Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

‘पैसा भएन भने माया कमजोर हुन्छ’- हास्य कलाकार दिपक

काठमाडौं, सधैंजसो सबैलाई हँसाइरहने हास्यकलाकार दिपकराज गिरी पहेंलो टिसर्ट र पहेंलै माला लगाएर सोमबार भावुक मुद्रामा सिनामङ्गलस्थित थकाली भान्साघरमा खाना खाइरहेका भेटिए । साथमा थिए, उनकी जीवनसङ्गिनी मेनुकासहित परिवारका सबै सदस्य । २८औं ‘म्यारिज एनिभर्सरी’ मनाउने दिन घर छाडेर हिँडनुपरेकोमा भित्रैदेखि चिन्तित देखिन्थे । तर, शब्दमा भने– ‘धेरै ‘सेन्टिमेन्टल’ भएर पनि त भएन ! मायासँग पैसा जोडिएको छ, पैसा भएन भने माया कमजोर हुन्छ ।’ यति भनिसकेर उनले खानाको थालबाट अमिलो अचारको एक टुक्रा मुखमा हाल्दै र अमिलोपन प्रकट गरे । उनी मार्च ११–२४ मा अष्ट्रेलियाको सिड्नी, मेलबर्नलगायतका ६ ठाँउमा हुने कार्यक्रमका लागि त्यसतर्फ प्रथान गर्ने क्रममा खाना खान यहाँ आइपुगेका रहेछन् । आफ्नो फिल्म ‘छ एकान छ’ को सफलताबाट अत्यन्तै उत्साहित उनी हाल ‘वडा नम्बर छ’ को छायाङ्कनमा व्यस्त छन् । फिल्मका केही भागहरु नेपालमै छायाङ्कन गरिए पनि केही भाग भने अष्ट्रेलियामै छायाङ्कन गर्ने सोच बनाएका दिपकले टर्किस एयरको दुर्घटनाका कारण आफ्नो कार्यक्रम सार्नुपरेको खबरडबलीलाई बताए । ‘जान भनेर ठिक्क परेको त टर्किस एयरको विमानले नजा भनिदियो, अनि कार्यक्रम नै सार्नुपर्‍यो’– गिरीले भने । अनि एक्लै जान लागेको अष्ट्रेलिया, दिपाजी खोई त ? डबली संवाददाताको प्रश्न खस्न नपाउँदै दिपक बोले– ‘दिपाश्री निरौला, माग्ने बूढा (केदार घिमिरे), तक्मे बूढा (विल्सनविक्रम राई) र आस्था राउत पनि साथै जान लागेका छन् ।’ गिरीले आफ्नो र श्रीमतीको जन्मदिन तथा ‘म्यारिज एनिभर्सरी’ सधैं नै बिहान पशुपतिमा गएर पूर्जाअर्चना गरेर अनि साँझ घरमा आफन्त र साथीभाइ आमन्त्रण गरेर ‘सेलिब्रेट’ गर्नेगरेको सुनाए । उनले भने– ‘हामी महादेवका भक्त नै हौं त्यसैले जन्मदिन र म्यारिज एनिभर्सरीमा महादेवको पूजाआराधना गर्ने गर्दछौं ।’ उनले परिवारको भरणपोषणको आर्थिक दायित्व पूरा गर्न नै आफू एनिभर्सरी छोट्याएर अष्ट्रेलिया जानु परेको खुलाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: