Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

कांग्रेसमा देउवा पक्ष अगाडि

\"DEUBA\"काठमाडौं । कांग्रेसको क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि छनोटको मत गणना राति अबेरसम्म जारी रहेपनि घोषित परिणाममा शेरबहादुर देउवा पक्षले आफ्नो स्थिति सुदृढ गरेको संकेत मिलेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–तराईका केही जिल्लाबाहेक सबैजसो क्षेत्रमा अधिवेशन सम्पन्न भए पनि महाधिवेशन प्रतिनिधि चयनको मतगणना परिणाम आउने क्रम भने राति अबेरसम्म जारी छ।केही जिल्लाका क्षेत्रमा भएको महाधिवेशन प्रतिनिधि र क्षेत्रीय कार्यसमितिको मतपरिणामअनुसार कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले अघिल्लो महाधिवेशनमा भन्दा बढी सुधार गरेको छ। राति अबेर प्राप्त मत परिणामअनुसार काठमाडौं क्षेत्र नम्बर ३ बाट देउवापक्षीय प्यानलै विजय भएको छ। तर अधिकांश क्षेत्रको मतपरिणाम आउने क्रम राति अबेरसम्म जारी छ।कांग्रेसमा क्षेत्रीय अधिवेशन महाधिवेशनको सबैभन्दा महत्वपूर्ण निकाय हो। क्षेत्रीय अधिवेशनले चयन गरेका महाधिवेशन प्रतिनिधि नै केन्द्रीय महाधिवेशनमा सहभागी हुने भएकाले नेतृत्व चयन र नयाँ नीति निर्माणमा यो निकायको महत्वपूर्ण भूमिका हुन्छ।कांग्रेस विधानमा प्रत्येक निर्वाचन क्षेत्रबाट ११ जना महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ। क्षेत्रीय सभापति भने महाधिवेशनका पदेन प्रतिनिधि हुन्छन्। महाधिवेशन प्रतिनिधिबाट मात्रै प्रत्येक जिल्ला सभापतिको निर्वाचन हुन्छ । जिल्ला कार्यसमितिका अन्य सदस्य र पदाधिकारीका लागि भने महाधिवेशन प्रतिनिधि हुनैपर्ने बाध्यात्मक व्यवस्था छैन। आधा दर्जन पूर्वसभासद् र केन्द्रीय सदस्य पराजित आधा दर्जनभन्दा बढी पूर्वकेन्द्रीय सदस्य र सभासद् महाधिवेशन प्रतिनिधिको चुनावमा पराजित भएका छन्। शुक्रबार राति अबेरसम्म मतगणना सकिएका क्षेत्रको परिणामअनुसार तनहुँ २ बाट पूर्वसांसद एवं पूर्वकेन्द्रीय सदस्य अमरराज कैनी पराजित भएका छन्। त्यस्तै चितवन क्षेत्र नम्बर ४ बाट पूर्वआमन्त्रित केन्द्रीय सदस्य कृष्णलाल सापकोटा र पूर्वसांसद जगन्नाथ पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । त्यस्तै बाँके ४ बाट सांसद आशा विश्वकर्मा पनि पराजित हुने निश्चितजस्तै छ। उनी मतगणनामा आधाभन्दा बढी मत सकिँदासम्म पछाडि परेकी छन्।त्यस्तै महाधिवेशनको प्रक्रिया नबुझ्दा कांग्रेस पूर्वकेन्द्रीय सदस्य सुनिलकुमार भण्डारी, कैलाली क्षेत्र नम्बर ५ का सांसद दीर्घराज भाट र संखुवासभा कांग्रेस नेता थलकुमार लिंखा महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्नबाट वञ्चित भएका छन्। कांग्रेस विधानमा केन्द्रीय सदस्य, सभासद्, समानुपातिक सूचीमा नाम भएका र चुनावमा पराजित उम्मेदवार स्वतः क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था छ । तर यीमध्ये कसैले गाउँ वा नगर अधिवेशनमा मताधिकार प्रयोग गरे प्रतिनिधि चुनिएर आउनुपर्ने व्यवस्था छ। भण्डारी, भाट र लिंखाले गाउँ अधिवेशनमा मतदान गरेकाले क्षेत्रीय प्रतिनिधिको पदेन क्षेत्रीय प्रतिनिधि हुने अधिकार खोसिएको र महाधिवेशनमा उम्मेदवार बन्न विधानले रोकेको हो। विधानमा गाउँ अधिवेशनमा मताधिकार प्रयोग गरेमा आफू पनि क्षेत्रीय प्रतिनिधि चयन भएर आउनुपर्ने व्यवस्था छ। देउवा(आरजू निर्विरोध कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। एउटा मात्रै क्षेत्र भएको डँडेल्धुराबाट देउवा र आरजू राणा निर्विरोध निर्वाचित भएका हुन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending