Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

थाइल्याण्डमा पारसका अवैध छोरा रहेको हल्लापछि हंगामा

\"Paras\"काठमाडौं । पूर्वयुवराज पारस शाह बुधबार फेरि चर्चामा छाए जब उनकी थाई प्रेमिका कन्निका चाइसानले एउटा बालकको फोटो पोस्ट गरिन् । बालक हुन् कन्निकाका छोरा युनिभर्स जो आठ वर्षका छन् । युनिभर्स पारसलाई आफ्नो पिता ठान्छन्, त्यसैले नेपाल किन नगएको भनेर आमालाई बारम्बार प्रश्न गर्छन् । कन्निकाले फेसबुकमा लेखेकी थिइन्, ‘छोरा युनिभर्सले प्रश्न गर्‍यो– तपार्इं नेपाल किन जानुहुन्न जहाँ मेरो बुबा हुनुहुन्छ ? मलाई मेरा बुबासँग बस्न मन छ । मैले जवाफ दिएँ, ‘तिम्रो बुबा म हुँ, आमा पनि मै हुँ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ–लगत्तै तस्बिर सोसल साइटमा भाइरल भयो । कन्निकाको भनाइ एउटै थियो, तर फरक–फरक अर्थ लगाएर सोसल साइटमा सेयर गरियो । धेरैको भनाइ थियो, ‘थाइल्यान्डमा पारसका अवैध छोरा भेटिए ।’ पारस नेपाल फर्किएपछि कन्निकाले उनको नाम जोडेर कुण्ठा पोख्दै आएकी छन् । तर, बुधबार उनले पारसलाई सम्झन छोरालाई पनि अघि सारिन् । उनको यही स्टाटसका आधारमा पारस ती बालकको पिता भएको ठहर पनि गरियो । जब कि कन्निकाले युनिभर्सका पिता पारस हुन् भनेर ठोकुवा गरेकी थिइनन् । कन्निकाले अर्को स्टाटसमा अझ प्रस्ट पारिन्, ‘छोरो तीन महिनाको हुँदा मैले पूर्वप्रेमीसँग टाढिने निर्णय गरेँँ, अहिले ऊ आठ वर्षको भयो । मेरो छोरा युनिभर्स पारसलाई नै पिता मान्छ, आफ्नो बुबालाई त उसले अहिलेसम्म भेट्न पाएको छैन । तर, उसको कुरालेमलाई रुवाउँछ ।’ लाग्छ, कन्निका तनावमा छिन्, तर उनी आफूलाई सम्हाल्न चाहन्छिन् । बुधबार नै उनले तेस्रो स्टाटस लेखेकी छिन्, ‘डियर युनिभर्स, यो तस्बिर हेर्न कोही चाहँदैन । तर, ठीकै छ, तिम्रो जीवनमा केही अशुभ हुँदै छ भने मैले तिमीलाई अन्यत्र नै लिएर जानुपर्नेछ । किनभने, मैले गुमाउनुपर्ने केही छैन‘।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending