Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

बाबुराम भट्टराई भन्छन– राष्ट्रियता जस्तो संवेदनशील र विषयमा गैरजिम्मेवार टीकाटिप्पणी हुनु आपत्तिजनक विषय हो ।

राष्ट्रियता जस्तो अत्यन्त संवेदनशील र गहन महत्वको विषयमा केही वृत्तबाट ज्यादै गैरजिम्मेवार, तथ्यहीन र दुराशयपूर्ण टीकाटिप्पणी र दुष्प्रचार हुनु निकै आपत्तिजनक र दुःखद विषय भएको छ। संचार माध्यममा निकै सक्रिय देखिएका त्यस्ता टीप्पणिकर्ताहरु ( वा प्रयोजित दुष्प्रचारकहरु?) मध्ये अधिकांशतः पुरानो सत्ताका पक्षधरहरु र गणतन्त्र/संघीयता/धर्मनिरपेक्षता/समावेसी-समानुपातिक लोकतन्त्रका विरोधीहरु देखिनुले उनीहरुको \'राष्ट्रियता\' को गोहीको आँसुको वास्तविक मर्म अग्रगामी परिवर्तनकारी शक्ति/व्यक्तिहरुको मानमर्दन/चरित्रहत्या गरेर समग्र क्रान्तिकारी परिवर्तनको प्रक्रियामाथि नै बंचरो प्रहार गर्नु रहेको स्वतः प्रष्ट हुन्छ। केही आलाकाँचा \'क्रान्तिकारी\' साथीहरु भूलवश वहकिनु वेग्लै कुरा हो।
हिजो पंचायती निरंकुशतावादीहरुले बहुदलवादी र वामपन्थी क्रान्तिकारीहरुलाई \'अराष्ट्रिय-तत्व\' र \'विदेशमा पानी पर्दा नेपालमा छाता ओढ्ने\' भनेर दुत्कार्ने गरेको हामी सबैले पक्कै बिर्सेका छैनौं।त्यसैको धंगधंगी अहिले देखिनु कुनै अनौठो होइन। भित्रभित्र विदेशीको गुलामी गर्ने, विदेशी दूतावासको एउटा डेस्क अफिसरले मदिरापानको निम्तो दिंदा टाउकाले टेकेर हाम्फाल्दै जाने र निजी स्वार्थकालागि राष्ट्रिय हित तिलांजली दिनेहरुको पाखण्डी चरित्रवारे कुनै थप टिप्पणी आवश्यकै छैन। त्यसैले राष्ट्रियतालाई हेर्ने दुइ भिन्न दृष्टिकोण हुन्छन् भन्ने कुरा ख्याल गरौं! प्रतिगामी-यथास्थितिवादी शक्तिहरुले खालि \'भौगोलिक राष्ट्रियता\' को मात्र कुरा गरेर जनतामाथि विभेदपूर्ण/शोषणयुक्त सत्ता कायम गर्ने प्रयत्न गर्छन् भने अग्रगामी-क्रान्तिकारी शक्तिहरुले \'भूगोल-जनता\' सहितको \'प्रगतिशील राष्ट्रवाद\' को पक्षपोषण गर्दै जनतालाई सार्वभौम र समृद्ध बनाएर सच्चा राष्ट्रिय स्वाधीनताको रक्षा गर्छन्। नेपालको पछिल्लो अग्रगामी-क्रान्तिकारी शक्ति एमाओवादी सुगौली-सन्धीदेखिको राष्ट्रियतामाथिको घाउको दीर्घकालीन उपचार गरेर स्वाधीन,सार्वभौम र समृद्ध नयाँ नेपाल निर्माण गर्न प्रतिबद्ध छ। कोही कुनै भ्रममा नपरौं !
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: