितिसक्दा पनि नियमावलीलाई पूर्णता दिन सकेको छैन । कांग्रेसका राधेश्याम अधिकारी सभापति रहेको मस्यौदा समितिको म्याद विहीवार संसदले १५ दिन थप गरेको हो । सर्वोच्च अदालतका न्यायाधीस, राजदुत, संवैधानिक निकायका पदाधिकारी,न्याय परिषदका सदस्यको संसदीय सुनुवाई गर्ने समिति नयाँ संविधान अनुसार बनाउने कि पुरानो अन्तरिम संविधान अनुसार बनाउने भन्ने मुख्य विवादका कारण समिति निष्कर्षमा पुग्न नसकेको सदस्यहरु बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending