Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

भारतले भन्यो नाकाबन्दी खुल्यो !

\"birjungकाठमाडौं । भारतीय अधिकारीहरूले रक्सौल नाका हुँदै नेपाल भित्रने मालबाहक सवारी साधनलाई अब आफ्नो तर्फबाट कुनै अवरोध नहुने बताएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–भारतको रक्सौल भन्सारका मिडिया प्रभारी अभिषेक कमलले भने, ‘व्यापारीहरु ट्रकसहितकै सामान लैजान तयार भए हाम्रो तर्फबाट कुनै अवरोध छैन । हामी कस्टम जाँचपास गर्न तयार छौ ।’ मितेरी पुलमा आन्दोलनकारीहरु धर्नामा बसेका कारण ट्रकमा मालसामान आयात नभए पनि दुइ सातायता धर्नास्थलकै बाटो दिनहु ठेला र टायरगाडाबाट पोकामा मालसामानहरु वीरगन्ज भित्रिने क्रम बढेको छ । दुई सातायता कारोबारी र व्यापारीहरुले आयात गरेको पोकामा रहेका सामानको रक्सौल कस्टमले सहज जाँचपास दिने गरेको छ । रक्सौलबाट ठेला र टायरगाडामा लोड गरेर ल्याइएको सामान मितेरी पुलमा झारिन्छ । त्यहाबाट आयातकर्ता र व्यापारीहरुले ती सामान धर्नास्थल मितेरीपुलकै नाका हुदै भरिया मार्फत सीमा वारी ल्याएर पुन ठेला र रिक्सामा लोड गरेर वीरगन्ज भन्सार कार्यालयमा भित्रयाउने गरेका छन् । धर्नामा बसेका आन्दोलनकारीहरुले पनि सामान भित्र्याउने क्रममा रोकटोक गर्न छाडेका छन् । दुइ हप्ता पहिले व्यपारीहरुले रक्सौलबाट रातिको समयमा मात्रै ठेला र रिक्सामा सामान भित्रयाउदै आएका थिए । रातिको समयमा सामान भित्रयाउने क्रममा धर्नामा बसेका आन्दोलनकारीहरुले व्यपारी र भरियाहरुलाइ अवरोध पुरयाउदै आएका थिए । सामान भित्रने क्रममा अवरोध गर्दा आन्दोलनकारी र व्यपारीहरु बिच पटकपटक झडप समेत भएको थियो । झडपका क्रममा व्यपारीका भारतीय भरियाहरुले केहि आन्दोलनकारीलाइ कुटेर घाइते पनि बनाएका थिए । दुइ साता यता भने कपडा, तयारी पोशाक ,हार्डवेयर,जुत्ता चप्पल, विद्युतीय सामानहरु सहज रुपमै वीरगन्ज भित्रिरहेका छन् । संविधान संशोधनले मधेसको माग सम्बोधन नगरेको भन्दै आन्दोलनरत मधेसी दलले नाकाबन्दी जारी नै रहने बताएका छन् । भारत सरकारले संविधान संशोधनलाई ‘सकारात्मक विकास’ का रूपमा टिप्पणी गरेको छ । धर्नामा बस्ने आन्दोलनकारीहरुको संख्या पातलिदै गएका कारण पनि व्यपारीहरुलाइ सामान भित्रयाउन सहज भएको हो । दुइ साता यता भारतबाट सामान भित्रिने क्रम बढेपछि वीरगन्ज भन्सार कार्यालयको राजश्व असुली पनि बढेको छ । नाकाबन्दी शुरु भएपछि भन्सार कार्यालयको दैनिक राजश्व असुली २०र२५ हजार रुपैयामै सिमित थियो भने दुइ साता यता दैनिक राजश्व असुली ३०र३२ लाख रुपैया पुगेको वीरगन्ज भन्सार कार्यालयका सुचना अधिकारी शुसिल शर्माले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending