Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

६० वर्षदेखि जंगलमा

\"050220160754301-04021-1-sitali-kami-photo-1000x0-750\" काठमाडौं । १० वर्षकी हुँदा कुष्ठरोग देखिएपछि उनलाई गाउँमै बस्न दिइएन, गाउँलेले जंगलको बीचमा झुपडी बनाएर राखिदिए । जंगलबीच एक्लो झुपडी छ । पैंक ५ सरगाउँकी शितली कामीले त्यस झुपडीमा ६० वर्ष बिताइसकेकी छन् । यो उनको रहर नभई परिवार र समाजका कारण उत्पन्न बाध्यता हो । आजको कान्तिपुर दैनिकमा खबर छ – कुष्ठरोगले कुँजिएपछि अपांग बनेकी उनको लाउँला र खाउँलाको रहरलाग्दो यौवन त्यही एक्लो झुपडीमा बित्यो । १० वर्षकी हुँदा कुष्ठरोग देखिएपछि उनलाई गाउँमै बस्न दिइएन । गाउँलेले नै जंगलको बीचमा झुपडी बनाएर सारे । गत माघ १७ मा ६३ औं विश्व कुष्ठरोग दिवस मनाइरहँदा कसैको पनि ध्यान शितलीको ६ दशकयताको कष्टकर जीवनतर्फ तानिएन । उपचार नपाएका कारण उनका हात र खुट्टाका औंला सबै झरे । ‘यतिका वर्ष झुपडीमा रोएरै बिते,’ ७० वर्षे शितलीले भनिन् । ६ वर्षको उमेरमा आमाबाबु गुमाएपछि छिमेकीको घरमा गोठालो बसेकी थिइन् । शरीरभर घाउ निस्किए, उपचार गरिदिने कोही भएन । कुष्ठरोग भन्ने थाहा भएपछि कसैले घरमा छिर्नै दिएनन् । ‘सर्ने त्रासले छुनसमेत छाडे,’ उनले बरर्र आँसु झारिन् । गाउँघरमा कुष्ठरोग पूर्वजन्मको पापको फल रहेको अन्धविश्वास अझै कायम छ । सोही कारण गाउँले मिलेर उनलाई जंगलमा राखेका हुन् । ‘अहिले त केहीजस्तो लाग्दैन । बानी परिसकें । सानी छँदा एक्लै राति जंगली जनावरको डरले रुँदै रात काट्थें,’ उनले भनिन्, ‘मेरो दुस्ख हेर्न कुनै भगवान् आएन ।’ २० वर्षकी छँदा उनका हातखुट्टाका औंला झरेका हुन् । बिनाउपचार कुष्ठरोगको संक्रमणबाट पार पाइन् तर उनलाई कसैले घर फर्काएन । बरु पूर्ण अपांग भएर जंगलमै बस्नुपर्‍यो । वृद्ध अवस्थामा अहिले झनै बिचल्लीमा परेकी छन् । ‘न गरी खान सकिन्छ न मरिजान । हत्तेसँग बाँचेकी छु,’ उनले पीडा सुनाइन् । उनको झुपडीमा एउटा कुकुर र एउटा कुखुरो छन् । छानाबाट शीत चुहिन्छ, न्याना लत्ताकपडासमेत छैनन् । अन्न अभावमा भोकै बस्नुपर्ने बाध्यता छ । अँध्यारो झुपडीलाई उज्यालो पार्ने केही छैन । गाउँलेले दया गरेर दिएको खाएर उनको कष्टपूर्ण जीवन बितिरहेको छ । नातागोता र आफन्त पनि छैनन् । ‘गाउँलेले दिए खान्छु, नदिए भोकै बस्छु,’ उनले भनिन्, ‘अरूलाई काल आउँछ । मेरो भाग्यमा त्यो पनि आएन । हातखुट्टा कुँजिएर हिँडडुल गर्न सक्दिनन् । घिस्रिंदै वरपर गर्छिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending