Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

केपी ओलीविरुद्ध नेपाल र खनाल यसरी लाग्दैछन्

\"CPN-UML-sauraha\"काठमाडौं । जेठको दोस्रो साता केन्द्रय कमिटी बैठक बसेको थियो । त्यसयता संविधान पारित भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–एमालेका नेता राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री भएका छन् । देश नाकाबन्दीले संकटमा छ, तर यी कुनै पनि विषयमा निर्णय गर्ने भूमिका केन्द्रीय कमिटीले पाएको छैन । एमाले विधानमा भने कम्तीमा ६ महिनामा एकपटक केन्द्रीय कमिटी बैठक बस्ने व्यवस्था छ । तर, अध्यक्ष केपी ओलीले बैठक नडाकी धेरैजसो निर्णय आफैँ र केही निर्णय स्थायी समितिबाट गराएका छन् । डेढ वर्षमा एकपटक पोलिटब्युरो एमाले विधानमा दुई महिनामा एकपटक पोलिटब्युरो बैठक बस्ने व्यवस्था छ । तर, १९–२४ असार ०७० मा सम्पन्न पार्टीको नवौँ महाधिवेशनयता एक पटक मात्रै पोलिटब्यूरो बैठक बसेको छ । ‘महाधिवेशनयता एकपटक पोलिटब्युरो बैठक बस्यो, १५ दिनमा स्थायी समिति बैठक बस्ने व्यवस्था भए पनि १६ मंसिरदेखि त्यो पनि बस्न सकेको छैन,’ एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भने, ‘बैठक कति अवधिमा बस्नुपर्छ भन्ने थाहा छ, तर भुईंचलो, अघोषित नाकाबन्दीलगायतका कारण पनि यस्तो भएको हो ।’ केन्द्रीय कमिटी बैठक नबस्दा थाती रहेका मुद्दा ३२ केन्द्रीय विभागले पूर्णता पाएनन् केन्द्रीय सल्लाहकार कमिटी पूर्ण बनेन ज्येष्ठ कम्युनिस्ट मञ्च गठन भएन मन्त्रीबाट फर्किएका र मन्त्री भएकाको जिम्मेवारी हेरफेर भएन प्रादेशिक संरचनाअनुसार पार्टी विधान संशोधन गर्ने प्रक्रिया अलपत्र संविधान निर्माण, नाकाबन्दी र सरकारको कामको समीक्षा भएन कार्यविभाजनमै ‘नोट अफ डिसेन्ट’ नवौँ महाधिवेशन सकिएको नौ महिनापछि ०७१ चैतमा एमालेमा केन्द्रीय सदस्यको कार्यविभाजन भएको थियो । तर, कार्यविभाजनमा अध्यक्ष ओलीले एकलौटी गर्न खोजेको भन्दै उपाध्यक्षद्वय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुुसाल, सचिव योगेश भट्टराई, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले स्थायी समितिमा ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । ‘नियुक्ति र सिफारिसमा एकलौटी’ अध्यक्षमा निर्वाचित भएदेखि नै ओलीमाथि सरकार गठन, मन्त्री चयन, विभिन्न आयोगका नियुक्तिमा एकलौटी गरेर पार्टी विधान मिचेको आरोप लाग्दै आएको छ । नेता माधवकुमार नेपाल समूहले कांग्रेस नेतृत्वको सरकारमा पार्टीका तर्फबाट मन्त्री चयन, सुकुम्बासी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष चयनलगायतमा ओलीले एकलौटी गरेको आरोप लगाएको छ । सामूहिक नेतृत्वबाट पार्टी संचालन गर्ने पद्धती उल्लंघन गरिएको नेपाल पक्षको आरोप छ । ‘महाधिवेशनपछि वास्तबिक बैठक नै भएन’ नेपाल पक्षीय नेताहरुले अध्यक्ष ओलीले डेढ वर्षसम्म केन्द्रीय कमिटी बैठकमा एजेन्डामा छलफल नगराएको आरोप लगाएका छन् । महाधिवेशनपछि बसेको पहिलो बैठक एक दिनमै सकेर केन्द्रीय सदस्यहरुले खुलेर बोल्न नपाउनेगरी आचारसंहिता ल्याएको र दोस्रो बैठक आधा घण्टा मात्रै राखेर कार्यविभाजन टुंग्याइएको नेताहरुको आरोप छ । ‘आजसम्म वास्तविक बैठक नै बसेको छैन, पहिलो बैठकका पाँच एजेण्डामाथि आजसम्म छलफल भएको छैन’, केन्द्रीय सदस्य ठाकुर गैरेले भने, ‘पहिलो बैठकको एजेण्डामाथि नै आजसम्म छलफल नभएकाले वास्तविक बैठक भएकै छैन भन्दा पनि हुन्छ, किनभने भुकम्पपछि बसेको बैठक त आधा घण्टामै सकाइएको थियो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE