Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

सावधान ! फेसबुकले यसरी पनि तपाईंलाई फसाउन सक्छ

\"facebook\"काठमाडौं । फेसबुक धेरै मानिसको दैनिकी बन्न थालेको छ । आजको नयाँ पत्रिकामा खबर छ–यसै फेसबकुले नेपालीहरुलाई कतिसम्म फसाएको छ भन्ने उल्लेख छ । फेसबुकमा अश्लील कुरा तीन साताअघि यमी श्रेष्ठ श्रीमान्की पूर्वप्रेमिकाविरुद्ध फेसबुकमा जथाभावी लेख्दा पक्राउ परिन् । श्रीमान्की पूर्वप्रेमिकासँग झगडा भएपछि प्रतिशोध लिन उनले फेसबुकमा अश्लील कुराहरू लेख्न थालिन् । सोही आरोपमा प्रहरीले उनलाई पक्राउ गरी मुद्दा दायर गरेकोमा अदालतले धरौटीमा छाडेर मुद्दा प्रक्रिया अघि बढाएको छ । प्रतिशोध लिन नक्कली फेसबुक पेज प्रहरीमा दैनिकजसो फेसबुकसम्बन्धी उजुरीहरू पर्न थालेका छन् । जसमध्ये धेरैजसोले प्रतिशोध लिन नक्कली फेसबुक पेज बनाएर जथाभावी लेख्ने र अश्लील फोटोहरू पोस्ट गर्ने प्रवृत्ति धेरै रहेको महानगरीय अपराध महाशाखाका प्रहरी निरीक्षक पशुपति राय बताउँछन् । जसमा धेरैजसोमा मिलापत्र हुने गरेको छ भने गम्भीर घटनामा प्रहरीले मुद्दा चलाउँदै आएको छ । फेसबुकको दुरुपयोग गर्दा हुने सजायबारे जानकारी नहुँदा पनि यस्तो प्रवृत्ति बढेको प्रहरीको भनाइ छ । फेसबुकको नक्कली प्रेमले बिचल्ली क्यानाडामा सरकारी जागिरमा रहेका बंगलादेशी मूलका युवक डेआको फेसबुकबाट नेपाली युवतीसँग चिनजान भयो । फेसबुककै चिनजानबाट उनीहरू प्रेममा गाँसिए । भर्चुअल प्रेमलाई सफल बनाउन उनी केही महिनाअघि नेपाल आए । र, थाइल्यान्डसम्म घुम्न गए । यसबीचमा युवतीलाई उनले एक करोडभन्दा धेरै रकम सहयोग गरिसकेका छन् । िबिहेको योजनासहित डेआ दोस्रोपटक नेपाल आए । तर, युवतीले बिहे गर्न नसक्ने बताइन् । परिवारले विदेशीसँग बिहे गर्न नमानेको उनको भनाइ थियो । आफ्नो पैसा लिन मात्र युवतीले प्रेमको नाटक गरेको उनलाई शंका लाग्यो । उनी प्रहरीमा पुगे । प्रहरीले युवतीलाई पक्राउ गर्‍यो । दुई पक्षबीच मिलापत्र भयो । युवतीले केही रकम फिर्ता गरिन् । तर, ठगिएको सबै रकम नपाएको भन्दै क्यानेडियन युवक यतिवेला फेरि प्रहरी कार्यालय धाइरहेका छन् । फेसबुकको प्रेमले उनले प्रेममा चोट त खाए नै पैसा पनि गुमाए । अश्लील फोटो जोड्ने प्रवृत्ति दाङका प्रकाश लामिछाने पनि फेसबुकबाटै प्रतिशोध लिन खोज्दा यतिवेला प्रहरी हिरासतमा छन् । स्कुलको जागिरबाट निकालिएपछि उनले त्यसको प्रतिशोध फेसबुकबाट लिन खोजेका थिए । स्कुलमै काम गर्ने एक महिलाले राम्रोसँग पढाउन नसकेको भन्दै लामिछानेलाई जागिरबाट निकालेकी थिइन् । त्यसैको बदलामा ती महिलाको फोटोमा अरू अश्लील फोटोहरू जोडेर फेसबुकमा पोस्ट गरिदिए । सोही आरोपमा दाङ प्रहरीले लामिछानेलाई पक्राउ गरी कारबाहीका लागि काठमाडौंमा पठाएको हो । फेसबुकको प्रेमले रियालाई धोका फेसबुककै प्रेमबाट रिया शर्मा नाम गरेकी युवतीले पनि धोका खान पुगिन् । खाडी मुुलुकमा काम गर्ने एक युवकसँग उनको फेसबुकमा चिनजान भयो । उनीहरू भर्चुअल प्रेममा गाँसिए । गत वर्ष युवक प्रेमिका रियालाई भेट्न नेपाल आए । दुवैजना एक महिनासम्म सँगै बसे । अर्कोचोटि आउने वाचासहित युवक खाडी मुलुक फर्किए । तर, अहिले ती युवकले फेसबुक बन्द गरेका छन् । रिया प्रहरीकहाँ पुगिन् । ‘तर, हामीले कसरी खोज्ने,’ महानगरीय अपराध महाशाखाका इन्स्पेक्टर पशुपति राय भन्छन्, ‘यस्तो अवस्थामा हामीसँग अनुसन्धान गर्ने उपाय नै हुँदैन ।’ नक्कली प्रेममा फस्दा चार लाख गुम्यो न्युरोडमा कपडा पसल चलाउने रोशन गुप्ता पनि फेसबुकको नक्कली प्रेममा परेर ठगिए । सुवास्ना गौतमसँग उनको फेसबुकमा चिनजान भयो । सुवास्नालाई उनले एकतर्फी प्रेम मात्र गरेनन्, पटक–पटक गरेर चार लाख १७ हजार रुपैयाँ पनि पठाए । केही समयपछि धम्कीसहित सुवास्नाले फेरि दुई लाख माग गरिन् । उनी प्रेमिकाबाटै धम्की आएको भन्दै प्रहरीमा पुगे । प्रहरीले अनुसन्धान गर्दा दुई युवकले युवतीको नाममा फेसबुक खोलेर ठगी गरेको खुल्यो । फोन गर्दा कहिलेकाहीँ युवतीहरूलाई बोल्न लगाई विश्वासमा पारेर दैलेखका विक्रम ज्ञवाली र केविन केसीले उनलाई ठगी गरेका थिए । ज्ञवाली र केसी यतिवेला प्रहरी हिरासतमा छन् । फिलिपिनी युवतीको नक्कली प्रेममा फस्दै नेपाली युवा अपरिचित युवतीहरू फेसबुकमा साथी बनेर च्याटमा प्रेमका कुरा गर्छन् भने सावधान हुनुहोस् । उनीहरू तपार्इंसँग आकर्षित भएका होइनन्, तपाईंको पैसासँग आकर्षित भएका हुन सक्छन् । फेसबुकबाट चिनजान भएका फिलिपिनी युवतीसँग प्रेमसम्बन्ध गाँसेका युवाहरू धमाधम नक्कली प्रेममा फस्न थालेका छन् । त्यस्ता ‘फेसबुके प्रेमिका’ले भिडियो च्याटमा यौनजन्य कुरा गरी रेकर्ड राखेर पनि ‘ब्ल्याकमेलिङ’ गर्छन् । हालसम्म यसरी आठ युवक फसिसकेको अपराध महाशाखाका इन्स्पेक्टर पशुपति रायले बताए । ठगिनेहरूमा प्रायस् धनी बाबुका छोराहरू छन् । प्रहरीमा उजुरी गर्नेमध्ये सातजना इन्जिनियरिङका र एकजना एमबिबिएसका विद्यार्थी छन् । पैसा नदिए च्याट गरेको अश्लील भिडियो सार्वजनिक गरिदिने भन्दै ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको उजुरी प्रहरीकोमा परेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE