Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

प्रधानमन्त्री ओलीले धुर्मुससँग सुटुक्क भने, थाहा पाएँ मेरो उछितो काढ्नुको कारण (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली धुर्मुस सुन्तली एकिकृत नमुना बस्ती हेर्न काभ्रे डाँडा गाउँस्थीत पहरी बस्ती पुगे । भूकम्प गएको चार महिना नबित्दै निर्माण सम्पन्न भएको एकिकृत बस्तीमा उनी नौ महिना पछि पुगेका हुन् । विकट बाटो हुँदै बस्तीमा पुगेका\"IMG_8380-640\" उनले धुर्मुस सुन्तलीले गरेको कामको उच्च प्रशंसा गरेका छन् । १८ परिवारका लागि निर्माण गरिएको बस्तीलाई फन्को मार्दै उनले बस्तीको अवधारणा, मोडल र पहरी समुदायबारे जानकारी लिए । करिब एक घण्टाको बसाईमा उनले बस्तीबाट देखिने डाँडाकाँडा र सुनकोशी नदीलाई नियाले । धुर्मुस सुन्तलीले असार साउनको झरीमा हाँस्य टेलिश्रृंखला मेरी बास्यै, भद्रगोल, सगुन डटकमसँगै अन्य थुप्रैको सहयोगमा आफुले खटेर बनाएका हरेक संरचनाबारे बताए । धुर्मुस सुन्तलीले सोहि ठाउँका बाँकी रहेका भूकम्प प्रभावित पहरीहरुले पनि यस्तै घरको माग गरेको सुनाए । यति मात्र नभई उनीहरुले महोत्तरीको मुसहर बस्तीमा पुग्दा देखेको विकराल अबस्था बारे पनि प्रधानमन्त्रीलाई जानकारी गराए । प्रधानमन्त्रीले यस्ता घरहरु अन्य ठाउँमा पनि उपयुक्त हुन सक्ने विचार राखे । बस्ती अवलोकन गर्दै गर्दा प्रधानमन्त्री ओलीले धुर्मुसलाई धाप मार्दै धुर्मुसको कानमा काम राम्रो गरेको रहेछ त्यसैले पो मेरो उछितो काढ्दो रैछ भन्दै ठट्यौली गरे । यस अघि प्रधानमन्त्री ओलीले सरकार विस्तार गरेपछि धुर्मुसले नरपशु मन्त्रालय हँस्यौली भिडियो बनाएका थिए । जुन निकै भाइरल बनेको थियो । नमुना बस्तीमा पुगेका प्रधानमन्त्रीले अरु के के गरे ? हेर्नुहोस भिडियो । https://www.youtube.com/watch?v=oSg8D5Qgy_U
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies