Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

यस्तो बन्दैछ गणतन्त्र स्मारक (फोटोसहित)

\"park-660x330-750\" काठमाडौं । नारायणहिटी संग्रहालयमा निर्माणाधीन ‘गणतन्त्र स्मारक’को निर्माण कार्य अबको ६ महिनाभित्र सकिने भएको छ । जनआन्दोलन ०६२–६३ मा सहादत प्राप्त सहिदको सम्झनामा ०६९ चैत तेस्रो सातादेखि स्मारकको निर्माण कार्य सुरु गरिएको थियो । सहरी विकास विभागका अनुसार स्मारक निर्माणको ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँकी ३५ प्रतिशत काम ६ महिनाभित्र सकिनेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – विभागका उपसचिव मचाकाजी महर्जनका अनुसार स्मारकको निर्माण कार्य ६ महिनाभित्र सकिए पनि सञ्चालनमा आउन भने वर्ष दिन लाग्नेछ । ‘स्मारक निर्माणको ६५ प्रतिशत काम सकिएको छ । अब ३५ प्रतिशत मात्रै काम बाँकी छ । अबको ६ महिनाभित्र यो पनि सकिनेछ, तर स्मारक सञ्चालनमा आउन भने वर्ष दिन नै लाग्न सक्छ,’ उपसचिव महर्जनले भने । विभागका अनुसार स्मारकको निर्माण कार्य २१ मंसिर ०७२ मै सकिनुपर्ने थियो । भूकम्प र नाकाबन्दीका कारण स्मारक निर्माण कार्य प्रभावित बनेको विभागको भनाइ छ । ‘स्मारक मंसिरमै सक्नुपर्ने थियो, तर सकिएन । भूकम्प आयो । लगत्तै भारतीय नाकाबन्दी भयो । इन्धन अभाव भयो । यसले निर्माण कार्य पनि प्रभावित बन्न पुग्यो । यसैले काम सकिएन,’ उनले भने । स्मारकको लागत रकम ३४ करोड ३८ लाख ८९ हजार चार सय ९८ रुपैयाँ रहेको छ । स्मारक ५२ रोपनी तीन आना एक पैसा जग्गामा बनाइएको छ । त्यसमध्ये २६ सय वर्गमिटर जग्गामा पार्कको संरचना तयार गरिएको छ । २३ नौ सय ६८ वर्गमिटर जग्गामा भने बगैँचा तथा पार्किङ निर्माण गरिएको छ । पार्कभित्र १२ मिटर अग्लो स्तम्भ बन्नेछ । १२ मिटर अग्लो स्तम्भ नारायणहिटी संग्रहालयभित्र १२ मिटर अग्लो स्तम्भ बन्नेछ । ५२ रोपनी तीन आना एक पैसा जग्गामा बनाइने स्मारकको लागत ३४ करोड ३८ लाख ८९ हजार रुपैयाा रहेको छ । त्यसमध्ये २६ सय वर्गमिटर जग्गामा पार्कको संरचना तयार गरिएको छ । २३ नौ सय ६८ वर्गमिटर जग्गामा भने बगौचा तथा पार्किङ निर्माण गरिएको छ । \"ganatantra-park-750\" चारै कुनामा चारवटा स्तम्भ निर्माण गरिने पार्कको चारै कुनामा आकर्षक चारवटा स्तम्भ निर्माण गरिनेछ । स्तम्भ नम्बर १ बेपत्ता व्यक्तिको स्मरणमा, २ ले जनआन्दोलनमा सहिद भएकालाई सम्झाउने, ३ ले आन्दोलनका क्रममा अपहरणमा परेकाहरूको स्मरण गराउने र ४ ले ज्ञात–अज्ञात सहिदको स्मरण गराउनेछ । मंसिरमै सकिनुपर्ने थियो गणतन्त्र स्मारक निर्माण गणतन्त्र स्मारकको निर्माण कार्य गत २१ मंसिरमै सकिनुपर्ने थियो । भूकम्प र नाकाबन्दीका कारण स्मारक निर्माण कार्य प्रभावित बनेको विभागले जनाएको छ । ‘स्मारक मंसिरमै सक्नुपर्ने थियो, तर सकिएन । भूकम्प आयो । लगत्तै भारतीय नाकाबन्दी भयो । इन्धन अभावले निर्माण कार्य प्रभावित बन्न पुग्यो,’ सहरी विकास विभागका उपसचिव मचाकाजी महर्जनले भने । यस्तो बन्दै छ पार्क स्मारकको मध्यभागमा अडिटोरियम हल बन्नेछ । हल २६ सय वर्गमिटर क्षमताको हुनेछ । हलमा एकैपटक तीन सयजना अटाउन सक्नेछन् । अडोटोरियम हलमा आगन्तुकलाई सेवा दिन विभिन्न सुविधासम्पन्न कोठा बन्नेछन् । हलमा ‘इन्फरमेसन सेन्टर’ पनि बन्नेछन् । राजनीतिक ग्यालरी पनि निर्माण गरिनेछ । पार्कको चारै कुनामा आकर्षक चारवटा स्तम्भ निर्माण गरिनेछ । प्रत्येक स्तम्भ सहिद तथा बेपत्ता व्यक्तिको सम्झनास्वरूप निर्माण गरिनेछ । विभागका अनुसार स्तम्भ नम्बर १ बेपत्ता व्यक्तिको स्मरणमा निर्माण गरिएको छ । स्तम्भ नम्बर २ ले जनआन्दोलनमा सहिद भएकालाई सम्झाउनेछ । स्तम्भ नम्बर ३ ले आन्दोलनका क्रममा अपहरणमा परेकाहरूको स्मरण गराउनेछ । स्तम्भ नम्बर ४ ले ज्ञात–अज्ञात सहिदको स्मरण गराउनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending