Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

गणतन्त्र सिध्याउने यस्तो डिजाइन !

\"prachanda_new_काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विखण्डन र हिंसामार्फत गणतन्त्रको अन्त्य गर्ने दिशामा मुलुकलाई अघि लगिँदै गरेको उल्लेख गर्दै यसमा सचेत रही नीति तय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ– आइतबार बिहान र साँझ दुईपटक बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई सम्भावित भारत भ्रमणका क्रममा मुलुकको राष्ट्रियता, एकता र अखण्डतालाई सर्वोपरि राख्नसमेत आग्रह गरेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा समितिका संयोजक प्रचण्डलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘डिजाइन एकतिरबाट मात्र होइन, धेरैतिरबाट आएको छ । डिजाइनको मुख्य उद्देश्य गणतन्त्रको अन्त्य रहेको स्पष्ट छ ।’ सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगलाई प्रभावकारी ढंगले अघि बढाउन सरकारसँग आग्रह गर्दै प्रचण्डले भने, ‘द्वन्द्वकालीन मुद्दा ब्युँत्याउँदै नेताहरू समाप्त गर्न खोजिँदैछ । त्यसतर्फ सरकारको सजगता अपरिहार्य छ ।’ सरकारले राष्ट्रियता बचाउका लागि अघि बढ्नुपर्ने उल्लेख गर्दै दाहालले नेपालको विखण्डनका लागि धेरैतिरबाट प्रयास भइरहेको बताए । ‘मुलुकको विखण्डन र हिंसाका विषयमा सरकार गम्भीर हुनैपर्यो’, प्रचण्डले भने । राष्ट्रियताका विषयमा प्रमुख प्रतिपक्षी कांग्रेससँग निकट हुनसमेत उनले सरकारलाई आग्रह गरेको स्रोतले बतायो । एमाओवादी महासचिव कृष्णबहादुर महराले प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणका समयमा नेपालको बृहत् हित र एकतालाई ध्यान दिन संयन्त्रले निर्देशन दिएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending