माघ २३ गते, २०७२ शनिवार 6th February, 2016 Sat१२:१०:५४ मा प्रकाशित
काठमाडौं । उपन्यासकार विष्णु भण्डारीको आठौँ कृति तथा पहिलो उपन्यास ‘पहेँलो घाम’माथि पोखरामा शनिबार चर्चा भएको छ ।
¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालको मासिक पुस्तक परिचर्चाको ६० औँ शृङ्खलामा उपन्यासको चर्चा गर्दै युवा लेखक दीपक पराजुलीले कृति सङ्व्रmमणकालीन नेपाली राजनीतिक इतिहासको महत्त्वपूर्ण दस्तावेज भएको बताए ।
माओवादी जनयुद्धको अन्त्यपछि अयोग्य ठहरिएका लडाकुमाथि लेखिएको उपन्यासले त्यसपछि लडाकुहरुको सामाजिक–राजनीतिक जीवनमा के कस्ता उतारचढाव आए भन्ने बुझ्न सघाउने पराजुलीको दाबी थियो । उपन्यासमा माओवादी शान्ति प्रव्रिंmयामा आएपछिको निर्मम समीक्षा गरिएको भन्दै समीक्षक पराजुलीले समीक्षाका व्रmममा उपन्यासकार भण्डारीले वस्तु सत्य प्रस्तुत गरेर पाठकप्रति न्याय गरेको बताए । पराजुलीले युद्धकालका लडाकु अयोग्य नभई पार्टीका नेतृत्वकर्ता अयोग्य भएको आरोप समेत लगाए ।
सोसाइटीमा अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यव्रmममा उपन्यासकार भण्डारीले प्रगतिवादी खेमाका लेखकहरुले प्रेम, यौन, स्वर्ग, भगवान् जस्ता शब्दको प्रयोग गर्नै नहुने परम्परागत मान्यताप्रति असन्तुष्टि राख्दै जीवनका सत्यलाई साहित्यमा उतार्दा कोही गैर प्रगतिवादी नहुने जिकिर भण्डारीको थियो ।
कम्युनिष्ट पार्टीका नेताहरुले जुन आदर्श चरित्र देखाउनुपर्ने हो, त्यस्तो नभएको भन्दै उनले नेताहरुको विलासी जीवनशैलीले माओवादीलाई ‘पहेँलो घाम’ बनाउँदै लगेको दाबी गरे । माओवादी नेताहरुले ‘दरबार’ नछोडेसम्म पार्टी माथि नजाने जिकिर गर्दै उनले नामै तोकेर ल्यार्काल लामा र सूब सेन ओलीहरु पार्टीलाई प्रिय लागेसम्म इमानदार कार्यकर्ता सधैँ ‘अयोग्य’ नै ठहरिने बताए । साहित्यमा विचार मात्र थुपारेर नहुने भन्दै कला पक्षलाई पनि आफूले उत्तिकै महत्त्व दिने गरेको उनको भनाइ थियो ।
कायव्रmममा कवि प्रथाले आफू कविता बढी मन पराउने पाठक भए पनि भण्डारीको ‘पहेँलो घाम’ले भने निकै प्रभाव पारेको बताए । कार्यव्रmममा सुरेश रानाभाट, अजय अनमोल, डा. कृष्णराज अधिकारी, सरस्वती प्रतीक्षा, भीम रानाभाट, अमृत सुवेदी, राजेन्द्र पौडेल, गनेस पौडेललगायतले टिप्पणी गरेका थिए ।
सचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यव्रmममा पुस्तक छनोट समितिकी संयोजक सरस्वती प्रतीक्षाले आगामी फागुन २९ गते शनिबार सरिता तिवारीको कविता सङ्ग्रह ‘प्रश्नहरुको कारखाना’माथि अर्चना थापाले परिचर्चा गर्नुहुने जानकारी दिएका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको सदस्य सुरज उपाध्यायले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: