Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

काठमाडौंका एलडिओसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

\"Lokman_singh_Karki\"काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंका स्थानीय विकास अधिकारी तीर्थराज भट्टराईसहित ६ जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–भूकम्पपीडितका लागि खरिद गरिएको त्रिपालमा ३५ लाखभन्दा बढी अनियमितता गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकाहरूमा जिविस काठमाडौंका लेखा अधिकृत यामनारायण शर्मा, स्टोरकिपर चिरञ्जीवी खड्का तथा सप्लायर्सहरू मिथिलेश्वर तिवारी, झम्कप्रसाद गौतम र होमप्रसाद गौतम छन् । एलडिओ भट्टराई निलम्बित मुद्दा दायर भएलगत्तै एलडिओ भट्टराईलगायत सबै सरकारी कर्मचारी कानुनतस् निलम्बनमा परेका छन् । अख्तियारले एलडिओ भट्टराई, लेखा अधिकृत शर्मा र स्टोरकिपर खड्काबाट जनही ३५ लाख ६ हजार ६ सय २६ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो । यसैगरी, उनीहरूसँग मिलेमतो गर्ने दीपेश इन्टरप्राइजेजका सप्लायर्स गौतमसँग आठ लाख ९३ हजार दुई सय ७७ रुपैयाँ र सेविका इन्टरप्राइजेजका सञ्चालक गौतमसँग तीन लाख ७८ हजार ६ सय ८० रुपैयाँ बिगो मागदाबी गरिएको छ । त्रिपाल खरिदमा भ्रष्टाचार : अख्तियार अख्तियारका अनुसार गत १२ वैशाखमा गएको विनाशकारी भूकम्पबाट पीडित भएकाहरूका लागि खरिद तथा संकलन गरिएका राहत सामग्रीमा जिविसका अधिकारीको नेतृत्वमा व्यापक अनियमितता भएको पाइएको छ । अख्तियारले जिविस काठमाडौंले भूकम्पपीडितका लागि वितरण गर्न बढी गुणस्तर, परिमाण र साइजको त्रिपाल खरिद गरेको बिल बनाई कम गुणस्तर, परिमाण र साइजको त्रिपाल खरिद गरेको प्रमाणित भएको जनाएको छ । गुणस्तर कम, बिल बढी यस्तै, त्रिपाल आपूर्ति गर्ने सप्लायर्सहरूसँग सीधै खरिद नगरी विभिन्न एजेन्टसँग मिलोमतो गरी खरिद गरेको अनुसन्धानमा देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । साथै, त्रिपाल तथा राहतजन्य सामग्रीको आयातमा सरकारले भन्सार छुट दिएको भए पनि जिविसका कर्मचारीले भन्सार शुल्क दाखिला गरी भारतबाट तीन लाख २८ हजार १६ रुपैयाँमा आयात भएको त्रिपाललाई ४३ लाख ७९ हजार सात सय ४५ रुपैयाँ देखाएको अख्तियारको अनुसन्धानमा पाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending