Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

तनहुँमा २९ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप दिइने

\"daduraतनहुँ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत दोस्रो चरणमा जिल्लाका २८ हजार ९०८ बालबालिकालाई खोप दिइने भएको छ । त्यसैगरी ३४ हजार ७१९ जना बालबालिकालाई पोलियो थोपासमेत खुवाइने लक्ष्य राखिएको सो कार्यालयले जनाएको छ । उक्त कार्यालयले शनिबार दमौलीमा आयोजित पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । उक्त दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजदेखि सुरु गरिने जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागार्इंले बताए । दादुरा–रुबेलाको खोप नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई दिने गरिन्छ । यो अभियानसँगै सरकारले जन्मेदेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई पोलियो थोपा पनि खुवाउने भएको छ । उक्त अभियान सुदूरपश्चिमाञ्चल, मध्यमश्चिमाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रका तराई र पहाडी जिल्लामा सञ्चालन हुन लागेको हो जनस्वास्थ्य अधिकृत चापागार्इंले भने पहिलो चरणमा भूकम्प अतिप्रभावित १४ जिल्लामा यो खोप अभियान सञ्चालन भइसकेको छ । यस वर्षमात्रै दादुराका कारण कपिलवस्तुमा छ तथा बाँके, सल्यान र बर्दियामा एक÷एकजना गरी नौजना बालबालिकाको मृत्यु भएको थियो । हरेक चार वर्षमा सञ्चालन हुँदै आएको दादुरा–रुबेला खोप अभियान यस पटक चार चरणमा सञ्चालन हुँदैछ । विश्व स्वास्थ्य सङ्गठनले दक्षिणपूर्वी एसियामा सन् २०२० भित्रमा दादुरा–रुबेला रोगको नियन्त्रण गर्ने लक्ष्य राखे पनि नेपालले भने २०१९ भित्रै यो लक्ष्य हासिल गर्ने उद्देश्य राखेको स्वास्थ्य मन्त्रालय बाल स्वास्थ्य महाशाखाले जनाएको छ । विश्वमा दादुरा–रुबेला रोगका कारण बर्सेनि करिब एक लाख १४ हजार बालबालिकाको मृत्यु हुने गरेको तथ्याङ्क रहेको छ । तनहुँमा यो अभियान दुई चरणमा सम्पन्न हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलो चरणअन्तर्गत माघ २४ देखि फागुन ५ गतेसम्म र दोस्रो चरणको फागुन ९ देखि १७ गतेसम्म अभियान जारी रहने जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागार्इंले बताए । उक्त अभियान सञ्चालनका लागि सबै नपा र गाविसका प्रत्येक वडाका ४६२ वटा खोपकेन्द्र तोकिएको छ । सबै खोपकेन्द्रमा एक÷एकजना महिला स्वास्थ्य स्वयम्सेविका र पुरुष स्वयम्सेवक परिचालन गरिने र प्रत्येक वडामा खोप लगाउनका लागि एकजना दक्ष चिकित्सकको व्यवस्था गरिएको जनस्वास्थ्य अधिकृत चापागार्इंले जानकारी दिए ।  पोलियो थोपा भने महिला स्वास्थ्य स्वयम्सेविकाले नै खुवाउने व्यवस्था मिलाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending