Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

कोइराला र देउवा मिलेर सोमबार सानेपामा यसरी गरियाे नाटक मञ्चन

\"NCकाठमाडौं । क्रियाशील सदस्यताको विवाद मिलाउने र जिल्ला सभापति कतिपटक हुन पाउने भन्ने टुंगो लगाउन कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार बिहान ९ बजेलाई डाकिएको थियो । आकस्मिक भन्दै डाकिएको बैठकमा भाग लिन अधिकांश केन्द्रीय सदस्य समयमै केन्द्रीय कार्यालय सानेपा पुगे । केन्द्रीय सदस्यका लागि भित्र बैठक हलमा होइन, बाहिरै आागनमा प्लास्टिकका कुर्सी राखिएको थियो । उनीहरूलाई त्यहीा बस्न भनियो । केन्द्रीय सदस्यहरू बाहिर चिया खाएर घाम ताप्न थाले । सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला, प्रवक्ता दिलेन्द्रप्रसाद बडूले भित्र बैठक सुरु गरे । भित्र नेताहरू छलफल गरिरहेका थिए, बाहिर कर्मचारीले केन्द्रीय सदस्यहरूलाई माइन्युटमा हस्ताक्षर गराइरहेका थिए । भित्रको बैठक नसकिएसम्म सबै केन्द्रीय सदस्यलाई बाहिर प्रतीक्षा गर्न भनिएको थियो । सुजाता कोइराला भने दिक्क मानेर बीचमै हिाडिन् । करिब अढाई घन्टापछि झन्डै पौने १२ बजे निर्णय भयो भन्दै शीर्ष नेता बाहिरिए । सभापति कोइरालाले महाधिवेशन पनि नजिकिएको र आकस्मिक रूपमा केही निर्णय गर्नुपरेकाले बैठक डाकिएको बताए । उनले केन्द्रीय समितिको निर्णय केन्द्रीय सदस्यलाई सुनाउन महामन्त्री कृष्ण सिटौलालाई निर्देशन दिए । बैठकको निर्णय जानकारी दिन केन्द्रीय सदस्यतिर फर्किएर ६ जना नेता बसेका थिए, आफूहरू सहभागी नभएको केन्द्रीय समितिले कस्तो निर्णय गरेछ भनेर केन्द्रीय सदस्यहरूले ध्यानपूर्वक सुनिरहेका थिए । कोही बसिरहेका थिए, पछाडिपट्टिका धेरै उभिएका थिए । भीडमा को पत्रकार हो, को कार्यकर्ता र को केन्द्रीय सदस्य हो भनेर छुट्याउन गाह्रो थियो । बैठकमा सहभागी नगराई पदाधिकारीले निर्णय गरेर आफूहरूलाई साक्षी मात्र राख्न खोजिएको भन्दै केन्द्रीय सदस्यहरूले पहिलेदेखि नै कुरा गरिरहेका थिए । सिटौलाले १० बुादे निर्णय सुनाउन थाल्दा केही सदस्यले होहल्ला गर्न थाले । चन्द्र भण्डारी, नवीन्द्रराज जोशी, गगन थापा, प्रदीप पौडेल र मीना पाण्डेले हात उठाए पनि नेताहरूले वास्तै गरेनन् । त्यतिन्जेलसम्म सिटौलाले १० बुादे निर्णय सुनाइसकेका थिए । ड्ड लगत्तै देउवाले माइक लिादै भने, ‘अब हामीसँग महाधिवेशनका लागि समय छैन । सदस्यता सम्बन्धमा मलाई पनि चित्त बुझेको छैन । हाम्रै सिको गरेर एमाले र एमाओवादीसमेत पाँच वर्षमा अधिवेशन गर्नतिर लागिसके । अब हामीले झमेला गर्ने वेला छैन ।’ देउवाले बोल्दाबोल्दै केन्द्रीय सदस्य गगन थापाले प्रश्न गरे, ‘क्रियाशील सदस्यतामा त्रुटि भयो भनिएको छ, त्यसको व्याख्या के हो रु’ तर, पदाधिकारीहरू सकेसम्म छिटो बैठक टुंग्याएर हिाड्न हतारिएका थिए । उनीहरूले जवाफ दिएनन् । अर्कोतिर केन्द्रीय सदस्य रामचन्द्र तिवारी एकोहोरो बोलिरहेका थिए । ‘महोत्तरीमा गाउँ, नगर, क्षेत्र र जिल्ला सबैतिरबाट विधि प्रक्रिया पुर्‍याएर वितरण गरिएका सदस्यता किन खारेज गरियो रु’ उनले चर्को रूपमा कारण दिन माग गरे, ‘छानबिन समितिले किन महोत्तरीका सबै सदस्यता रोक्यो रु’ अन्ततस् सभापति कोइराला पनि जंगिए । उनले सदस्यताको विषय प्राविधिक त्रुटि हो भनेर अघि बैठकले व्याख्या गरेको होइन भनेर चर्को स्वरमा प्रश्न गर्दै सिटौलातिर फर्किए । तर, सिटौला बोलेनन्, तिवारी रोकिएनन् । अन्य सदस्यहरू पनि बोलिरहेका थिए । विवाद चर्किंदै जान थालेपछि मिडियालाई त्यहाँबाट बाहिर निकालियो । यता प्रवक्ता बडूले मिडियालाई ब्रिफिङ गर्न थाले, उता सभापति कोइरालाले बैठक टुंग्याए । आजको नयाँ पत्रिका दैनिकबाछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE